• Breaking News

    भाषा सस्कृतिको विकासका लागि सिड्नीमा मात्र शयभन्दा बढी सस्था

    डी.आर. घिमिरे


    सिड्नी, अष्ट्रेलिया

    विदेश गएका नेपालीका छोराछोरीले नेपाली भाषा, सस्कृति र परम्परा कसरी जान्न सक्लान् ? यो प्रायः उठिरहने प्रश्न हो । धेरैलाई लाग्छ, विदेशमा जन्मेपछि उनीहरुले नेपाली भाषा, सस्कार–सस्कृति, चाडवाड सवै भुल्छन् । तर,अष्ट्रेलियाको अवस्था अलि फरक छ ।

    नेपाली भाषा अध्ययन हुने स्कूलको रुपमा सिड्नीमा मात्र १२ वटा स्थान छन् । जसमध्ये शब्दमाला क्याम्प्सी, कार्लटन, ग्रानभिल, म्याक्वेरी फिल्ड्स, नर्मनहस्ट, द पोन्ड्स, न्यूजकास्टल र पेन्सहस्र्ट गरी आठ ठाउँमा, पाठशालाका तीन शाखा बाडिया, मैटल्याण्ड र पेनशुस्र्टमा र सम्झना पाठशालाको रुपमा ब्ल्याकटाउनमा रहेको छ ।

    शब्दमालाका पूर्व अध्यक्ष डा.प्रकाश पौडेलका अनुसार यो सस्था अष्टे«लियामा बसोवास गर्ने नेपाली समुदायका बालबालिकालाई नेपाली भाषा पठन पाठन गराउने उद्वेश्यले अभिभावकहरुबाट सञ्चालित गैरनाफामुलक शैक्षिक सस्था हो । यो सस्था न्यू साउथवेल्स फेडरेसन अफ कम्युनिटी ल्याङ्वेज स्कूल अष्टे«लियाको सदस्य हो । पौडेल बुटवल सुखानगर निवासी हुन् र उनी हाल सिड्नीमा वसोवास गर्छन् ।

    यी र यस्ता सस्थाले नेपाली भाषा, कला, सस्कृति सिकाउने, नेपालका मौलिक चाडवाड बुझाउने, गीत–संगीत तथा नृत्य सिकाउने काम यी सस्थाहरुले गर्दै आएका छन् ।

    साप्ताहिक रुपमा सञ्चालन हुने यस्ता कक्षाका लागि स्थानीय पब्लिक स्कुलले स्थान उपलब्ध गराउँछन् । डा. पौडेलका अनुसार हाल चार तहसम्मको पढाई हुने गरेको छ । अष्टे«लियामा नेपाली भाषा मात्र हैन, हरेक भाषाभाषीको अध्ययनका लागि न्यूनतम सुविधा दिने गरिन्छ । डा. पौडेलका अनुसार ५० देखि ६० वटा भाषामा यस्तो पढाई हुने गर्छ ।

    यसका लागि सरकारले न्यूनतम सुविधा दिए पनि थप शुल्क आफै व्यवस्थापन गर्छन् । एउटा शत्र पूरा गर्न सरकारले प्रति विद्यार्थी १ शय २५ डलर उपलब्ध गराउँछ भने बाँकी रकम अर्थात् हप्ताको १० डलर र पूरै शत्रको १ शय डलर विद्यार्थीबाट असुल गरिन्छ । यसका लागि अध्यापनका लागि वैतनिक शिक्षकको ब्यवस्था हुन्छ भने व्यवस्थापन गर्ने अभिभावकले निःशुल्क सेवा गर्छन् । 

    शैक्षिक तथा नृत्यका लागि चाहिने विभिन्न सामानहरु खरिद गर्नुपर्ने भएकोले सरकारले उपलब्ध गराउने रकमबाट मात्र व्यवस्थापन गर्न सम्भव हुँदैन । हाल शब्दमालामा ३ शय बिद्यार्थीले अध्ययन गर्दै छन् । सामान्यतः ५ वर्षदेखि १८ वर्ष उमेरका बिद्यार्थीलाई यो भाषा स्कूलमा प्रवेश लिने व्यवस्था भएपनि प्रायः १४ वर्षसम्मकाले अध्ययन गर्छन् ।

    सन् २००४ बाट शुरू भएको शब्दमालाले १० किलोमिटरको दूरीमा त्यस्ता स्कूल खोल्ने नीति बनाएको भएपनि सवैतिर ब्यवस्थापन गर्न असम्भव भएकोले पाठशाला र सम्झना पाठशाला जस्ता अन्य सस्थाहरु खुलेका छन् । 

    हामीले बर्षको एकपटक ठूलै कार्यक्रम गर्छौ र समय समयमा बहुसाँस्कृतिक कार्यक्रम पनि गर्छौ, पौडेलले भने ।

    विविध जातजाति र धर्मलाई आफ्नो बलियो शक्तिको रुपमा स्वीकार्ने अष्ट्रेलियन सरकारले सवै भाषा, धर्म, सस्कृतिको विकासमा उत्तिकै सहयोग पुर्याउने नीति अगाल्दै आएको छ । प्राध्यापन पेशामा संलग्न दयाराम सिंखडाका अनुसार धर्म निरपेक्षतालाई कतिसम्म सम्मान गरिन्छ भने कुनै जागीर खाँदा वा अन्य सन्दर्भमा जात, धर्म, लि¨, राजनीतिक आस्था सोध्नै पाइदैन । कुनै पनि जागीरका सन्दर्भमा अन्तर्वार्ता लिदा माथि उल्लेखित कुरा यदि कसैले सोध्यो र उसले सिकायत गर्यो भने सँजाय हुन्छ । साथै बैंक खातामा कति रकम छ भनेर पनि सोध्न पाइदैन ।

    यसका केही सैद्वान्तिक आधार छन् । ति हुन्–

    १. समान अवसरको सुनिश्चितता (Equal Opportunity)

    अष्टेलियामा कानूनी रूपमा सबै व्यक्तिलाई समान अवसर दिने नीति रहेको छ । यो नीति “समान अवसरको सुनिश्चितता“ (Equal Employment Opportunity) भन्ने नामले परिचित छ । यसले व्यक्तिलाई बिना भेदभाव कामका लागि अवसर दिने सुनिश्चितता प्रदान गर्छ । यो भनेको धर्म, लिंग, उमेर, र राजनीतिक आस्थाजस्ता विषयहरू कामको योग्यतासँग सम्बन्धित छैनन्, र तिनका आधारमा कुनै व्यक्तिको मूल्याङ्कन गर्नु भेदभावपूर्ण हुन्छ भन्ने मान्यता हो ।

    २. भेदभाव विरोधी कानूनहरू (Anti–Discrimination Laws)

    अष्टेलियामा भेदभाव विरोधी कानून तथा नियमहरू छन्, जस अन्तर्गत धर्म, लिंग, उमेर, जात, यौनिकता, अपाङ्गता, वा कुनै अन्य व्यक्तिगत विशेषताका आधारमा भेदभाव गर्न निषेध गरिएको छ । 

    ३. विविधता र समावेशिता (Diversity and inclusion)

    अष्टेलिया विविध सांस्कृतिक र सामाजिक पृष्ठभूमिका मानिसहरूको मिश्रण भएको देश हो । कामको वातावरणमा विविधता र समावेशिता (Diversity and inclusion) महत्वपूर्ण मानिन्छ । यसले विभिन्न दृष्टिकोण र क्षमताहरूलाई उच्च मूल्य दिन्छ । यसैले, व्यक्तिको व्यक्तिगत विशेषता—जस्तै धर्म, लिंग, वा उमेर—जसले कामको प्रदर्शनमा कुनै असर नगर्न सक्छ, त्यस आधारमा छनोट गर्नु अनावश्यक र अवैध मानिन्छ ।

    ४. व्यक्तिगत गोपनीयता (Privacy)

    अष्टेलियामा व्यक्तिको गोपनीयता र व्यक्तिगत अधिकारलाई महत्व दिइन्छ । कुनै पनि व्यक्तिको व्यक्तिगत जानकारी (जस्तै धर्म, राजनीतिक आस्था आदि) बिना अनुमति सोध्नु उनीहरूको गोपनीयता उल्लङ्घन गर्न सक्दछ, र यसका लागि कानूनी कारबाही हुन सक्छ ।

    ५. प्रभावकारी छनोट प्रक्रिया (Effective Selection Process)

    धर्म, लिंग, उमेर, र राजनीतिक आस्थासँग सम्बन्धित प्रश्नहरूले कामको योग्यतासँग मेल नखाने भएकाले यी विषयहरूमा आधारित छनोट प्रक्रियाले सही र योग्य उम्मेदवारलाई पहिचान गर्न गाह्रो बनाउन सक्छ । त्यसैले, कामका लागि योग्य उम्मेदवारको छनोट गर्दा यी विषयहरूको ध्यान नदिने प्राथमिकता दिइन्छ ।

    यसरी, अष्टे«लियामा अन्तर्वार्ता आदिमा धर्म, लिंग, उमेर, राजनीतिक आस्था आदि सोध्न पाइँदैन, र यदि यस्ता प्रश्न सोधिए भने त्यो भेदभाव र कानूनी उल्लङ्घनको रूपमा लिइन्छ ।

    अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा मात्र नेपालीले बनाएका संगठनको संख्या १ शय १० वटा छन् । यो संख्या दर्ता भएका मात्र हुन् । दर्ता नभएका पनि केही सस्थाहरु छन् । यसमध्ये ७० देखि ८० वटा सक्रिय छन् भने अन्य निष्क्रियजस्ता छन् । यसमा राजनीतिक संगठनको गणना गरिएको छैन । 

    उपर्युक्त संस्थाहरुले फेडरेसनसमेत बनाएका छन् । फेडरेसन अफ नेप्लिज कम्युनिटी एसोसियशन अष्ट्रेलियामा आवद्ध संख्या ५० जति छन् ।  

    यस्ता सस्थाहरुले सरकारबाट अनुदान लिएर सामाजिक कार्य गर्न सक्ने व्यवस्था पनि छ । यद्यपि खुला रुपमा प्रस्तावना माग गरिने भएकोले प्रतिष्पर्धामा उत्कृष्ठ भने हुनै पर्छ । 

    त्यस्तै २००९ मा स्थापना भएको नेपाली आर्ट कल्चर एण्ड लिट्रेचर एकेडेमी (नेपाली कला, सस्कृति तथा साहित्यिक प्रतिष्ठान, अष्ट्रेलिया) ले भानु जयन्ती, बहुसाँस्कृतिक कार्यक्रम, बच्चाबच्चीका लागि चित्रकला प्रतियोगिता आदि गर्ने गरेको सस्थाका सल्लाहाकार दयाराम सिंखडाको भनाई छ । 

    धेरै पहिलादेखि अवर्नमा बसोवास गर्नेहरुले अबर्न नेप्लिज कम्युनिटी बनाएर विविध क्रियाकलाप गर्दै आएका छन् । यस्ता सस्थाले नेपालीको पहिचान र मौलिक सस्कृतिको जगेर्ना गर्न सहयोग पुर्याएको छ ।

    विश्व हिन्दू महासंघ अष्ट्रेलिया, अखिल विश्व गायत्री परिवार र योगी नरहरीनाथ फाउण्डेसनजस्ता सस्थाहरु पनि यहाँ सक्रिय छन् । महासंघका उपसभापति, गायत्री परिवार तथा फाउण्डेशनका अध्यक्ष दाङ तुलसीपुर निवासी पं नारायण शास्त्री (पोमलाल पन्थी) हुन् ।

    सूचना प्रविधिका विशेषज्ञ गुल्मी आँपचौर हाल चितवन निवासी नवीन खरेल योग मास्टर हुनुका साथै आध्यात्मिक कर्ममा विश्वास गर्छन् । उनी योगी नरहरीनाथ फाउण्डेसन र विश्व हिन्दू महासंघ अष्टेलियाका सचिव हुन् ।

    योगी नरहरीनाथ फाउण्डेसन नरहरिनाथका धार्मिक, इतिहास, सस्कृति लगायतका विषयमा प्रकाशित कृतिको प्रकाशन गरी उहाँको योगदानलाई विश्वब्यापीकरण गर्ने अभियानमा लागेको छ ।

    ‘हाम्रो भाषा, कला–सस्कृति तथा पहिचान, बहुसाँस्कृतिक केन्द्रको अभियान’ भन्ने नाराका साथ सिड्नी नेपाली बहुसाँस्कृतिक केन्द्र (ग्रेटर सिड्नी नेप्लिज मल्टीकल्चरल सेन्टर) को स्थापना गर्ने तर्फ पनि केही अगुवाहरु लागेका छन् । यो बहुउद्वेश्यीय र बहुआयामिक परियोजना हो ।  

    २०८१ कार्तिक २३


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel