• Breaking News

    अव खतरा वढेको हो ?


    डी.आर.घिमिरे
    १)  पर्साको वीरगन्जमा कोरोना संक्रमण पुष्टि भएका ३ भारतीय नागरिक १४ जनाको समूहमा ४ महिनाअघि नै नेपाल आएको तथ्य खुलेको छ ।
    पर्सा जिल्ला प्रशासन कार्यालयका अनुसार भारतीय धार्मिक समूह गत डिसेम्बर १७ तारिख (पुस १ गते) दिल्लीबाट रेल चढी विराटनगर नाकाबाट डिसेम्बर १८ तारिख (पुस २ गते) नेपाल प्रवेश गरेका हुन् ।
    उनीहरु पुस ४ गतेदेखि १० दिनसम्म सुनसरीको दुहबीस्थित जामे मस्जिदमा बसेका थिए । पुस १६ देखि फागुन १ गतेसम्म सुनसरीकै इनर्वास्थित विभिन्न मस्जिदमा पनि उनीहरू पुगेका रहेछन् । त्यसपछि तिनीहरु पूर्वी नेपालका विभिन्न जिल्ला घुम्दै गत फागुन ८ गते पर्साको वीरगन्ज पुगे ।
    २)  पेप्सीकोलास्थित टाउन प्लानिङमा रहेको सन सिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुईजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कन्ट्याक ट्रेसिङ गर्दै जाँदा अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा सोही ठाउँमा वस्ने भएकोले उनीसमेत तानिएका छन् । अर्थमन्त्रीका छोरा, बुहारी र नातिनीसमेत सोही अर्पाटमेन्टमै बस्दै आएकाले लहरो तान्दा पहरो तानिएस्तो भएको छ ।
    ३) सिटी अपार्टमेन्टका बिरामीको ट्राभल हिस्ट्री हेर्दा बेलायतबाट आएको २८ दिन भइसकेको पाइयो । यसले अर्को खतरा देखियो— के २८ दिनमा पनि संक्रमणको लक्षण देखिन सक्छ ??
    ४) अहिले दुई प्रकारको परीक्षण भइरहेको छ । एउटा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र अर्को पोलिमरेज चेन रियाक्सन (पीसीआर) । सामान्यतः आरडीटीमा पोजिटिभ देखिए पछिे पीसीआरबाट निक्र्यौल गर्ने अध्यास छ । आरडीटीमा निगेटिभ देखिएपछि प्रायः पीसीआर गरिँदैन । यसलाई त्यति भरपर्दो मानिएको अवस्था छैन । किनकि परिणाम उल्टो आएको छ ।
    जस्तै ः बाग्लुङकी एक र सनसिटी अपार्टमेन्टमा बस्ने एक गरी दुई महिलामा आरडीटी परीक्षणमा पोजिटिभ देखिएपनि पछि पीसीआर परीक्षण निगेटिभ आयो ।
    कैलालीमा एक महिलामा आरडीटीबाट निगेटिभ देखिएपनि पीसीआरबाट पोजिटिभ आयो ।
    विज्ञहरुका अनुसार आरडीटीमा एन्टिबडी प्रोटिन परीक्षण गरिन्छ । जसका माध्यमबाट संक्रमित देखिन समय लाग्छ । अर्थात् भाइरस संक्रमण भई लक्षण देखिएको सात दिनपछि मात्रै परीक्षण गराउँदा वल्ल र्यापिड टेस्टको नतिजा पोजिटिभ आउँछ ।
    त्यसैले फल्स पोजिटिभ देखिएको अवस्थामा पीसीआर परीक्षण गरिने भएकोले यसले खासै समस्या ल्याउँदैन  तर, फल्स निगेटिभ आयो भने ढुक्क भएर वस्ने अवस्थाले ठूलै महामारी ल्याउन सक्ने देखियो ।
    त्यसोत पीसीआरमै पनि १०० प्रतिशत विश्वास गर्ने अवस्था रहेन । यदि त्यस्तो रहेको भए ३ पटकसम्म परीक्षण गरिदैनथ्यो होला ।
    यी सवैको अर्थ हामी खतरामुक्त छैनौं ।
    यसैवीच भारतमा कोरोना भाइरसका संक्रमित बढेका छन् । दिल्लीमा मात्र हिजोसम्म संक्रमित संख्या १५ सय ६१ पुगेको छ र ३० जनाको मृत्यु भइसकेको छ । भारतमा हालसम्म १० हजारभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ भने ३ शय ५३ ले ज्यान गुमाइसकेका छन् ।
    भारतमा कोरोनाबाट कारण सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो । त्यहाँ हालसम्म १६० जनाको मृत्यु भएको छ भने दिल्ली दोश्रो र तेश्रोमा तमिलनाडु रहेका छन् ।
    भारतले वैशाख २१ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । तर, त्यसै दिन मुम्बई सहरमा हजारौं मजदुर सडकमा निस्किए । हिजो साँझ मुम्बईको बान्द्रा रेलवे स्टेशनमा उत्तर प्रदेशलगायत ठाउँबाट  गएका आप्रवासी मजदुरले घर जान पाउनु पर्ने माग गर्दै  प्रदर्शन गरे ।
    भारतमा झन्डै १२ करोड आप्रवासी मजदुर विभिन्न राज्यमा अड्किएको बताइन्छ । जवसम्म भारतले ती आप्रवासीको समस्या समाधान गदैन तवसम्म संक्रमणलाई रोक्ने लकडाउनको कुनै अर्थ रहने छैन ।
    स्थिति नेपालको पनि त्यस्तै हो । तर, भारतमाजस्तो रेल चढ्नुपर्दैन नेपालीलाई घर जान । वढीमा एक हप्ता पैदलै हिडेर पनि घरघर जान सक्छन् । त्यसैले सो क्रम रोकिएको छैन । संख्याको हिसावले पनि थोरै छन् । शायद भारतले चाहेर पनि घर पुर्याउन सक्दैन तैपनि खानाको ब्यवस्था त गर्नैपर्ने हो । नेपालको सन्दर्भमा एक दिनको लागि वसहरु ब्यवस्था गरेर पठाइदिने हो भने एकातिर आशिष पनि पाइन्छ र अर्कोतिर खतरावाट पनि मुक्ति पाइन्छ ।
    मैले यो आलेख तयार गर्दै गर्दा विनोद पहाडीले एउटा जानकारी गराउनुभयो । बुटवलकै पाखापानीतिर दैलेख, कैलाली, बाँके र वर्दियाका करिव एक शय जनालाई स्थानीयले खाना खुवाउँदै छन् । मानवीय हिसावले यसो गर्नु एउटा पक्ष हो तर, यो अब्यवस्थाले समस्याको समाधान गर्दैन ।
    कुनै पनि हालतमा उनीहरुलाई गन्तब्यमा पुर्याउनुनै निकासको एकमात्र उपाय हो । 
    अन्तमा अर्को खतरा पनि वढेको छ । त्यो के भने दिनहुँ भारतीय गाडीले मालसामान ओसारपसार गर्न छोडेका छैनन् ।
    बुटवल—१३ वेलवासको एउटा शित गृहमा दैनिक वढ्नी हुँदै कृष्णनगरको वाटो सामान ल्याउन छोडिएको छैन । आज विहानै स्थानीय जीवलाल पन्थीले मलाई फोन गरेर यसलाई नरोक्ने हो भने हामी सुरक्षित रहने छैनौं भनेर गुनासो गर्नुभयो । मैले भनें—अत्यावश्यक खाद्यान्न वस्तु ल्याउन छूट दिएकै छ भने रोक्न कसरी सकिएला र ? एकातिर अवस्था यस्तो छ, अर्थात् जुन ठाउँलाई हामीले खतरा देखेका छौं त्याहाँवाट गाडीहरु आएकै छन् अर्कोतिर पैदल यात्रुलाई ब्यवस्थापन गर्न सकिएको छैन । यसले गर्दा हामीमा गंभीरता देखिएन कि जस्तो लाग्दैछ ।
    २०७६ वैशाख ३

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel