डी.आर.घिमिरे
क्वारेन्टाइन भन्दासाथ डराउने र भाग्ने अवस्था सृजना हुँदैछ । यो महामारीवाट वँच्ने सवैभन्दा ठूलो हतियार क्वारेन्टाइन र आइसोलेसन हुन् । यो शब्दको शाब्दिक अर्थ जे भएपनि सामान्यतः अलग वस्नुलाई क्वारेन्टाइन वस्ने भनिन्छ । यसलाई अस्थायी रुपमा आइसोलेसनमा वस्नु भन्दा पनि हुन्छ । कोरोना पोजेटिभ प्रमाणित पश्चात् आइसोलेसनमै वस्नुपर्छ । तर, प्रारम्भिक रुपमा शंका लाग्यो वा कोही वाहिरवाट आयो भने त्यस्तो अवस्थामा क्वारेन्टाइनमा वस्नुपर्छ । सामान्यतः १४ दिन वस्दासम्म कुनै लक्षण देखिएन भने घरमै गएर वस्न सकिन्छ । अथवा यसवीचमा आरडीटी परीक्षण गर्न पनि सकिन्छ ।
जव आरडीटी पोजेटिभ देखिन्छ त्यसपछि उसलाई पीसीआर परीक्षण गर्नुपर्छ र उसलाई आइसोलेसनमा पठाइन्छ । यी सवै प्रक्रिया ठिकै छन् । तर, अहिले ब्यापक आतंक छ । कसैलाई क्वारेन्टाइनमा पठाउन थालेपछि वा आइसोलेसनमा पठाइन थालेपछि त उसको सम्पूर्ण क्षेत्रनै सिल गर्ने भनेर प्रचार गरिन्छ । सिल शब्दले पनि आतंकित वनाएको छ ।
सामान्यतः जो विरामी भएपनि उसलाई भिडभाडवाट अलग राखिन्छ । नगिच जाँदा पनि अरुलाई र विरामीलाई पनि थप असर गर्ला भनेर होसियारी अपनाइन्छ । घर नराख्नुको अर्थ स्वस्थ्य ब्यक्तिमा असर नपरोस् भनेरै हो । यो सामान्य विषय भएर पनि यसलाई असामान्य वनाइएको छ । आखिरी के हो क्वारेन्टाइन् ?
यसको एतिहासिक पक्षलाई हेर्दा महामारीका वखतमा अलग राख्ने भन्नेनै हुँदो रहेछ ।
१६ औं शताब्दीमा ब्रिटेनको एउटा ठुलो जहाजलाई संक्रामक रोग फैलिएको शहरमा नरोकिएपछि त्यहींबाट अंग्रेजीमा क्वारेन्टाइन शब्द प्रचलित भएको भनिन्छ । संक्रामक रोगका कारणलेनै लामो समयसम्म ब्रिटिश जहाजलाई शहरबाट टाढा रखिएको थियो । यसरी टाढा वस्नु वा सुरक्षित वस्नुलाई क्वारेन्टाइन भनिएको छ ।
जहाँसम्म आइसोलेसन पदावलीको कुरा हो यसको अर्थ टापु भनिदो रहेछ । १४२३ औं शताब्दीमा इटालीको भेनिसमा प्लेगका रोगीहरुको उपचारका लागि ठुलो अस्पताल बनाइयो र त्यो अस्पताल एउटा टापुमा बनेकोले त्यहिंबाट आइसोलेसन शब्दको प्रयोग हुन थालेको वताइन्छ ।
यसरी हेर्दा संक्रामक रोगवाट वँच्नका लागि क्वारेन्टाइनमा राखिन्छ भने संक्रमितवाट अरुलाई वँचाउनका लागि आइसोलेसनमा राखिन्छ ।
हामीले क्रियापुत्रीलाई जसरी राखिन्छ त्यो एकप्रकारको आइसोलेसन हो । पहिला पहिला उनीहरुले शौचालय देखि भाँडाकुँडासम्म र पानीको धारासमेत अलग प्रयोग गर्दथे । आजभोलि वाध्यताका कारण एउटै प्रयोग गर्न थालिएको छ ।
अहिले नेपालमा क्वारेन्टाइन र आइसोलेसनकावारेमा धेरै भ्रम उत्पन्न भएका छन् । विरामी हुनु अपराध हैन । तर, सामाजिक सञ्जालमा उठेका विषय हेर्ने हो भने उसलाई ठूलै अपराधी मानिएको हुन्छ । कसैलाई आइसनेलेसनमा लैजाने भनेपछि एम्वुलेन्स लिन आउने, पीपीई लगाएका, शरीर पूरै ढाकिएका नचिनिने ब्यक्ति आएर उठाएर लैजाने चलन छ । घरमा रुवावासी चल्छ । घर, टोल क्षेत्र पूरै सिल गरेको घोषणा गरिन्छ । यसले ऊ पूरै डोमिनेट हुन्छ । हिनतावोध हुन्छ । घरपरिवारलाई भेट गर्न, कुरा गर्न दिइदैन । गाउँनै आतंकित वनाइन्छ ।
रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा जेठ ५ मा एकजना बिरामीमा कोरोना पोजिटिभ देखिएपछि अस्पताल नै ‘सिल’ गरियो ।
१ जेठमा उपचारका लागि काभ्रेको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्यु पश्चात् अस्पताल ‘सिल’ गरियो ।
एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको न्यूरो वार्ड ‘सिल’ गरियो ।
यी सवै प्रतिनिधिमूलक समाचार हुन् ।
वास्तवमा सिल भन्ने पदावलीको प्रयोगनै अनुचित छ । सिलवन्दी भनेको अरु कसैले खोल्न नपाउने हेर्न नपाउने हो । टोलका कुरामात्र हैन अस्पताल पनि सिल गर्ने चलन छ । कोरोना हुँदासाथ यस्तो गर्नुपर्ने हो र ? कोरोना संक्रमितसंग दुरी कायम राखेर वोल्न र हेर्न पनि हुन्छ ।
यस्तो गर्दै जाने हो भने उपचारमा संलग्न स्वास्थ्यकर्मी नै उच्च जोखिममा छन् भन्ने सन्देश जान्छ र उनीहरुका घरपरिवारको दवाव खपि नसक्नु हुन्छ ।
अस्पतालले पनि कुनै एउटा युनिट वन्द गर्न सक्ला तर सवै वन्द गर्नु अनुचितनै हुन्छ । वरु यसको विकल्पमा अस्पताललाई डिसइन्फेक्ट गर्नुपर्ने र स्वास्थ्यकर्मीदेखि अरु कर्मचारीलाई पीपीई प्रयोग गर्ने हो कि ?
यदि यो हावावाट सर्ने हैन । एक दुइ मिटर टाढावाट कुरा गर्दा पनि हुन्छ भने एउटा जागरण ल्याउन आवश्यक छ । अहिलेसम्म कुनै पनि साहित्य, आलेख वा अन्तर्वार्ता कतैपनि उपर्युक्त कुरावाहेक अरु थाहा नपाएकोले अनावश्यक भ्रम सृजना गर्नु अनुचित हुन्छ ।
त्यसैले सेल्फ क्वारेन्टाइन वा सेल्फ आइसोलेसनको प्रक्रियालाई अवलम्वन गर्नु उचितनै हुन्छ । अचम्मको कुरा के छ भने सुत्केरी महिलामा संक्रमण हुनु, तर तिनको दुध चुसेको वच्चामा नदेखिनु, घरको लोग्नेमा देखिनु श्रीमति वा परिवारका अन्य सदस्यलाई नदेखिनु जस्ता उदाहरण त यहाँ भइनै सके । अस्पतालमा विरामी जाँच्ने डाक्टर वा नर्स कसैलाई पनि देखिएको छैन । वरु नेपालमा संक्रमितमध्ये भारतवाटै आएका ९० प्रतिशत हुनु आश्चर्यको कुरा हो ।
वरु सेल्फ क्वारेन्टाइन वा सेल्फ आइसोलेसनमा वस्दा के गर्ने के नगर्ने भनेर प्रचार प्रसार गर्न आवश्यक हुन्छ । केहीलाई छोडेर हाम्रा क्वारेन्टाइनहरु असाध्यै असुरक्षित छन् । न्यूनतम सुविधा पनि छैनन् ।
यही कारणले हुनुपर्छ १० जेठमा रूपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिकाले वडा नंं. ६ हर्दी गाउँमा अवस्थित बोगडी माविमा बनाएको क्वारेन्टाइन भद्रगोल रहेको र मापदण्ड विपरित भनी सात वटा टोलका करिब चारसय जनाले विरोध प्रदर्शन गरे ।
गुनासो के थियो भने क्वारेन्टाइनमा बसेकाहरुका लागि खाना पकाउने १० जना कर्मचारी दिनहुँ घरबाट आउ–जाउ गरे, क्वारेन्टाइनमा पकाएको खाना लिएर गाउँ जाने गरे, र क्वारेन्टाइनमा बसेकाहरुसमेत साँझमा बाहिर निस्केर डुल्ने गरे ।
त्यसो गर्दा गाउँलाइनै खतरा हुने भयो भन्ने चिन्ता स्वभाविकनै हो । क्वारेन्टाइनमा वस्ने र घर आउजाउ गर्ने हो भने त्यसको केनै अर्थ रह्यो ?
कुरा यहाँको मात्र हैन बाँकेको नरैनापुर पनि डर लाग्दो अवस्था छ । यसका ६ वटै वडा भारतसँग जोडिएका छन् । यस गाउँमा भारतको महामारी फैलिएका महाराष्ट्र, दिल्लीबाट आएकाहरू प्रसस्तै छन् । १५ वटा विद्यालयको क्वारेन्टाइनमा भारतबाट आएका ६५१ जना बसिरहेका छन् । टिनको छानामा वस्दा त्यसै पनि विरामी हुने अवस्था छ ।
न्यूनतम मापदण्ड पूरा गर्न नसकिएको गुनासो स्वयं जनप्रतिनिधिहरुको छ । पालिका अध्यक्षले एक अर्थमा हात उठाइसकेको अवस्था छ । पीसीआर परीक्षण गर्न १०÷१२ दिन लाग्नुले त्यही वीचमा संक्रमण हुने अवस्था छ ।
परीक्षण नहोउन्जेल सवै संगै वस्ने हुँदा त्यसैवीचमा संक्रमण हुने सम्भावना वढ्न सक्छ । घरवाट आउँदा स्वस्थ्य आउने र क्वारेन्टाइनमा गएपछि संक्रमण हुनसक्नु भनेको चिन्ताकै कुरा हो । अचम्म के छ भने कतिपय क्वारेन्टाइनमा २८ दिनदेखि मानिसहरू वसेका छन् ।
उक्त पालिकाले हात उठाइसकेको र अझै ४÷५ शय ब्यक्ति भारतवाट आउने भएकोले अव झन् डर लाग्दो अवस्था छ । यति धेरै संख्या भएपनि सो ठाउँमा आइसोलेसन भने छैन ।
त्यसैले अव घरमै क्वारेन्टाइन वा आइसोलेसनमा वस्नुपर्ने वातावरण सृजना गर्नु उचित हुन्छ । उपचारका लागि अस्पतालनै चाहिने भए लैजाने अन्यथा घरमै वसेर उपचार गर्ने विधि वनाइएन भने यो ब्यवहारिक हुँदेन । कुरा यति हो कि विरामीले लापरवाही गर्नुभएन ।
जव पीसीआरवाट पोजेटिभ देखिन्छ त्यसपछि उसलाई सार्वजनिक गर्ने वातावरण वनाउनुपर्छ । यसो गर्दा विरामीमा, घर परिवारलाई र छिमेकी पनि उत्तरदायि हुन्छ । नेपालमा प्रायः लक्षण विनाका विरामी छन् । उनीहरुलाई घरमै उपचार गर्न सकिन्छ । यो प्रक्रिया अमेरीका लगायत बिदेशमा र चीनको उहानमा पनि लागु भइसकेको छ ।
वास्तवमा विरामीमा आत्मवल जगाउने हो भने परिवारका सदस्यसँग निरन्तर कुराकानी गर्ने, समाचारका लागि आधिकारिक सञ्चारमाध्यम पढ्ने, सामाजिक सञ्जालमा आउने भ्रामक समाचार नपढ्नेनै मुख्य काम हो ।
त्यसवाहेक साथीभाइ, नातागोतासँग निरन्तर फोन तथा मेसेजमा कुरा गरिरहने, योग, ध्यान, कसरत दैनिक गर्ने, घरमै छत वा आँगनमा हिंड्डुल गर्ने र स्वच्छ हावा लिने, घरमै बसेर अनलाइनबाट गर्न मिल्ने काम गर्ने, समयलाई सकेसम्म सदुपयोग गर्ने जस्ता काम पनि गर्नुपर्छ ।
यसो गरिएन भने हामीले कोरोनालाई जित्ने छैनौं ।
र अन्तमा अव सवै ब्यक्ति कोरोना मैत्री वनेर आ—आफ्ना काममा लाग्नुको विकल्प छैन । अव घरमै वसेर वा प्रविधिलाई प्रयोगमा ल्याएर कुनै न कुनै ढंगले सक्रिय जीवन ब्यतित गर्नैपर्छ । यसका लागि पनि कोरोनालाई आतंकको विषय वनाइनु हुँदैन । तर, होसियारी भने अपनाउनैपर्छ । खासगरि भारत वा विदेशवाट आउनेहरुको ब्यवस्थापनमा विशेष ध्यान दिने र हरेक नागरिक स्वयं सचेत् हुनेतर्फ आवश्यक अभियान थाल्नुपर्छ । यो काम सामाजिक सस्थाहरुले शुरु गर्नुपर्छ ।
२०७७ जेठ ११

No comments:
Post a Comment