डी.आर. घिमिरे
सारांसः कामधेनु गाईलाई हिन्दूहरूले पवित्र जनावरको रूपमा पूजा गर्छन् । गाईलाई भगवानका रुपमा पूजाआजा गर्ने र गाईको नाममा व्रत बस्ने, हिन्दु संस्कृति हो । गाईका विभिन्न अङ्गलाई भगवान्का रुपमा चित्रण गरिन्छ । तथापि अहिले गाईको मूत्र, गोबर, दूध, दही र घीउमा पाइने तत्व, रसायन आदिबाट तमाम प्रकारका औषधिहरु नै बनाउने प्रक्रिया आरम्भ भएपछि र भारत तथा अमेरिकाजस्ता देशले पेटेन्ट राइट लिन थालेपछि गाईप्रति पूर्वजहरुको धारणा विज्ञानमा आधारित रहेछ भन्ने तथ्य स्थापित हुँदै गएको छ । कामधेनु गाईलाई पालन पोषण गरी संरक्षण र संवर्धन गर्दा अर्थतन्त्र नै चलायमान् हुनुका साथै समृद्विको वाहक हुनसक्ने सम्भावना भएकोले यसको अर्थशास्त्रीय दृष्टिले पनि अध्ययन हुन जरुरी छ ।
धार्मिक रुपले गाईको सिङको जरामा भगवान ब्रह्माजी, दुबै सिङको मध्यभागमा नारायण र शीर्ष भागमा शिवजी रहने विश्वास गरिन्छ । त्यस्तै सिङको अग्रभागमा सबै तीर्थस्थल, ललाटको अग्रभागमा पार्वती, नाकको बिचमा कुमार कार्तिकेय, दुवैकानमा कम्बल र अस्वरनामका नाग, दाहिने र देब्रे आँखामा सूर्य चन्द्र, दाँतमा आठवटै वसु, जिभ्रोमा वरूण, हुंकारमा भगवती सरस्वती, गण्डस्थल (गाल) मा यम र यक्ष, रौंका प्वालहरू (रोमकुप) मा समस्त ऋषिगण, गोमूत्रमा गङ्गाजी, गोमय (गोवर) मा यमुना तथा लक्ष्मीसहित सबै देवता, पेटमा अग्नि, कुक्षियहरूमा सभ्य र अपसभ्य नामका अग्निहरू बस्छन् ।
शब्द ः गो संस्कृति, गोमुूत्र, गौशाला, कामधेनु गाई,गो–रब, गोचर, गोनार, गोनाद ।
उद्देश्य ः यस आलेखको उद्देश्य हिन्दु संस्कृतिमा गाईको स्थान, फरक प्राणीको रुपमा गाईको महत्व, गाई अर्थतन्त्रको जानकारी, गोमूत्रको उपयोग, गोमूत्रको विषयमा आधुनिक विज्ञानले प्रयोगबाट सिद्ध गरेका तथ्यहरु, गोमूत्रको फाइदा, गाईको दूधको उपयोग, गाई सकारात्मक उर्जाको भण्डार, गाईको दही, घिउ, महीको उपयोग, हानिकारक विकिरण विरुद्ध सुरक्षा, गोबरमलको उपयोग, अर्गानिक उत्पादनमा गाईको गोबरको उपयोगको विषयमा अनुसन्धानमूलक शोध प्रबन्ध तयार गर्नु यसको गोष्टी पत्रको उद्देश्य हो ।
हिन्दू संस्कृतिमा गाई
हिन्दू सँस्कृतिमा हरेक साँस्कृतिक कर्म गर्दा सबैभन्दा पहिला गोमूत्र सेवन गरी गोपूजन गर्ने, गोदान गर्ने र वरपर सिंचित गर्नेसम्म गरिन्छ ।
यो प्रचलन हिन्दु सँस्कृतिको महत्वपूर्ण अंग भएकोले अर्घाखाँचीमा पनि छ । हरेक व्यक्तिले सानै उमेरदेखिनै जानी वा नजानी यो क्रम गरिनै रहेको हुन्छ । तथापि यसको वैज्ञानिक कारण के हो भनेर खोजीनीति गरेको पाइँदैन । धर्मको आवरणमा वर्षौदेखि यस्ता कर्म हुने गरेका छन् ।
घरमा कुनै पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्व, मृत्यु संस्कार वा यस्तै कर्म गर्नुपर्दा बिहान सबेरै गोमूत्र सङ्कलन गर्ने प्रचलन छ । गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, घर तथा व्यक्तिलाई पवित्र बनाउनगाईको गहुँत सबैतिर छर्कने गरिन्छ । गाईको दूधबाट पञ्चामृत र मूत्रबाट पञ्चगव्यको प्रयोग गरिन्छ । गोमूत्रले पोजेटिभ भाइब्रेसन (सकारात्मक भाव) बढाउने भएकोले यसरी विभिन्न रुपमा प्रयोग गरिएको हो । गोमूत्र रोगीहरूका लागि औषधि हो भने निरोगीहरूका लागि शरीर शुद्ध गर्ने अमृतमय खुराक हो । गोमूत्र सेवनले सात्विकता प्राप्त भई जीवन नै सकारात्मक बन्दछ ।
यो चलन कहिलेदेखि शुरु भयो भन्ने कुरा यकिनसाथ भन्न नसकिएपनि वैदिक सनातन कालदेखि चलेको विधि हो । साँस्कारिक कर्ममा खासगरी कुश र गोमूत्र असाध्यै बढी प्रयोगमा आउँछ । यी चिज नभई कुनै पनि कर्म प्रारम्भ नहुने भएकोले पण्डितहरुलेनै संकलन गरेर ल्याउने चलन पनि छ ।
स्थानीय गाईको पञ्चगव्य (दूध, दही, घिउ, गहुँत र गोबर) का माध्यमबाट हुने चिकित्साको तुलना विश्वका कुनै पनि चिकित्सा प्रणालीसित हुन नसक्ने प्रमाणित भएको छ । यस चिकित्साले मधुमेह, उच्च रक्तचाप, बाथ, दम, युरिक एसिड, चर्म रोग र अर्थराइटिस जस्ता रोगमा समेत लाभ हुन्छ । ‘मास्टर डिप्लोमा इन पञ्चगव्य थेरोपी’मा चेन्नई दक्षिण भारतबाट पञ्चगव्य चिकित्सा अध्ययन गर्नुभएका गोव्रती योगी यस्ता रोगमा पञ्चगव्य चिकित्सा बरदान सावित भएको बताउनुहुन्छ । पञ्चगव्य चिकित्साको दक्षिण भारतको चेन्नईमा प्राज्ञिक अध्ययन अध्यापन हुने तर अन्यत्र भने प्रशिक्षण मात्र दिने गरिएको छ ।
दूध दिने हृष्टपुष्ट गाई सुपात्रलाई दान गर्नाले आफूअघिका र आउँदा सात पुस्तासम्मको उद्धार हुन्छ भनिएको छ । शास्त्रहरूमा गाईको महिमा यतिसम्म छ कि गाईको दर्शन र प्रदक्षिणा मात्रले पनि मानिसलाई धर्मप्राप्त हुन्छ; पाप नाश हुन्छ भनिएको छ । गाईलाई सम्मानपूर्वक तिमी भनेर सम्बोधन गर्ने चलन पनि छ ।
जसको घरमा गाई भोको र ब्याकुल रहन्छ, जसले गाईको अपहेलना गर्छ, लात्ताले हान्छ, पिट्छ मार्छ, ऊ नरकमा जान्छ भन्ने शास्त्रहरूमा मान्यता छ । मानवधर्मशास्त्रमा गोरक्षा निम्ति कसैको हत्या हुन गएमा सो क्षम्य मानिन्छ भनिएको छ । शास्त्रहरूमा “सर्वेषामेव भूतानां गावः शरणमुत्तमम्” भनिएको छ । गाईहरूको भक्तिमा गरिने गोपद्म व्रत, गोवद्र्वन पूजा व्रत, तोवस्ताद्वादशी व्रत, तोत्रिरात्री व्रत, गोपाष्टमी व्रत पयोव्रत आदि व्रतहरूको पनि शास्त्रहरूमा चर्चा छ ।
वेदमा गाईलाई अदिति, धेनुभू, अध्नेय आदि नामले पुकारिएको छ । गाईको वर्णन वेदहरूमा विभिन्न प्रकारले गरिएको छ ।
अथर्ववेदमा गाईलाई “वंशां देवा उपजीवंति वशां मनुष्या उप ।
वशेदं सर्व भवतु यावतु सूर्यो विपश्यति”
(अर्थात् मानिस र भगवान दुवै गोरसबाट जिउँछन, जबसम्म सूर्य रहन्छन यो धरतीमा गाई रहन्छन्; सम्पूर्ण विश्व गाईहरूमा निर्भर छ) भनिएको छ । त्यसैगरी ऋग्वेदमा “गाभो भगो, गाव इन्द्रो” भनिएको छ । यसको अर्थ गाई भगवान हो । गाई इन्द्र हो ।
गौदान गरेका गाई प्रायः पण्डितकै घरमा हुने भएकोले अन्यत्र नभएपनि उनीहरुको घरमा प्रायः गाईहरु हुने गर्दथे । यद्यपि पछिल्ला दिनमा काम गर्ने व्यक्तिको अभावमा गाई पाल्ने चलन धेरै कम हुँदै आएको छ । समयक्रममा हरेक काम अर्थतन्त्रसँग जोडिएर आउन थाल्यो । गाईबाट आर्थिक लाभ नहुने देखेपछि गाई पाल्ने क्रम स्वतः घट्दै गयो ।
हिन्दु संस्कृति पूर्ण रुपले गाईबाट चलेको तथ्यहरुले देखाउने गरेका छन् । हाम्रा चाडवाड, सँस्कृति, उत्पादन पद्दति, खेतीपाती र समग्र अर्थतन्त्र गोमय भएको पाइन्छ । केही शब्दको प्रयोगलाई हेर्दा मात्र पनि सो कुरा स्पष्ट हुन्छ । जस्तै ः
गोदान (प्रायश्चित्त गर्नका लागि गरिने गाईदान), गौमाता (गाईलाई आमाको रुपमा लिने गरिन्छ), गोधुली (साँझपखको समय), गोकर्ण (स्थान विशेष), गोवर,(मल) गोरस (गाईको दूध,मही), गोपाल (गाई पाल्ने व्यक्ति, गोत्र (गाईलाई रक्षा गर्ने व्यक्ति), गौमुखी धारा (गाईको मुखजस्तो धारा), गो–रव (गाईको आवाज), गोचर (इन्द्रिय ग्राह्य), गौचर (गाईपालनको क्षेत्र), गोनाद (गाईको आवाज), गोरेटो, (गाई हिंड्ने बाटो), गोविर्ता,(गाईको बिर्ता) गोहो(गाई हिंडेको छाप), गोरक्षक, गोस्वामी, गोदावरी, गोठाला, गोठ, गोलोक,गोरखापत्र आदि इत्यादि ।
यमपञ्चक अर्थात् तिहारमा गाई, गोरु, कृषक र गोवर्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ ।गोवर्धन पूजा भनेको गाईको संख्या बढाउने पूजा हो ।कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पर्व अन्तरगत यमपञ्चकको चौथो दिन गोवर्धन पर्वतको पूजा गर्ने गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्धन पर्वत मानी पूजा गर्ने प्रक्रियालाई गोवर्धन पूजा मानिन्छ ।द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलबासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको मान्यता पनि रहिआएको छ ।
यमपञ्चकको दिन गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । यही मान्यता अनुसारनै मानिसको मृत्यु पूर्व वा मृत्यु पश्चात् वैतरणी दानको रुपमा गाई दान गर्ने चलन छ ।
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई महादेवको बाहनका रुपमा यसै दिन पूजाआजा गरी रोटी, बाबर, पिठो आदि मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।
मानव जीवनका लागि गाईको ठूलो महत्व भएका कारण नै वैदिक ऋषिमुनिहरूले यस पर्वको आविष्कार गरेका हुन्।ऋषिमुनिहरू आफैमावैज्ञानिक हुन् । किनकि उनीहरुले जे प्रचलन ल्याए, त्यसको गहिरो अध्ययन गरेर मात्र प्रारम्भ गरेको पाइन्छ । पृथ्वीमा मानिसका लागि गाई अत्यन्तै उपयोगी प्राणी मानिन्छ । त्यसैले त मनोविद् ओम वानियाँ लेख्छन्–
वास्तवमा गाई प्राणी होइन, संसारको प्राण हो, गाई जनावर होइन, मानिसको जान हो । गाई हिन्दूहरूका लागि आमा जस्तै हुन् । त्यसैले गाईलाई गौमाता भन्ने गरिन्छ । लक्ष्मी पनि भन्ने गरिन्छ । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोवरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर, कोठा, चोटा पवित्र तुल्याउने तथा पञ्चामृत र पञ्चगव्यको प्रयोग गर्ने हिन्दूहरूको संस्कार छ । गाईलाई पशुधनका रूपमा पनि लिइन्छ ।
हिन्दु संस्कृतिमा घरको वास्तु पूजा गरेको हुनुपर्छ । यदि घर पूजा नगरेको भए त्यस बिचमा कुनै पूजाआजा गर्नुपरे गोठमा गएर पूजा गरिन्छ । गोठ अर्थात् गाई वाँधेको ठाउँ स्वतः पवित्र भएको मानिने भएकोले गोठमा पूजा गर्ने चलन चलेको हो ।
ऋषिमुनिले गाईको पूजा गरेर गाईको गहुँत, गोबर र दूधलाई पवित्र मानेर उपभोग गर्ने गर्दथे । अहिले गरिएकावैज्ञानिक अनुसन्धानले पनि तिनको महत्व र उपयोगितालाई पुष्टि गर्दै आएका छन् । यस अर्थमा ऋषिमुनिहरुले अनुसन्धानका काम पहिले नै गरेका थिए भनेर भन्नुपर्ने हुन्छ ।
शास्त्रमा भनिएको छ–
यत्वगस्थिगतं पापं देहे चिष्ठाति मामके ।
प्राशनात् पञ्चगव्यस्य दहत्व ग्रिरिवेन्धनम् ।।
अर्थात जो पाप मेरो हड्डीमा घुस्यो, त्यसरी नै पञ्चगव्यको सेवनबाट पाप नष्ट हुनेछ। जसरी अग्नि सुखी युवतीको जलाएर भष्म गर्ने गर्दछ, त्यसरी नै गोमूत्र पान गर्दा पाप नष्ट हुने गर्दछ ।
यसरी हेर्दा गाईबाट प्राप्त हुने पाँच चिज दूध, दही, घ्यू, गोबर र गोमूत्र मानवस्वास्थ्यका लागि महत्वपूर्ण छन् । गोमूत्रलाई अहिलेको चिकित्सा विज्ञानमा पनि महत्वका साथ लिइन्छ ।
गाईको दूध अरु कुनै प्राणीको भन्दा पोषिलो हुन्छ ।अन्य प्राणीको पिसाब खाइँदैन तर, गाईको पिसाब र गोबर औषधीय गुणहरूले भरिएको हुन्छ । त्यति मात्र होइन, गौमूत्रमा सुनको मात्रा पनि हुन्छ ।यस अर्थमा गाई आफैमा औषधालय हो ।
फरक प्राणीको रुपमा गाई
संसारका गाईवाहेक कुनै पनि जनावरमा जुरो हुँदैन । जसलाई सूर्यकेतु नाडी भनेर भनिन्छ । यो नाडी भित्र प्रज्ञा उर्जा र क्रिया उर्जा हुने रहेछ । प्रज्ञा उर्जाले सूर्यादी नवग्रहहरुबाट आउने सकारात्मक उर्जाहरुलाई आफूतिर आकर्षित गर्छ भने र क्रिया उर्जाले त्यसरी आएका ती सकारात्मक उर्जाहरुलाई संग्रह गरी आफ्नो दूधमा मिश्रण गर्छ । यही कारणले गाईको दूधमा स्वर्णक्षार हुन्छ र दूध पनि पहेंलो हुने गर्छ । यो स्वर्णाक्षारले ३२२ किसिमका क्यान्सरलाई निको पार्ने क्षमता राख्दछ ।
विद्युतीय यन्त्रहरुमा हुने घातक रेडियसन गाईको गोबरले नष्ट गर्छ भन्ने कुरा हाल वजारमा आएको वैदिक प्लास्टरलाई नै उदाहरणको रुपमा हेर्न सकिन्छ । जसको बारेमा पछि उल्लेख गरिने छ ।
उषा कालमा साढे दुई वर्ष पुगेको, गर्भिणी नभएको, सधै वनमा चर्न जाने निरोगी सम्भव भएसम्म कालो रंगको गाईको मूत्रले वात, पित्त, कफजन्य १४८ प्रकारका रोगबाट बँच्न सकिन्छ ।
बाटोमा हिंडडुल गर्दा गाई भेटियो भने गाईका खुट्टा छोएर ढोग गर्ने र गाईलाई दाहिना पारेर हिंड्ने चलन पनि छ । यसर्थ गाईलाई गौंमाता पनि भनिन्छ ।
गाईको अर्थतन्त्र
सामान्यतः गाईलाई मल, दूध, दही र घीउको लागि उपयोगमा ल्याउने हाम्रो प्रचलन हो । धार्मिक रुपमा गाईले दूध तथा घिउ दिएर प्रजाहरूको पालन पोषण गर्छिन् भनिन्छ । उनको पुत्र साँढे र गोरु खेतीमा काम आउँछ जसका कारण विभिन्न प्रकारको अन्न र बिउ उत्पादन हुन सक्छ । अन्नको प्रयोग यज्ञमा हव्य कव्यको निम्ति हुन्छ । गाईहरूबाट नै दूध, दही, घिउ प्राप्त हुन्छ । यस्ता गाईहरू अत्यन्त पवित्र हुन्छन् । साँढे तथा गोरुले भोक प्यास सहेर पनि विभिन्न किसिमका भारीहरूको ढुवानी गर्छन् । यसप्रकार आफ्नो कर्ममार्फत गाई गोरुले प्रजा तथा ऋषि मुनिहरूको सेवा गरिरहन्छन् भन्ने मान्यता रहिआएको छ । यिनीहरूको व्यवहारमा शठता तथा कपटीपन हुँदैन; सदा पवित्र कर्ममा लागिरहन्छन् ।
बच्चाबच्चीलाई गाईको दूध पोसिलो हुने मान्यता रहीआएको छ र गाईको घीउलाई पनि औषधिको रुपमा प्रयोग गरिनछ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गर्ने प्रचलन छ ।
गाईलाई उपयोगमा ल्याउन सक्ने हो भने आर्थिक रुपले ज्यादै लाभदायक मान्न सकिन्छ । परम्परागत रुपमा गाईलाई लक्ष्मी (धन) को रुपमा पूजा गर्नु र पशुधनका रूपमा मान्नुले अर्थतन्त्रसँग जोडेकै पाइन्छ । अहिले पनि गाईलाई श्रोत मानेर उपयोगिताका आधारमा मूल्याङ्कन गर्दा एक पालिका एक गौशाला बनाएर देशैभरी सम्पूर्ण रुपले उपयोग गर्ने हो भने समृद्विको साधन बन्न सक्छ भन्ने तथ्य विभिन्न अनुसन्धानले देखाएको छ ।
गौमूत्रको उपयोग
गौमाताबाट प्राप्त पञ्चगव्यद्वारा त्रिदोष समन गर्न सकिन्छ । पञ्चगव्यमा पोषण दिने र शुद्ध गर्ने सम्पूर्ण अमृत तत्व पाइन्छ । जसमा गोमूत्र सर्वश्रेष्ठ रसायन हो । आयुर्वेदमा गोमूत्रलाई महौषधि मानिएको छ । जुन आयुर्वेदको प्राण पनि हो । गोमूत्र एक आध्यात्मिक औषधि पनि हो । जसको सेवनले शारीरिक रोगहरूको साथमा मानसिक रोगहरूबाट पनि मुक्ति मिल्दछ । गोमूत्रमा सम्पूर्ण रस, सम्पूर्ण भिटामिन तथा १६ प्रकारको विभिन्न खनिज तत्वहरु पाइन्छ । हालसम्म भारत, अमेरिका, चीन आदि देशहरूमा गोमूत्रबाट एन्टिबायोटिक, एन्टिफङ्गस, एन्टि क्यान्सर लगायत विभिन्न औषधि बनाई पेटेन्ट समेत प्राप्त गरिसकेको छ । चरकसंहितामा गोमूत्र सेवनले ४५ रोग निर्मूल हुने उल्लेख छ ।
आयुर्वेदले पनि गोमूत्रलाई औषधिकै रुपमा लिन्छ । आयुर्वेद शास्त्रमा भनिएको छ–
“गोमूत्रे त्रिदिनं स्थाप्य विषं तेन विशुद्धयति” ।
अर्थात् गोमूत्रमा तीन दिनसम्म विष राखे पनि शुद्ध हुन्छ । धतुरो, कुचिला आदि जस्ता विषयुक्त जडीबुटीहरूको शुद्धीकरण गर्न गोमूत्र नै उपयोगमा ल्याइन्छ । गोमूत्रद्वारा विषयुक्त जडीबुटीहरूको शुद्धीकरण गरेमा दोषरहित भई औषधियुक्तहुन्छ ।
ताजा गोमूत्रले प्रशोधन गरेको गो अर्क (प्रशोधित गोमूत्र, जसलाई वाष्पीकरणको रुपमा वनाइन्छ र यसरी बनाउँदा खान सहज हुन्छ) ले भन्दा ५० प्रतिशत बढी लाभ गर्दछ र अर्क सेवन गर्न कठिन हुने वा असहज हुने व्यक्तिको लागि पनि ताजा गोमूत्र प्रयोग गर्दा सहज हुन्छ । ताजा गोमूत्रको सेवनले छिटो र प्रभावकारी रुपमा लाभ हुन्छ । गोमूत्र अमृत समान अचुक खुराक हो ।
त्यसो त परम्परागत रुपमा पनि गोमूत्रको प्रयोग औषधि (पञ्चगव्य) कै रुपमा गरिन्थ्यो तर आधुनिक विज्ञानले यसलाई परीक्षण गरेर विभिन्न औषधिको रुपमा प्रयोगमा ल्याउन सक्ने बनायो ।
आधुनिक विज्ञानले प्रामाणिक गरेका तथ्य
कामधेनु अर्थात् स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाएका छन् । सन् २०१२ मा अमेरिकन हर्ट एशोसिएशनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीमा ३१ प्रतिशतले कमी आएको तथ्य सार्वजनिक गरेको थियो ।
गाईको पिसाबको प्रयोगशाला विश्लेषणले यसमा नाइट्रोजन, सल्फर, फस्फेट, सोडियम, म्याङ्गनीज, कार्बोलिक एसिड, आइरन, सिलिकन, क्लोरीन, म्याग्नेसियम, मेल्सी, साइट्रिक, टाइट्रिक, सुसेनिक, क्याल्सियम लवण, भिटामिन ए, बी, सी, डी, ई पाइने देखाएको छ । , खनिज, ल्याक्टोज, इन्जाइम, क्रिएटिनिन, हर्मोन र सुनको लवण– सबै मानव शरीरलाई “त्रिदोष”– वात, पित्त र कफलाई सन्तुलनमा राख्न थोरै मात्रामा चाहिन्छ ।अमेरिकाले गाईको गहुँतमा शोध गरी गोमूत्रबाट बन्ने पाँचवटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ (पेटेन्ट नम्बर 6410059 / 6896907 ) भने भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ । यो एन्टी क्यान्सर, एन्टि ब्याक्टेरियल, एन्टी फंगल र एन्टि अक्सिडेन्ट गुणले विश्वभर नै मान्यता पाएको छ ।
गाइको गोबरमा गाइकै घीउ लगाएर हवन गर्दा एक किलोबाट एक टन अक्सिजन उत्पादन हुन्छ ।
गोमूत्रमा अन्य २४ वटा तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यकतालाई पूर्ति गरी निरोगी बन्नका लागि सहयोग पु¥याउँछ ।
आचार्य चरकले पहिल्यै भनेका थिए–गोमूत्र पवित्र र महत्वपूर्ण रसायन हो । यसले मुख्यतया पाचनलाई सजिलो बनाउने, मुटु बलवान बनाउने, रगत सफा गर्ने, वाथ, पित्त र कफलाई (सर्र्दी, गर्र्मी र चिल्लोलाई) सन्तुलित गर्ने गर्दछ । गोमूत्रले शरीरको विकार तथा विषलाई नष्ट गर्ने काम पनि गर्दछ । एउटा भनाई छ–जुन घरमा तुलसी र गाई हुन्छ, त्यो घरमा रोग लाग्दैन । वास्तवमा आधुनिक विज्ञानले पनि यसलाई प्रमाणित गर्दै गएको छ ।
चरक एक महर्षि एवं आयुर्वेद विशारदका रूपमा विख्यात छन्। उनी कुषाण राज्यका राजवैद्य थिए। यिनीद्वारा रचित चरक संहिता एउटा प्रसिद्ध आयुर्वेद ग्रन्थ हो। यसमा रोगनाशक एवं रोगनिरोधक दबाईहरूको उल्लेख छ तथा सुन, चाँदी, फलाम, पारा आदि धातुहरूको भष्म एवं तिनको उपयोगको वर्णन पाइन्छ ।
चरकलाई ईसाको प्रथम शताब्दीमा गणना गर्दा यो विचार उनले कहिलेदेखि ल्याए भन्ने कुरा स्वतः सिद्व हुन्छ । अर्थात् आजका वैज्ञानिकहरुले भन्दा पहिले नै उनले प्रमाणित गरेका थिए । ऋषिमुनिहरुले गरेको अध्ययन अनुसन्धानलाई बेवास्ता गर्ने र पश्चिमी विद्वानहरुले गरेको अध्ययनलाई मान्यता दिने हाम्रो मानसिकताले पनि धेरै विषय ओझेल पर्ने गरेका छन् । चरकसंहिता आठौं शताब्दीमा अरबी भाषामा अनुवाद भएपछि पश्चिमी मुलुकमा पुगेको बताइन्छ । चरकले योे संहिता विभिन्न देशका भ्रमण गर्दा विभिन्न चिकित्सकहरुसँग बैठक गर्दै उनीहरुबाट प्राप्त ज्ञान, विचारलाई एकीकृत गरेर मात्र यसलाई सार्वजनिक गरेका थिए ।
गौमूत्र किन फाइदाजनक हुन्छ ?
गोमूत्र यति विधि फाइदाजनक हुनुको कारण विभिन्न रसायनहरु प्राप्त हुनु हो ।गोमुत्रमा पाइने रसायन अन्य पशुमूत्रमा पाइँदैन । भारतका शोधकर्ताहरूले गौमूत्रमा तीन सय ८८ प्रकारका औषधीय तत्व फेला पारेका छन् । यी औषधीय तत्वमा मानिसको शरीरमा लाग्ने विभिन्नखाले रोगहरू निको पार्ने दाबी शोधकर्ताको छ । अमेरिका र युरोपेली देशमा स्थानीय गाईमाथि भएको वैज्ञानिक अनुसन्धानले क्यान्सर, क्षयरोग र मलेरिया रोग गोमूत्रबाट निको भएको प्रमाणित गरेको हो।
गोमूत्रमा कक्र्युमिन नामक तत्व पाइन्छ, जुन एन्टीक्यान्सर ड्रग हो भन्ने तथ्य वैज्ञानिकरूपमा प्रमाणित भएको छ । यसले क्यान्सर रोग लाग्नबाट बचाउँछ । गौमूत्रमा अन्य २४ वटा तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यकतालाई पूर्ति गरी निरोगी बन्नका लागि सहयोग पु–याउँछ ।
शुद्ध गोमूत्रको वरिपरि कुनैपनि जीवाणु तथा विषाणु (bacteria and virus ) टिक्न सक्दैन । त्यसैले शिशाको भाँडोमा राखेको गोमूत्र कहिल्यै खराब हुँदैन । गोमूत्रले हानिकारक किटाणु, जीवाणु तथा विषाणुलाई नष्ट गर्दछ । बिषालु जडीबुटीको बिष नष्ट गर्न गोमूत्र कै प्रयोग गर्नुपर्छ । यसले हानिकारक रासायनिक केमिकल पनि नष्ट गर्दछ । गोमूत्र उच्चकोटीको अल्कलाइन पनि हो ।त्यसैले शरीरको एसिड तथा बिकार नष्ट गरी आलस्यता, तनाव र रोग हटाउँदछ । गोमूत्रले नुहाउँदा, घरमा छर्कदाँ, बोट बिरुवामा मल तथा किटनासकको रुपमा प्रयोग गर्दा, फलफूल र तरकारीमा हालेको बिषादी समेत नष्ट गर्न सकिन्छ ।
पश्चिमी देशहरूमा– गोमूत्रको अन्तर्राष्ट्रिय मूल्य प्रतिलिटर १०– १२ डलर छ ।जसबाट मुख्यतया कुर्कुमिन जिन्क लगायत शरीरलाई आवश्यक महत्वपूर्ण तत्वहरू निकालिन्छ ।गाईको पिसाब जति पुरानो भयो त्यति शुद्ध हुँदै जान्छ । गाइको पिसाबमा कहिल्यै खराब हुँदैन । एक वैज्ञानिक अनुसन्धानले गो मूत्र र दूधमा सुनको मात्रा भएको प्रमाणित गरेको छ ।
गोमूत्रमा पाइने अन्य रसायन यस प्रकार छन्–
गोमूत्रमा पोटाशियम, सोडियम, नाइट्रोजन, फस्फेट, युरिया, युरिक एसिड हुन्छ । त्यस्तै सल्फर, अमोनिया, कपर, फलाम, कार्वोलिक एसिड (किटनाशक), क्याल्सियम, भिटामिन,क्षार ल्याक्टोज आदि पाइन्छ । दूध दुइरहेको समयमा गौमूत्रमा ल्याक्टोजनको मात्रा वृद्धि हुन्छ, जो हृदय रोगीको लागि फाइदाजनक मानिन्छ ।
चिकित्सा विज्ञानका अनुसार गाईको कलेजोलाई चार भागमा बाडिन्छ । यसको अन्तिम हिस्सामा एक प्रकारको एसिड हुन्छ, जो क्यान्सर रोगको जड हटाउने क्षमता राख्छ । गोमूत्रमा “कुर्कुमिन” पाइन्छ । जसका कारण क्यान्सर जस्तो रोग नष्ट हुन्छ । कुर्कुमिनका लागि अमेरिका लगायत पश्चिमी देशहरुका औषधि कम्पनीहरुले भारतबाट वार्षिक अरबौंको गौमूत्र खरिद गर्दछन् । कुर्कुमिनको मुख्य श्रोत गोमूत्र हो ।
गोमूत्रमा प्रति–अक्सिकरणको क्षमताको कारण डीएनए नष्ट हुनबाट बचाउँछ । गोमूत्रबाट बनेको औषधीले क्यान्सर, उच्च रक्तचाप, आर्थराइटिस, सर्वाकल हड्डी सम्बन्धी रोगको समेत उपचार सम्भव हुन्छ ।
पतञ्जलि योगपीठले गरेको एक अनुसन्धान अनुसार गोमूत्रमा मानव शरीरमा विद्यमान सम्पूर्ण २४ तत्व पाइन्छ । विषादि भएको अन्न एवं साग–सब्जी सेवन गरेर शरीर नै विषमय भएको छ भने पनि शरीरलाई विषमुक्त गराउने काम गोमूत्रले नै गर्छ ।
महाभारतमा उल्लेख छ, नन्दीको मूत्र सुघ्नाले मात्र “वन्ध्या अपि प्रसूयते“ अथात् बाँझोपन हट्दछ । वैज्ञानिकहरूले गरेको दाबी अनुसार गोमूत्रबाट सबैभन्दा शुद्ध रूपले हाइड्रोजन प्राप्त गर्न सकिन्छ । जुन भविष्यको इन्धन हो । त्यस अर्थमा विश्वलाई पर्याप्त इन्धन दिन सक्ने प्राणी गाई हुन् ।
समग्रमा गोमूत्रको सेवनले बाथ, पित्त र कफ सन्तुलन गर्ने, अपच, अरुचि, ग्याष्ट्रिक, कब्जियत, एसिडीटी, वमन, पायल्स, मोटोपन, कमजोरी, छालाको सबै रोग, सुगर, उच्च रक्तचाप, दम, खोकी, पिनास, रगतको खराबी, मुटु, फोक्सो कलेजो र मूत्र प्रणलीको बिकार तथा समस्याहरु,रगतको अवरोध, मूत्र अवरोध, श्वास अवरोध, नपुंशकता, बाँझोपन, यौन दुर्वलता, महिनावारिको दुखाइ र गडबडी, ट्युमर र क्यान्सर लगायत १४८ रोगमा लाभ हुने कुरा आयुर्वेद र विज्ञानले पनि प्रमाणित गरेको छ ।
गाईको दूध पनि औषधि हुन्छ
गाईको दूधलाई सम्पूर्ण आहार मानिन्छ । दैनिक एक गिलास स्थानीय गाईको दूध पिउनाले शरीर र मस्तिष्क दुवैलाई फाइदा गर्छ । स्थानीय गाईको दूधमा ओमेगा थ्री नामक तत्व पाइन्छ, जसले मस्तिष्क शक्ति तथा स्मरणशक्ति बढाउने काम गर्छ । वैज्ञानिकहरूको अनुसार गाईको दूधमा लगभग आठ प्रकारका प्रोटिन, ६ प्रकारका भिटामिन, २१ प्रकारका एमिनो एसिड, ११ प्रकारमा फ्याट्टी एसिड, २५ प्रकारका मिनरल तत्व, १६ प्रकारका नाइट्रोजन, ४ प्रकारका फास्फोरस, यसका अतिरिक्त मुख्य मिनरल जस्तै कपर, आयरन, क्याल्सियम, आयोडिन, फलोरिन, सिलिकन आदि पनि पाइन्छ । त्यसैगरी गाईको दूधमा पाइने सेरिब्रोसाइड नामक तत्वले कुनै पनि खालका क्यान्सर हुन दिँदैन । गाईको दूध त्यति नै शक्तिवर्धक हुन्छ । आमाको दूधपछिको अर्को पोषिलो दूध भनेको गाईको दूध हो । त्यसैले गाईको दूधलाई अमृत भनिन्छ ।
इन्टरनेशनल कार्डियोलोजी एसोसिएसन, भारतका अध्यक्ष डा. शान्तिलाल साहले भैँसीको दूधमा ‘लोङ्चन फ्याट’ बढी भई नशा जमेर अवरुद्ध हुँदा हृदयघातको समस्या देखापरेकाले गाईको दूध हृदय रोगीका लागि बरदान सावित हुने अनुसन्धानबाट पुष्टि गरेका छन् ।गाईको दूधमा पाइने सेरी ब्रोसाइड नामक तत्वले कुनै पनि प्रकारका अर्बुद रोग हुन दिँदैन ।
स्वीडेनमा गरिएको एउटा अध्ययन अनुसार जो महिलाहरु आधा गिलासभन्दा कम दूध प्रतिदिन पिउँछन्, उनीहरुको हड्डी टुट्ने खतरा अत्यधिक हुन्छ । उनीहरुको एउटा धारणा के पनि थियो भने जो महिलाहरुमा हड्डी टुट्ने प्रवृत्ति अत्यधिक हुन्छ, उनीहरु अत्यधिक दूध पिउँछन् ।
फिनल्याण्ड विश्वविद्यालयका प्रोफेसर जेरीका विरतानेनका अनुसार दूधमा प्रचूर मात्रामा प्रोटिन हुन्छ । जो व्यक्ति बढी दूध पिउँछन्, उनीहरुको भोक दूधले नै मेटाउँछ ।
बेलायतका पोषण वैज्ञानिक सार्लोट स्टर्लिङ–रिडको भनाइमा जनताका लागि सरकारको तर्फबाट गाईडलाइन्स नै जारी गर्दै बच्चाहरुका लागि वैकल्पिक दूधभन्दा गाईको दूध नै उत्कृष्ट हुन्छ भनेर बताउनुपर्छ ।
गाइको घिउ, दही र मही
गाईको घिउ पनि पोषिलो, शक्तिवद्र्धक र औषधीय गुणले युक्त हुन्छ । गाईको घ्यूूले हवन गर्दा प्रोपिलिन अक्साइड, इथिलिन अक्साइड, फारमेलडी हाइड ग्यास निस्किन्छ । प्रोपिलिन अक्साइडले वर्षा गर्न सहयोग पु–याउँछ भने इथिलिन अक्साइड र फारमेलडी ग्यासले पर्यावरणमा नकारात्मक असर पु–याउने जीवाणुलाई मारी शुद्धीकरण गर्छ ।
गाईको घिउले कोलेस्ट्रोल ठीक गराउनुका साथै मुटुरोगमा समेत लाभदायक रहेको तथ्य प्रमाणित भएको छ । घिउ जस्तै दही र मही पनि पोषणको खजाना हो । सन् २०१२ मा अमेरिकन हर्ट एसोसिएसनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीहरूमा ३१ प्रतिशतले कमी आएको आफ्नो शोधपत्रमा उल्लेख गरेको छ ।
गाईको दूधमा सल्फर हुन्छ । सल्फरले दिमागलाई काम गर्न सघाउ पु¥याउँछ । गाईको दूधमा बेटा क्यारोटिन पनि हुन्छ, जसका कारण शरीरले भिटामिन ‘ए’ पाउँछ । यी तत्व भैंसीको दूधमा पाइँदैन । यसका साथैं भैंसीको दूधभन्दा गाईको दूध सजिलै पच्ने भएकोले बालबालिकालाई गाइको दूध नै दिन सुझाव दिइन्छ । साथै गाईको दूधमा प्रोटिन, भिटामिनन ए, बी१, बी १२, भिटामिज डी, पोटासियम, म्याग्नेसियम पनि पाइन्छ । आयुर्वेदका अनुसार गाईको दूधमा सेडेटिभ गुण पाइन्छ । जसका कारण रातीमा पिउँदा शान्त र निद्रा लाग्ने बनाउँछ । गाइको दूध हल्का र चाँडो पच्ने हुन्छ । यसमा क्याल्सियम पनि अत्यधिक पाइन्छ ।
सकारात्मक उर्जाको भण्डार–
वैज्ञानिक शोधबाट थाहा भएअनुसार गाईमा जति सकारात्मक उर्जा हुन्छ, अरु प्राणीमा हुँदैन । वैज्ञानिकका अनुसार गाई एकमात्र यस्तो प्राणी हुन्, जो अक्सिजन ग्रहण गर्छ र अक्सिजन नै छाड्छन् । जबकी मानिस लगायत सबै प्राणी अक्सिजन लिन्छ र कार्बनडाईअक्साइड छाड्छ । घरको आसपास गाई छ भने संक्रमण रोग, चिसो, कफ आदिको समस्या नहुने विश्वास गरिन्छ ।
गाईको सूर्यकेतु नाडी–गाईको मेरुदण्डको हड्डीमा सूर्यकेतु स्नायु हानिकारक विकिरण रोकेर वातावरण स्वच्छ बनाइ राख्छ । यो पर्यावरणका लागि लाभदायक हुन्छ । साथै, सूर्यकेतु नाडी सूर्यको सम्पर्कमा अउनका लागि यहाँ स्वर्णको उत्पादन गर्छ । गाइको शरीरमा उत्पादन हुने यो सुन गाईको दूध, मूत्र र गोबरमा मिल्छ ।
कुरा यति मात्र हैन गाईसँग बसेर डिप्रेसनको उपचार गर्न थालिएको छ । भारतीय एक टेलिभिजन जी न्यूजमा सुधिर चौधरीको कार्यक्रमका अनुसार गाईसंग गला मिलाएर गरिने थेरापी (Cow cudding therapy) चर्चित भइसकेको छ । जसवाट विश्वका कतिपय देशमा डिप्रेसन तथा मानसिक रोगीको उपचार गर्न थालिएको छ । अमेरिका, स्वीजरलैण्ड, न्यूजीलैण्ड लगायतका देशमा यस्तै प्रकारले उपचार शुरु गरिसकिएको छ । गाईसँग खेल्दै समय बिताएपछि मनमा आत्म विश्वास वढ्नुका साथै मनमा लुकेको डरबाट मुक्ति मिल्छ । अमेरिकामा ९० मिनेट गाइसँग थेरापी गरेको ३५ हजार र स्वीजरलैण्ड एवं न्यूजीलैण्डमा ८ हजार नेपाली रुपैयाँ लाग्छ । गाईसँगको सञ्चारलाई गौ संवाद (Cow–communication) भनिन्छ ।
अमेरिकामा कोरोनाभाइरसको महामारीबाट शान्त हुनका लागि यस प्रकारका थेरापीको प्रयोग गरिएको थियो । सीएनबीसी , फोर्बर्स, बीबीसी जस्ता चर्चित् मिडियाहरुले यसबारे अनेक रिपोर्टहरु बनाएका छन् जसलाई गुगलमा सहजै भेट्न सकिन्छ । सन् २००७ मा गरिएको एक अध्ययनले गाईको गर्धन र पिठमा विशेष नरम मासु लोती हुने गर्छ । जसलाई मुसार्र्दा गाईले आनन्द पाउँछ । दूध दुहुनुभन्दा अघि यसरी मुसार्दा सहज ढंगले दूध दिने पनि गर्छन् । कोरोनाबाट संक्रमितहरु जब मानसिक रोगी हुँदै गए उनीहरुलाई यस प्रकारको थेरापी उपयोगी हुँदै गयो ।
हानिकारक विकिरण विरुद्ध सुरक्षा
अहिले वायुमण्डलमा हानिकारक विकिरण उत्सर्जन गर्ने उपकरणहरुको प्रयोग तीव्र गतिमा बढिरहेको छ । ती विकिरणहरूबाट सुरक्षित रहन र आणविक आयोजना, कारखाना र आणविक हतियारको प्रयोगबाट निस्कने विकिरणबाट सुरक्षित रहने सजिलो र सरल उपाय ऋषि–परम्परामा चलेकोे सामाजिक व्यवस्था हो ।घरको बाहिरी भित्तामा गाईको गोबरको बाक्लो तह लगाउँदा यो तहले हानिकारक विकिरण सोस्छ र मानिसको शारीरिक र मानसिक स्वास्थ्य जोगाउन मद्दत गर्छ ।
गोबरको उपयोग
गाईको गोबरवाट वैदिक प्लास्टर र वैदिक इँटा बनाउने काम गरी भारतीय विद्वान डा. शिवदर्शन मलिकले बजारमा ल्याएका छन् । यो आर्थिक र वातावरणीय हिसाबले पनि महत्वपूर्ण छ । पहिले पहिले गोबर र माटो मिलाएर लिपपोत गरिन्थ्यो । ती घरहरु शान्त हुन्थे । शितल हुन्थे । खराबी एउटा मात्र थियो कि वर्षेनि लिपपोत गर्नुपर्दथ्यो । त्यसैले अहिले सिमेन्ट जस्तै वैदिक प्लास्टर निस्केको छ । यो सवै हिसाबले उपयोगी छ ।
वातावरणीय हिसाबले यस कारणले कि माथि भनेजस्तै गोवरको प्रयोगले शितलता प्रदान गर्नुका साथै विकिरणलाईसमेत पूर्ण नियन्त्रण गर्दछ । भनिन्छ गाईको गोबरबाट बनेको इँटा र प्लास्टरको प्रयोग गरी वैदिक घर निर्माण गर्दा उनीहरुको आर्थिक र मानव स्वास्थ्यमा फाइदा हुन्छ । परापूर्वकालदेखि नै यज्ञ–मण्डप, मन्दिर आदि धार्मिक स्थल तथा घर–घरमा गाईको गोबरको लेप लगाइन्थ्यो । गोबरलाई शुद्ध, पवित्र र शुभ मानिन्छ । यसले दुर्गन्ध, सात्विकता र तेज वृद्धि गर्दछ ।
डा. शिवदर्शन मलिक भारत रोहतक जिल्लाको मदिना गाउँका व्यक्ति हुन् । ग्रामीण परिवेशमा हुर्केका शिवदर्शनले हिसारको एक गुरुकुलबाट स्कूली शिक्षा लिदै केमिस्ट्रीबाट विद्यावारिधि गरेका छन् । केही समय प्रोफेसर भएका उनले एउटा प्रोजेक्टको काम गर्दागर्दै वैदिक इँटा र प्लास्टरको काम शुरु गरेको बताएका छन् । यसको प्रयोगले १० डिग्रीसम्म तापक्रममा कमी आउने दावी उनले गर्दैै आएका छन् । यस आधारमा नेपालको तराई क्षेत्रमा व्यापक उपयोगी हुन सक्ने विश्वास गर्न सकिन्छ ।
पर्यावरण, रिन्युएबल इनर्जी तथा दीगो विकासका क्षेत्रमा काम गर्दागर्दैं वर्ष २००० मा उनले IIT दिल्लीसँग मिलेर गौशालाबाट निस्केको फोहरबाट ऊर्जा बनाउने परियोजनामा काम गर्न थाले ।
यसै सिलसिलमा उनी अमेरिका गए । त्यहाँ उनले भाँगको पातमा चूना मिसाएर हैमक्रिट बनाउन र त्यसबाटै घर बनाएको देखे । त्यही देखेर उनले गाईको गोबरबाट प्लास्टर तैयार गर्न सक्ने सम्भावना देखे ।
डा. मलिकका अनुसार गोबरवाट वनेको ईंटाको तौल करीब १.७८ किलो हुन्छ । यो इँटा बनाउँदा प्रति इँटा ४ रुपैयाँ लााग्छ । गोबरको इँटा र वैदिक प्लास्टरवाट घर बनाउँदा यसको खर्च १० देखि १२ रुपैयाँ प्रति स्क्वायर फिट आउँछ । जो सीमेंटको तुलनामा करीब ६ देखि से ७ गुणासम्म कम हुन्छ । उनले वार्षिक पाँच हजार टन वैदिक प्लास्टर (Vedic Plaster) उत्पादन गर्छन् । यो प्लास्टरको प्रयोग अहिले नेपालमा पनि हुन थालेको छ ।
हाम्रा पुर्खाहरु कति ज्ञानी र बुद्विमानी थिए भन्ने कुरा गाइको गोबर वा गहुँतको प्रयोग गर्ने परम्पराबाट स्पष्ट हुन्छ । गाईको गोबरले लिपेपछि घर शुद्व हुने र गहुँत खाएपछि मानिस शुद्व हुने ऋषि–परम्परा कुनै ढोंग थिएन भन्ने कुरा अहिले वैज्ञानिकहरुले पुष्टि गर्दैछन् । निश्चयनै हरेक कुरा विज्ञानसम्म्मत हुनुपर्छ तर, यसका लागि अनुसन्धानको खाँचो पर्दछ भन्ने पनि यसबाट स्पष्ट हुँदै गएको छ ।
प्रायः हाम्रा परम्पराहरु अनुभवद्वारा सृजित हुन् । तर, तिनलाई अनुसरण गर्नेहरुले तथ्यसहित स्पष्ट गर्नुको साटो परम्पराका नाममा वा अमूर्त धर्म प्राप्त हुने विश्वासका आधारमा प्रयोगमा ल्याउन खोजे । यसको कारण अल्पज्ञान थियो । विषयको गहिरो अध्ययन नगरी जवर्जस्ती लाद्ने गर्दा क्रमशः विश्वास टुट्दै गयो । अथवा ती सबै मिथक वने । जबकि वास्तविकता अहिले आएर सार्वजनिक हुँदैछन् ।
भारतमा अलिक पहिलेबाटै प्रयोगमा आएको वैदिक प्लास्टरको प्रयोग गर्दा विकिरण शून्य हुँदो रहेछ भन्ने प्रमाण खोज्न कहींकतै जानु पर्दैन । केवल प्रयोग गरेर हेर्न सकिने अवस्था छ । यो प्लास्टर घाँस खाने गाई अर्थात् जङ्गलमा चराइने गाईको गोबरवाट वनाइदो रहेछ । यो प्लास्टरको अनुसन्धान गर्ने रसायनशास्त्रका विद्वान डा. शिवदर्शन मलिकलाई भारतीय राष्ट्रपतिवाट कृषि रत्नले सम्मान गरिएको छ । यो प्लास्टरले पानी, विद्युत, वातावरण, विकिरण र पैसा सबै बचाउँछ । तापक्रम, आगो र आवाजलाई घटाउन सक्ने भएकोले यसको माग भारतमा वढ्दै गएको भनेर समाचारहरु प्रकाशित गरिएका छन् । यो बनाउँदा गोबरका अतिरिक्त विशेष प्रकारको माटो, जिप्सन, चुना, कागतीको रस आदि मिसाइन्छ ।
वातावरणीय हिसाबले हेर्दा गोबरसमेतको प्रयोगले शितलता प्रदान गर्नुका साथै विकिरणलाई पूर्ण नियन्त्रण गर्दछ । भनिन्छ, गाईको गोबरबाट बनेको इँटा र प्लास्टरको प्रयोग गरी वैदिक घर निर्माण गर्दा उनीहरुको आर्थिक र मानव स्वास्थ्यमा फाइदा हुन्छ । परापूर्वकालदेखि नै यज्ञ–मण्डप, मन्दिर आदि धार्मिक स्थल तथा घर–घरमा गाईको गोबरको लेप लगाइन्थ्यो । गोबरलाई शुद्ध, पवित्र र शुभ मानिन्थ्यो । यसले दुर्गन्ध, सात्विकता र तेज वृद्धि गर्दछ भन्ने विश्वास पनि गरिन्थ्यो ।
घरमा मानिसको मृत्यु पश्चात् सो ठाउँमा गोबरले लिप्ने गरिन्थ्यो । गरुड पुराणमा उल्लेख भए अनुसार गोबर बिनाको भुइँमा सुत्ने वा मर्ने मानिसमा यक्ष, पिशाच र राक्षस दर्जाका दुष्टहरू प्रवेश गर्छन् । यसको अर्थ ती सबै भगाउने माध्यम नै गोबर हो ।
वैज्ञानिकहरूले गरेको अनुसन्धानको निष्कर्षले पनि यस नेपाली परम्परालाई स्वीकार गरेको देखिन्छ । अनुसन्धानका अनुसार गाईको गोबरमा फस्फोरस पाइन्छ, जसले धेरै संक्रामक रोगका कीटाणुलाई नष्ट गर्छ । मृत शरीरमा धेरै प्रकारका संक्रामक रोगका कीटाणुहरू हुन सक्छन् । त्यसैले नजिकै रहेका मानिसको स्वास्थ्य जोगाउन पनि जमिनमा गाईको गोबर हाल्नु आवश्यक मानिएको थियो
यसको अनुभव संगालेर आएका मेरा मित्र मनोज गुप्ताले मसँगको भेटमा भनें—म भारतको राजस्थान जस्तो गर्मी ठाउँमा एउटै घरमा अलग अलग कोठामा बसेर आएको छु । जुन कोठामा यसको प्रयोग भएको छ त्यसमा एयरकण्डिशनको प्रयोगनै गर्नुपर्दैन भने वैदिक प्लास्टर प्रयोग नगरेको कोठामा एयरकण्डिशनको प्रयोग गर्नुपर्छ ।
इँटा र प्लास्टर मात्र हैन भारतमा खादी भण्डारको नामवाट गाईको गोबर मिश्रण गरी पेन्ट उत्पादन हुने गरेको छ । यसरी हेर्दा गोबरको प्रयोगबाट वैदिक इँटा, वैदिक प्लास्टर, वैदिक पेन्ट, वैदिक कलर समेत उत्पादन हुने रहेछ । यसवाट प्रकृतिलाई बचाउन सहयोग पु¥याएको छ र मानव भविष्यलाई सुरक्षित गरेको छ ।
अर्गानिक उत्पादनमा गोबरको प्रयोग
यसरी गाईका सवै उत्पादनलाई प्रयोग गर्न सक्दा निम्न अनुसारका फाइदा लिन सकिने हुन्छ ।
किसानहरूले कसाईलाई गाई बेच्न बन्द गर्नेछन्। गाईले दूध दिएन भनेपनि गोबर र पिसावले किसानलाई आर्थिक रुपमा लाभ लिन सक्ने गराउने छ । जब एउटा गाईले दैनिक २५ केजी सम्म गोबर दिन्छ त्यसवाट दैनिक एक शय रुपैयाँसम्म लाभ लिन सकिने अवस्था आउनेछ ।
गोबरलाई अर्गानिक खाद्यान्न उत्पादनको मुख्य माध्यम बनाउँदासाथ तिनको हेरचाह बढाउँदै लगिनेछ । यसका लागि रासायनिक मलको प्रयोगलाई नियन्त्रण गर्ने काम गर्नुपर्छ । देशैभरी एकैपटक नहोला प्रादेशिक हिसाबले विस्तारै त्यसो गर्न सकियो भने यसको लाभ अरु तरिकाले पनि लिन सकिने अवस्था आउने छ ।
पूर्वीय सँस्कृतिको अध्ययन बढ्नेछ । अहिले विदेशमा समेत पूर्वीय अध्ययन विक्री हुने अवस्था आइसकेको छ । त्यसभित्र योगा हुन सक्छ, जसले स्वास्थ्यमा सुधार ल्याउन सक्छ । कुरा यति मात्र हैन, गुरुकुल शिक्षाको लाभ लिन विदेशी विद्यार्थीहरु नेपाल आउन सक्ने अवस्था आउँछ ।
No comments:
Post a Comment