• Breaking News

    कोरोना महामारी ः सिमा खुकुलो मुख्य कारण

    डी.आर. घिमिरे 

    बुटवलमा समुदायस्तरमा गरिएको नमुना परीक्षणका क्रममा ४ जनामा कोरोना भाइरसको संक्रमण हुनुले ब्यापक सचेतना अपनाउनुपर्ने अवस्था देखा परेको छ । वुटवलका मात्र २ शय ३४ मा परीक्षण गर्दा ३ जनामा संक्रमित भेटिए भने भैरहवामा एकजना भेटिए । 

    यो संख्या आफैमा थोरै जस्तो लागेपनि यसले आगामी दिन चुनौतिपूर्ण रहेको संकेत गर्दछ । 

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले समुदायस्तरमा कोरोना भाइरसको संक्रमण के कस्तो छ भनेर गरेको सर्वेक्षणको नतिजाले यस क्षेत्रका नागरिकलाई झस्काएको छ । प्रादेशिक अस्पतालले उपयुक्त समयमानै यो सर्वेक्षण गरेको कारणले सचेत् हुनका लागि दवाव पनि सृजना भएको छ । यद्यपि परीक्षण गरिएकामध्ये अरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

    म आफैले पनि मेरो वार्ड १३ नं.वाट करिव २० जनाको परीक्षण गराएको थिएँ । त्यसमध्ये नेकपा वार्ड अध्यक्ष दीपक पंथीको पोजेटिभ देखियो । त्यसवाहेक सिद्धार्थनगर नगरपालिकामा घर ठेगाना बताउने ४६ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएपनि उनी सम्पर्कमा छैनन् । 

    बुटवलको हकमा लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सोही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका श्रीमान् पनि छन् । वुटवलका तीन जनामध्ये दुइजना अस्पतालसंग जोडिएका ब्यक्ति हुनुले सम्भावितस्थललाई अझ वढी सुरक्षित र भरपर्दो वनाउनुपर्ने अवस्था आएको छ । तर, दीपकजीलाई कसरी भए होला भन्ने कुरामा सवैको जिज्ञासा देखिन्छ । दीपकजीको भाउजुको हालै दुःखद मृत्यु भएको छ । उहाँको क्यान्सरका कारणले मृत्यु भएपनि कोरोना थियो कि भन्ने आशंका पनि गर्नुपर्ने भयो ।

    संयोग सो घरमा ६ जनालाई ज्वरो आएको रहेछ । अव ती सवैको पीसीआर गर्न जरुरी छ । तर, तीव्र गतिमा हुनुपर्ने परीक्षण भइरहेको छैन । दीपकजीलाई मैलेनै वार्डवाट कसकसलाई गराउनु पर्ला भनेर नाम संकलन गर्न लगाएको थिएँ । जितगढी, झोलुंगेपुल, शान्तिचौक, वेलवासलगायतका ठाउँवाट ब्यक्तिको चयन गरिएको थियो । त्यसपछि हामीले पनि गरौं त भनेर गरेका थियौं । संयोगले मेरो नेगेटिभ देखियो । परीक्षण गर्दाको अघिल्लो दिन दीपकजी घरमै आएर जानु भएको थियो । उहाँ सुगर पीडित भएकोले शितल चिनी दिन वोलाएको थिएँ ।

    परीक्षण गर्दाको दिन पनि संगसैगै थियौं । स्वाव दिएपछि पनि एकछिन संगै वसेर पानी पिएका थियौं । तर, म यति ढुक्क छु कि मलाई ती सवैले कुनै प्रभावित गरेको छैन ।

    हिजो ४ वजेतिर अस्पतालका अध्यक्ष सूर्यवहादुर भट्टराइले खवर गर्दा पारिवारिक कामले पहाड गएको म फर्कदै थिएँ । घुम्टि आउँदा गरेको फोनमा हाम्रै वार्डमा दीपकजीमा देखिएको कुरा गरेपछि मैले पनि घरतिर र केही साथीभाइलाईहरु फोन गरें । घर आउँदा अवेर भयो । अर्कोदिन भैरहवा डा. वद्री गौतमकहँ गएर औषधि ल्याएर दियौं । तेजेन्द्र केसीले पनि दीपकजीकोवारेमा चिन्ता लिनु भएको थियो । भैरहवा संगै गयौं र आयौं । एन्फा एकेडेमीको आइसोलेसनमा राखिएकोले अलि टाढैवाट भेटघाट र कुरा कानी गर्यौं । 

    उता नेकपाका महासचिव विष्णु प्रसाद पौडेल पनि आजैदेखि आइसोलेसनमा बसेको समाचार आयो । यो जानकारी तेजेन्द्रजीलेनै गराउनुभयो । आफ्ना अंगरक्षक (पीएसआ)ेमा कोरोना संक्रमण देखिएका कारण उहाँ आइसोलेसनमा हुनुहुँदो रहेछ । 

    कोरोना महामारी ब्यापकनै भएको छ । देशभरी मृत्य हुनेको संख्या ७६ पुगेको छ । आजै वाँकेमा एकजना महिलाको मृत्यु भयो । ७० वर्षीया वृद्धाको उपचार भइरहेको थियो । संक्रमितको संख्या पनि एकाएक वढेको छ । आज ३ सय ८० जना कोरोना संक्रमित थपिए । जसमा काठमाडौं जिल्लाका मात्रै ९० जना र पर्साको मात्रै ७१ जना थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ३७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संक्रमित भेटिएका हुन् ।

    आज रुपन्देहीमा ५ जना, कपिलवस्तुमा ११ जना, पाल्पाका १ जना, नवलपरासी पूर्वका १ जना, बाँकेमा २१ जना, दाङमा ४ जना, बर्दियामा २ जनामा  कोरोना पुष्टि भयो । 

    सरकारले पुनः लकडाउन गर्ने कि नगर्ने भनेर विज्ञसंग केही दिन पहिला सल्लाह लिएकोमा अधिकांशले लकडाउन गर्ने सल्लाह दिएपनि खास खास प्रभावित ठाउँमा सिलवन्दी, लकडाउन वा आवश्यकता अनुसार जे पनि गर्ने अवस्थामा छ ।

    गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार कुनै स्थान विशेष सिलबन्दी गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयमा रहेको छ । समुुदायमा कोरोना (कोभिड–१९) सङ्क्रमण फैलिएको विश्लेषणका आधारमा स्थानीय तहको समन्वयमा विशेष क्षेत्र, टोल, बस्ती, घर तथा भवन, कार्यालय, व्यापारिक केन्द्र मात्रै सिलबन्दी गर्ने तयारी सरकारले गरेको छ । 

    काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आजैवाट मातहतका अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गर्ने निर्णय सार्वजनिक गरेका थिए । कपिलवस्तुले पनि कडाई गरेको छ । अर्घाखाँचीमा सवारी चलाउन अनुमति लिनुपर्ने ब्यवस्था छ । विडम्वना के छ भने सार्वजनिक यातायात चल्न दिने निजी गाडीलाई पास खोज्ने कुरा सुहाउँदो भएन । किनकि तुलनात्मक रुपले नीजि सवारीनै सुरक्षित हुन्छन् ।

    कोरोना वुद्वि दर कस्तो छ भने भारतको दिल्लीमा चार जनामध्ये एक जनालाई संक्रमण भएको वताउँदै गर्दा त्यही अवस्था यहाँ पनि आउने हो कि भन्नेपर्ने अवस्था छ । 

    खास गरी ‘लकडाउन खुल्यो’ भनेपछि आम मानिसमा कोरोना नियन्त्रणमा आएको मनोविज्ञानको विकास भयो । शुरुमा एक दुइ जनामा संक्रमण हुँदा जुन डर भय थियो अव त्यो हराउँदै गयो ।  जसका कारण मानिसको भीड बढ्यो र संक्रमण पनि वढ्यो । 

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार अबको दुई हप्ता संक्रमण एकदमै बढ्ने देखिन्छ । त्यसमा पनि एकदमै पिकमा जाने र अनि तल झर्ने देखिन्छ । अहिलेसम्म लक्षणविहिन थिए भने अहिले लक्षणसहितका देखिन थालेका छन् । जानकारका अनुसार  भाइरस संक्रमितमा लक्षण देखिएका बेला बढी सर्छ । फेरि लक्षण देखिनुभन्दा २÷३ दिन अगाडिदेखि संक्रमण भएको हुन्छ जुन थाहा हुन्न । त्यही वीचमा संक्रमितले कति मानिसलाई भाइरस सारिसकेको हुन्छ भन्ने यकिन गर्न सकिन्न ।

    एउटा तथ्य के हो भने नेपालमा जसरी संक्रमित वढेका छन् त्यसको कारण भारतीयनै हुन् । तराइमा भारतीय कामदार ज्यादा आउन थालेपछिनै यो क्रम वढेको पाइन्छ । वीरगन्जमा कोरोना व्यापक रूपमा फैलिनुको मुख्य कारण तिनै भारतीय कामदार हुन् भन्ने तथ्यले यस्तै भन्छ । वीरगन्जको असपासमा रहेका जगदम्बा उद्योग वा विराटनगर कोरिडोर, इटहरी जाने बाटामा जुन उद्योग छन्, त्यहाँ काम गर्ने धेरैजसो भारतीय नागरिक आएपछिनै संक्रमण वढेको छ । 

    डा. वासुदेव पाण्डेले आजै एउटा आलेखमार्फत् यो कुरा सार्वजनिक गरेका छन् । उनले लेखेका छन्—

    जगदम्बाको प्रमुख व्यक्तिकै मृत्यु कोरोनाका कारण मृत्यु (भारतमा) भएको छ । ती कामदारले उद्योगमा काम गर्न थाले, अनि उनीहरू कहाँ कहाँ गएर बस्थे ? उनीहरूबाट अरू व्यक्तिलाई कोरोना स¥यो । हुँदै जाँदा अब यो दोस्रो चरणमा पुग्यो । समुदायमा भन्नु भएन । भारतबाट आएकाले अरूलाई भाइरस सारे अनि तराईमा संक्रमण बढ्यो ।

    काठमाडौंमा पनि विभिन्न क्षेत्रमा काम गर्ने व्यक्ति बाहिरबाटै आउने गर्छन् । कपाल काट्ने, कार्पेन्टर वा पेन्टिङ गर्नेलगायत विभिन्न क्षेत्रमा भारतको सीतामढीलगायतबाट आउँछन् । संक्रमित मानिस काठमाडौंमा सीधै आउँदा अरू मानिसमा कोरोना सरेकाले पछिल्लो दिन संक्रमण बढ्दै गएको छ । यस बीचमा कैयौं मानिस सीधै काठमाडौं आए । सरकारले नागढुंगालगायत नाकामा चेकजाँच गरेर उपत्यका भित्रिनेको स्वाब संकलन त ग¥यों तर ती मानिस सीधै घरमा गए । त्यतिन्जेल संक्रमण अर्कैमा सरिसक्छ ।

    यसरी पनि संक्रमण वढेको छ—

    कुनैन कुनै कारणले अस्पतालमा गएर चेक गराउँछन् । रिपोर्ट आउन्जेल दुइ तीन दिन लाग्छ । त्यतिन्जेल ऊ मनपरी घुम्छ । घरमा संगै वस्छ । जसका कारण सहजै सार्न सक्छ ।

    अहिले पनि भीडमा जाने, रेस्टुरेन्ट जाने, मनपरी गरिदिने क्रम वढेको छ । मास्क लगाउनेहरु घट्दै गएका छन् । 


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel