डी.आर.घिमिरे

युवा संघ रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या भएको १५ दिन पुगेको छ । यस बीचमा उच्चस्तरीय छानविन समितिले अनुसन्धान शुरु गरेको समय सीमा पूरा हुने अन्तिम प्रक्रियामा छ । तोकिएको समयभित्र प्रतिवेदन आउला वा नआउला यकिनसाथ भन्न सकिदैन तर, समयको गति रोकिनेवाला छैन । हत्याको जिम्मेवारी लिने व्यक्ति कहाँ र कुन अवस्थामा छन् त्यसको यथेष्ट खोजविनमा आयोग असफल भएको हो भनेर अहिले नै भन्नु हतारो हुन्छ । हत्यारा यही नै हो भन्न नसकिए पनि एकजना गिरोहका सदस्य मनोज पुनःले खुलमखुल्ला आफ्नो कर्तुतलाई स्वीकारेका कारण उसलाई पक्रने चुनौतीनै यतिबेला प्रहरीका लागि महत्वपूर्ण छ । पुनःलाई प्रहरीले पहिलेदेखि नै खोजी गरिरहेकोले पनि प्रहरीका लागि यो ज्यादा चुनौतीपूर्ण मान्नु पर्छ । तिवारीलाई आजभन्दा करिव ६ महिना पहिले पनि उनले सञ्चालन गरिरहेको इँटा उद्योगबाट फिर्ता हुने क्रममा गोली प्रहार भएको थियो । संयोग उनी त्यतिबेला बचे । तर, उक्त घटनामा संलग्न ८ जना जना पक्राउ परी अझैसम्म थुनामै रहे पनि मनोज भने भागेका थिए । सायद त्यतिबेलादेखिको योजना अहिले आएर उनीहरुले पूरा गरे । तिवारीको हत्या पश्चात् व्यापक दबाबका कारण सरकारले तत्कालै उच्चस्तरिय छानविन आयोग गठन गरी काम शुरु गरेको छ । सरकारको प्रहरी संगठनले यो विषयलाई विशेष महत्व दिएको पनि देखिन्छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल रुपन्देहीमा आएर सरोकारवालासँग भेटघाट गर्नु र प्रतिबद्घता व्यक्त गर्नु त्यसको उदाहरण अवश्यै हो । तर,अपराधीहरु भेटिएनन् र कारवाही हुन सकेन भने यी सबै प्रयत्नहरु निरर्थक हुनेछन् ।
मनोज पुनः अपराधको पर्याय ः
मनोज पुनः भन्ने व्यक्तिले अहिले पनि सो क्षेत्रका राजनीतिकर्मीलाई छानी छानी मोबाइलमार्फत धाक धम्की दिन छाडेका छैनन् । विदेशतिरबाट आउने गरेका मोवाइलका कारण कुन मुलुकबाट हो भन्ने कुरा जनस्तरबाट थाहा पाउन नसकिएपनि प्रविधिको माध्यमवाट अनुसन्धान टोलीले पत्तो नपाउने कुरा भएन । मनोज जुनसुकै पार्टीको नजिक भएपनि उसलाई नपक्रिएसम्म अनुसन्धान पूरा हुन सक्ने सम्भावना छैन । मनोज आफैमा आपराधिक चरित्रको व्यक्ति हो भन्ने कुरामा कुनै शंका छैन । उसबाट अहिलेसम्म पनि पीडित हुने व्यक्तिहरु पर्याप्त छन् । खासगरी व्यावसायिक व्यक्तिहरुवाट चन्दा असुल गर्ने र जीविका चलाउने उसको पेसा थियो भन्ने देखाउँछ । पछिल्लो समयमा देवदह क्षेत्रमा जग्गा प्लटिङ्ग गर्नेहरुसँग २५ लाख रुपैयाँ मागेको र सो रकम दिन आनाकानी गरेपछि रातीमा गएर विद्युतका पोल भाँचिदिएको भनाई एक कान दुई कान हुँदै मैदानसम्म पुगेको छ । यो त एउटा उदाहरण मात्र हो । यस्ता अनेकन् घटना छन्, जसको मसिनो गरी अनुसन्धान हुन आवश्यक छ ।
मनोज साँच्चि नै अपराधमा सक्रिय व्यक्ति रहेछ भन्नलाई अन्य उदाहरण पनि छन् । तिवारीलाई ६ महिना पहिले गोली हान्ने मध्येका केही व्यक्ति त पक्राउनै परे त्यसबाहेक उसका केही अन्य साथीहरु लागु औषध सम्बन्धी अभियोगमा थुनामा रहेको बताइएको छ । भनिन्छ के भने उसका ती साथीहरुलाई थुनाउन तिवारीको भूमिका थियो र सो को प्रतिशोधमा पनि अहिलेको हत्या हुन सक्छ । यदि यो कुरा सत्य हो भने तिवारी गलत कामका विरोधी थिए र मनोज पुःन गलत काम कारवाहीका संरक्षक थिए भन्ने कुराको पुष्टि हुन्छ । यसको अर्थ उनी आपराधिक व्यक्तिनै थिए । सुरुमा हत्या भएकै दिन सोमबार अपरान्ह भारतबाट फोन आएको भनिएको थियो भने त्यसको लगत्तै मलेसियाबाट आएको भनिएको थियो । यस्ता अफवाह किन र कसरी आए ? यो प्रश्नको उत्तर खोज्न जरुरी छ । कुनै पनि व्यक्ति आफैले हत्या गर्ने र त्यसलाई स्वीकार्ने कुरा स्वभाविक हुन सक्दैन । यो हदसम्म कुनै अपराधी व्यक्तिले ढुक्कका साथ बोल्न र थर्काउन कसरी सक्छ ? उसको पछि कुनै शक्तिले काम गरेको होला वा नहोला ? यदि छैन भने आफूले गरेको अपराधलाई पुष्ट्याइँ गर्दै हिंड्नुको अर्थ के होला ? त्यसभित्र पनि केही तथ्य हुन सक्छन् । उसको पछाडि बलियो शक्ति नभइकन यो हदसम्मको स्वीकारोक्ति हुन सक्दैन ।
अशुरक्षित रुपन्देहीः
यसअघि मंसिर २३ गते भैरहवा उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि पनि गोली प्रहार भएको थियो । ६ महिना पहिले तिवारीमाथि गोली हान्नु र अहिले आएर दिनदहाडै हत्या गर्नुले न्यौपाने पनि असुरक्षित हुन सक्छन् भन्ने देखाउँछ । गोली लागेर मृत्यु भएमात्र प्रहरी सक्रीय हुने कुरा गलत हो । संयोगवस बाँचेकाहरुले सबैभन्दा पहिले न्याय पाउनुपर्छ । तिवारीको हत्या प्रयास पछि पनि अभियुक्तहरुलाई पक्राउ गर्न नसक्नु प्रहरीको कमजोरी भयो । अहिले पनि न्यौपानेको हत्या प्रयास गर्नेहरुलाई कारवाही गर्न सकिएन भने उनीहरुको मनोबल बढ्न सक्छ । जो व्यक्तिमाथि हत्या प्रयास भइरहेको हुन्छ ती व्यक्तिमाथि सुरक्षाको दृष्टिले पनि प्रहरीको निगरानी जरुरी हुन्छ । उद्योग वाणिज्य संघका न्यौपानेमाथि किन गोली प्रहारको प्रयास भएको थियो ? त्यसको उद्देश्य राजनीतिक वा अराजनीतिक के थियो ? यो अझैसम्म अन्यौलमै छ । अझ प्रहरीले नाटक गरेर तत्काल अभियुक्त पक्राउ गरेको समाचार सार्वजनिक गरेको थियो । कुरा विस्तारै बुझ्दै जाँदा के देखियो भने एउटा व्यावसायिक संगठनको जिम्मेवार व्यक्ति भएकोले धेरै हल्लाखल्ला नहोस् भनेर त्यस प्रकारको प्रचार गरिएको रहेछ । यो प्रपञ्च थाहा भइसकेपछि प्रहरीको विश्वसनियतामाथि प्रश्न उठ्छ भनेर प्रहरी संगठनले साँच्नु पर्ने हो कि ?
यस्ता घटनाले रुपन्देही जिल्ला अपराधीहरुका लागि सुरक्षित स्थल बन्न थालेको हो कि भन्ने शंका उब्जाएको छ । देवदह जस्तो स्थानमा एकजना अपराधी खुलेआम हिंड्दासम्म थाहा नपाउनु के आश्चर्यको विषय हैन ? एकआध अपराधीलाई पक्राउ गर्दा ठूलै काम गरेको मानिने तर कसैको ज्यान विनासित्तै जाँदै गर्ने हो भने त्यसले सकारात्मक सन्देश दिने छैन ।
अतिरञ्जित गर्ने कोशिसः
तिवारीको हत्या पश्चात् अपराधीको पहिचान गरी कारवाहीलाई अघि बढाउनुको सट्टा हत्यालाई तोडमोड गर्नेतर्फ कतिपयको ध्यान गएको हो कि भन्ने आशंका परिवार र सम्बद्घ पार्टीमासमेत उत्पन्न भयो । यहाँसम्मकि प्रहरीलेसमेत त्यही कुरा गरेर घटनालाई अतिरञ्जित गर्ने, ओझेलमा पार्ने वा हल्का बनाउने कोशिस गरेको महसुस पीडित पक्षले गर्ने अवस्था आयो । सम्भवतः यसमा प्रहरीले ध्यान दिन सकेको भए एक दिन अघिनै अन्त्येष्टी हुन पनि सक्थ्यो । तिवारी इमान्दार,लगनशील र कर्मवीर व्यक्ति हुन् भन्ने कुरा उनको जेठ १९ को एक स्थानीय टेलिभिजनमा दिएको अन्तर्वार्ताले नै बताउँछ । उनी राजनीतिलाई पेसा बनाउने कुराको विरोधी थिए । खासमा युवाहरुलाई उत्पादनको काममा लाग्नुपर्छ भनेर वकालत र प्रेरित गर्ने दृष्टिकोण उनको अन्तर्वार्तामा देखिन्छ । उनी स्वयम् पनि व्यवसायी भएकोले उनको भनाइ र गराइमा तादाम्यता देखिन्छ । विदेशमा गएर आर्थिक उपार्जन गर्ने र फर्केर पनि आफ्नो पौरख गरेर आर्थिक उन्नति गर्नु उमेरका हिसाबले पनि अनुकरणीय कार्य हो । यस्ता व्यक्तिले जोरजुलुम र चन्दा असुल गर्ने जस्तो निच काम गर्दैनन् । खासमा बेरोजगार भई हिंड्ने, धेरै खर्चपर्च गर्ने र लडाकु दस्तालाई पालन पोषण गर्नेहरुमा त्यस प्रकारको स्वभाव हुन्छ ।
मनोज पुःन भन्ने व्यक्ति युवा संघकै पूर्व कोषाध्यक्ष भएकोले आ—आफ्नै आन्तरिक विषय हो कि भन्ने आशयवाट पनि कतिपय विचार सम्प्रेषित भए । व्यक्तिगत लेनदेनमा लगेर जोड्ने दुष्प्रचार पनि भयो । यदि त्यो हो भने त्यसको विवरण आउनुपर्ने हो कि हैन भन्नेतर्फ कसैको ध्यान गएन । तिवारी व्यवसायीसमेत भएकोले ठेक्का पट्टा वा दादागिरी गर्ने धन्धा उनीबाट हुँदैनथ्यो । एउटा व्यवसायीले सामान्यतः जबरजस्त चन्दा आदि उठाउँदैन भन्ने कुरा समाज विश्लेषकहरुले बुझ्नु जरुरी छ । छरछिमेक एवं अन्य दलका व्यक्तिहरुसमेतले तिवारीको स्वभावलाई अस्वभाविक मानेका छैनन् । त्यस अर्थमा प्रहरीले व्यक्तिगत कारण भनेर हतारमा प्रतिक्रिया दियो । पूर्व राजनीतिक सम्बन्धको कुरा गर्ने हो भने उनी युवा संघभन्दा पहिले माओवादीमा संलग्न थिए । एमालेमा आइसकेपछि ६ महिना पनि उनी टिकेनन् । अर्थात् पार्टीको अनुशासनमा नबसेकै कारण कारवाहीमा परेका थिए । हुन सक्छ माओवादीले पनि कारवाही नै गरेको होस् । बहुदलीय प्रणालीमा हरेक व्यक्ति कुनै न कुनै पार्टीमा रहन्छ भन्ने हो भने एमालेले कारवाही गरे पश्चात् उनी कहाँ थिए ? प्रश्न यसरी पनि उठ्न सक्छ । तर, कुनै ठाउँमा आबद्घता रहेछ भने पनि कसैले उनलाई बोकेको छैन । आवश्यक हो भने अनुसन्धानको क्रममा तत्सम्वन्धी विषय आउन सक्छ । उनको उठबस कता हुन्छ र कोसँग छ भन्ने कुराले पनि यसको निक्र्यौलमा सहयोग पुग्न सक्छ ।
आपराधिक व्यक्तिको संरक्षण नहोस् ः
आपराधिक व्यक्ति कसैका हुँदैनन् । उनीहरुको पेसा र कर्मनै अपराधजन्य हुन्छ । त्यसैले त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याउनुको विकल्प हँुदैन । यस अघिका कैयन घटनामा कतिपय अभियुक्तहरु यो वा त्यो पार्टीमा आबद्घ देखिन्थे । जसका कारण कसैले उनलाई बचाउने प्रयास पनि गर्न सक्दथे । तर, यसपटक त्यस्तो छैन । यो आफैमा राम्रो कुरा हो । सवैको नजरमा यदि ऊ अपराधी हो भने स्वभावैले कारवाही प्रक्रियामा प्रभाव पार्ने कोशिस हँुदैन भनेर विश्वास गर्न सकिन्छ । मनोज पुनले हत्या पश्चात् जसरी फोन मार्फत् घटनाको जिम्मा लिएको छ त्यो आफैमा रहस्यमय हुन सक्छ कि सक्दैन भनेर पनि सायद प्रश्न उठाउन सकिन्छ । उसले कतिपय मिडियालाई पनि जानकारी गराएको छ । ती सबै मिडियाको मोबाइल नम्बर उसले कसरी पाउन सके होला ? उसले जो मार्फत् हत्या गराएको छ तिनीहरुसँग कुन हदसम्म सम्पर्क रहेछ ? जुन समय भित्र उसले खबर गरेको छ त्यो आधारमा ऊ धेरै टाढा नहुनुपर्छ । प्रविधिको प्रयोग विभिन्न ढंगले गर्न सकिने भएकोले उसलाई धेरै टाढा छ भनेर ढुक्क हुन सकिदैन भन्ने कुराको हेक्का पनि रहनुपर्छ । साथै पुनले अरु धेरैलाई यस्तै ढंगले हत्या गर्न सक्ने चेतावनी दिएको छ । जो सबैभन्दा आपत्तिजनक कुरा हो । यस्ता घटनामा सबै पक्ष संवेदनशील हुन जरुरी छ । अनुसन्धान गर्ने निकाय जथाभावी बोल्नु अनुचित हुन्छ र साथै अनुसन्धान गर्ने निकायप्रति पनि अविश्वास गर्नु उत्तिकै अनुचित हुन्छ । बरु अनुसन्धान गर्ने निकायलाई सहयोग गर्दा अपराधी पत्ता लगाउन सहज र छरितो हुन्छ ।
अनुसन्धानको पाटोमा जग्गा प्रकरण ः
देवदह क्षेत्रमा हुने गरेका अपराध तथा गुण्डागर्दीकाबारेमा सोही क्षेत्रका एमाले जिल्ला कमिटी सदस्य तथा पत्रकार सिद्घिचरण भट्टराईले पटक पटक आफ्ना विचार सार्वजनिक गरेका थिए । सायद उनको कुरालाई बेवास्ता गरियो कि ? स्वभावगत हिसाबले आफूलाई लागेको र देखेको कुरालाई बिना कुनै संकोच प्रस्तुत गर्ने कारणले पनि उनको कुरा सायद धेरैलाई पचेन कि ? पत्रकारिताको पृष्ठभूमिका कारण अलि खरो स्वभाव हुनु उनको विशेषता हो तर, सत्य कुरालाई समयमै सम्बोधन गर्न सकिएन भने त्यसले समस्या सृजना गर्दछ । अपराधीलाई राजनीतिक बचाउ गर्ने काम हाम्रो सामाजिक राजनीतिक धरातलले नै गरेको उनको भनाइप्रति असहमत हुने ठाउँ छैन ।
उक्त स्थानमा जमिन्दार गंगा लक्ष्मी मल्लको जग्गा प्रकरणले पनि गुण्डागर्दी जन्माएको हो । हदबन्दी भन्दा बढीको जग्गा सरकारका नाममा लगतकट्टा गरी राखेको देवदह वार्ड नं. ३ टटेराको ९ विगाह १० कट्ठा जग्गा माओवादी जनयुद्वकालमा कब्जा गरियो र विभिन्न व्यक्तिलाई वितरण गरियो । शान्ति प्रक्रिया पश्चात् देवदह नगरपालिकाको स्वामित्वमा आएको सो जग्गा अहिले पनि केही व्यक्तिको कब्जामा छ । जबकि सो जग्गा देवदह नगरपालिकाले लुम्बिनी वौद्य विश्वविद्यालयलाई दिने निर्णय गरेको छ । जवरजस्त बसालिएका व्यक्तिले मनोज पुन समेतको टोलीलाई रकम बुझाएको छ । के कति बुझाए र कोकसलाई बुझाए भन्ने कुराको जानकारी तिवारी अनुसन्धान टोलीलेनै पत्ता लगाउन सक्ला । उक्त जग्गा प्रकरणमा हालका एमाओवादी केन्द्रका महत्वपूर्ण व्यक्तिको संलग्नता रहेको बताइएको छ । योजना बनाउने जोसुकै भए पनि तिनै मनोज पुन र हाल पक्राउ परिसकेका शालिकराम चापागाई तथा बमबहादुर आलेको संलग्नातामा उक्त कार्य भएको भनिएकोले यसबारेमा पनि छानविन र सोध खोज हुन जरुरी छ । मनोजलाई देखाएर काम गर्ने अर्का एक व्यक्ति भएको आशंकालाई पनि छानविनको दायरामा ल्याउन जरुरी छ । उता जमिन्दारको तर्फबाट तीन जनालाई जग्गा विक्री गराउनेहरु छन् । जसको खोजी प्रहरीले गर्न सक्नुपर्छ । यसरी विक्री गर्दा ५० प्रतिशत हिस्सा यिनै गुण्डागर्दीका नायकहरुले लिने गर्दछन् ।

I want this article to use in my website can i use it
ReplyDelete