डी.आर.घिमिरे
वैशाख १७ गते वुधवार नेकपाको सचिवालय वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई प्रधानमन्त्रीको रूपमा र माधव नेपाललाई तेश्रो अध्यक्षको रुपमा प्रस्ताव गरेपछि धेरैले नेकपाको संकट टरेको निष्कर्ष निकाले । धेरैलाई लागेको थियो ओली यति सारो गलेर आउने छैनन् । तर, ओलीले अप्रत्याशित रुपमै प्रस्ताव ल्याए । सो प्रस्ताव आउँदासाथ सवैजना अवाक् भए । किं कर्तब्य विमूढ भए । यो पंक्तिकारले नेकपा विग्रह हुनवाट वँचेको आशयसहितको एउटा आलेखनै सार्वजनिक गर्यो ।
वामदेव गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव राख्दा मनमनै असन्तुष्ठि भएपनि त्यस्तो असन्तुष्ठि वाहिर देखिएन । सिस्नाले पोल्यो मनमनै भएछ कि क्या हो रात रहे अग्राख पलाउँछ भनेजस्ते सोही दिनकै रातीदेखि आशंका गर्दै उधारो आश्वासन हुँदैन भन्न थाले । १८ गते विहानका अनलाइन र अखवारमा असन्तुष्ठिका स्वरहरु आए । स्वर आएमात्र हैन त्यसदिन दिनभरी प्रचण्ड, नेपाल र गौतमका निवासमा कतिपय नेताहरु दौडधूप गरे र ओलीको भर नपर्न अनुनय विनय गरे ।
सचिवालयको वैठकमा ओलीले वामदेव गौतमलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको समाचार सार्वजनिक भएपछि नयाँनयाँ कार्डहरु पटाक्षेप हुँदै गए ।
त्यसपछि दिनभरी हरेक अनलाइनका आ—आफ्नै विष्लेषण आए । हरेक ब्यक्तिका आफ्नै धारणा आए । कसैले ‘नयाँ कार्ड’ को संज्ञा दिए । कसैले ‘टाइम बाइ’ गर्न र केही समय सत्ता लम्ब्याउन ल्याएको प्रस्ताव भने । कसैले कुटील चाल भने ।
कसैकसैले त ओली को हो ? उसले दिने र अरुले लिने भनेर पनि भन्न भ्याए । यस्तै यस्तै गरेर अत्तो थाप्नेहरुले थापिरहे । आखिरी प्रस्ताव त कसैले राख्नुपर्दो हो । त्यो पनि अध्यक्षले प्रस्ताव नगर्ने हो भने कसले गर्ने ?
विडम्वना के छ भने १७ गतेको प्रधानमन्त्रीको प्रस्तावले दुवै पक्षका कतिपय नेतालाई १०४ डिग्रीको ज्वरो आएको छ । उनीहरुलाई यो प्रस्ताव कतै कार्यान्वयन भइहाल्छ कि भन्ने पिरलो छ । र वास्तवमा तीनै ज्वरो आउनेहरुलेनै एकीकृत पार्टी रहन दिन्नन् कि भन्ने आशंका वढ्दै गएको छ ।
हिजो बिहीबार खुमलटारस्थित प्रचण्ड निवास पुगेर स्थायी समिति सदस्यहरु भिम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, मातृका यादव, हरिबोल गजुरेल र केही केन्द्रीय सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा सम्बन्धी शर्तबाट दायाँबायाँ नगर्न सुझाव दिएर फर्के ।
उनीहरुले त्यति मात्र गरेनन् उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैसेपाटी गए र अडानमा वस्न आग्रह गरे ।
त्यसवाहेक वरिष्ठ नेता माधव नेपाललाई पनि भेट गरेर तेश्रो अध्यक्ष अस्वीकार गर्न दवाव दिए ।
यसैवीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ माधव नेपाललाई तेश्रो अध्यक्ष बनाउन पनि नसकिने अभिब्यक्ति दिदै हिडे । उनी वामदेव गौतमलाई प्रधानमन्त्री वनाउने प्रधानमन्त्रीको प्रस्तावलाई पनि अनुचित सम्झन्छन् ।
उता सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले एउटा सञ्चारमाध्यमलाई अन्तरवार्ता दिंदै भने—मलाई प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ भन्ने लाग्दैन । त्यतातिर अहिले नसोच्दा हुन्छ ।
वास्तवमा यस्तै यस्तै कुराले भएका सहमति पनि लागु हुन्छन् कि हुँदैनन् भन्ने आशंका उत्पन्न गराएको छ । यो वेलामा धैर्य भएर संयमतापूर्वक वस्ने हो । अनावश्यक गफ गरेर समस्या सृजना गर्ने हैन ।
निश्चयनै अहिले नेकपाको राजनीति ओली, प्रचण्ड, नेपाल र गौतमका वरिपरि घुमेको छ । यी नेताहरुले कतै सहमति कायम गर्छन् कि भनेर दोश्रो तेश्रो पुस्ता चिन्तित हो कि ? घटनाले त्यस्तै वताइरहेको छ ।
एकातिर प्रणाली वसाल्ने कुरा छ । त्यो गर्ने हो भने प्रणालीको कुरा गर्ने कि राजीनामाको ? के राजीनामानै प्रणाली वसाल्ने एकमात्र सूत्र हो ? प्रणालीको कुरा वसाल्ने हो भने वूँदागत रुपमा यसो गर्दा प्रणाली वस्छ भन्ने कि एकोहोरो राजीनामाको कुरा गरिरहने ?
हो यसमा विश्वासको संकट छ भन्न सकिन्छ । त्यो हो भने विश्वासको वातावरण कसरी सृजना हुन्छ ? त्यसको विधि के हुन सक्छ ? त्यसतर्फ सोंच्न सकिन्छ । पृथ्वी र कर्ण थापाहरुलेनै अविश्वास सृजना गर्छन् भने त्यसलाई चिर्ने संयन्त्र वनाएर जाऔं भन्ने कि सहमतिनै नगर भन्ने ? वडो गंभीर प्रश्न उठेको छ ।
उपर्युक्त घटनाक्रमले कार्यकर्ताहरुमा वेचैनी उत्पन्न भएको छ । एकथरी नेताहरु टेलिभिजनमा गएर मच्चिइ मच्चिइ वोल्दा कार्यकर्ताहरु धुरु धुरु रुँदैछन् । यस्तो वेलामा पनि संयमता गुमाएर एकले अर्काको उछितो काढ्दैछन् । उनीहरुले सोंच्नुपर्छ चुनावको वेलामा घामपसिना नभनेर टाउकोमा कफन वाँधेर मैदानमा जाने योद्वाहरुको चित्त दुःखाएर किमार्थ सत्ता प्राप्ति हुँदैन । त्यसैले वडो सुझवुझपूर्ण तरिकाले कदम चालियोस् ।
यहाँनिर हेक्का राख्नुपर्छ, दुइवटा पार्टी एकीकरण गरेर पनि एकीकरण प्रक्रियालाई समयमै पूरा गर्न नसक्नुले पार्टी तलैसम्म एक हुन सकेको छैन । एउटा पार्टीमा दुइवटा मनोविज्ञानले काम गरेको छ । नेतृत्व तहमा पनि त्यस्तै मनोविज्ञान छ । खासगरि सहमतिमा नेतृत्व वनाउँदै जाने कुराले एकथरि एमालेहरु कहिल्यै मौका आउँदैन कि भन्ने त्रासमा छन् होला । किनकि उनीहरुमा एउटा मनोविज्ञान के थियो भने एकपटक चुनाव हारेपनि फेरि जित्न सकिन्छ । तर, अव त्यो प्रक्रियानै अवरुद्व भएको छ ।
माओवादी मनोविज्ञान फरक छ । उनीहरुमा नेतामुखी प्रवृत्ति पहिलेवाटै छ । तदर्थवादमा चलेको पार्टी फरक ढंगले चल्दा असुरक्षित भइने हो कि भन्ने त्रास शायद उनीहरुमा छ । यद्यपि त्यही भित्र पनि लोकतान्त्रिक प्रक्रिया नभएको र कार्यकर्ताले चुन्ने चुनिने अवस्था नरहेकोले वर्षौसम्म दुःख पीडा सहेर पनि चित्त वुझाएको ठूलो पंक्ति छ ।
यो मनोविज्ञानको समाधान के हुन सक्छ भनेर सिद्वान्तका कुरा गरेर हुँदैन । सर्वमान्य सांगठनिक पद्वतिको विकास गर्नुपर्छ र मात्र समाधान हुन्छ ।
यसवाहेक पार्टी निर्माणको अर्को एउटा मनोविज्ञान छ । तत्कालीन एमाले पार्टी कार्यकर्ताले वनाएको र वँचाएको पार्टी हो भने माओवादी केन्द्र मुलतः नेताले वनाएको र वँचाएको पार्टी हो । एमाले तलवाट वनेको हो भने माओवादी माथिवाट । यसको अन्तरघुलन जति हुन पर्दथ्यो त्यति हुन सकेको छैन ।
त्यसैले पार्टी संकटमा पर्दा कार्यकर्तालेनै वँचाउने हो । मैले जानेवुझेसम्म अहिले कार्यकर्ता चूप लागेर वस्ने वेला हैन । देशैभरीवाट विभिन्न कमिटीहरुले आकस्मिक वैठक वसेर पार्टी एक नभए साथ दिदैनौ भन्ने धम्कीपूर्ण स्वर निकालेर केन्द्रमा पुर्याउनुपर्छ ।
त्यस अघि निम्नलिखित केही प्रश्न र जिज्ञासाको उत्तर आफैभित्र खोज्नुपर्छ ।
जानेर वा नजानेर अहिले भइरहेका गतिविधिले स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भएको छ । यसो गरेर हाम्रो राजनीतिक भविष्य सुरक्षित हुनेछैन । त्यतिमात्र हैन कम्युनिष्ट पार्टीले यसको कलंक ब्यहोर्नुपर्नेछ । यो कलंकको टिका ओली, प्रचण्ड, नेपाल, गौतममध्ये कुनै एकजनाले हैन सवैले लगाउनु पर्नेछ ।
अहिले जे भइरहेको छ । यसले नेकपाको सुदुर भविष्यसम्म प्रभाव पार्ने देखिन्छ । यदि दुई तिहाईको जनमत टुटाएर र फुटाएर जाने हो भने र कहीँ कतै सम्झौता नगर्ने अडान राख्ने हो भने यो पुस्ताले फेरि सत्ताको स्वाद चाख्न पाउने छैन । इतिहासलाई सरापेर वस्नेवाहेक अरु उपाय हुने छैन । ७० वर्ष कटेका वुढा नेताहरुलाई यसले जति असर गर्ला त्यो भन्दा धेरै असर युवाहरुलाईनै गर्नेछ । अर्थात उहाँहरुको भविष्य समाप्त भएर जानेछ ।
ओलीलाई राजीनामा गराउनु पर्छ भन्ने भैँसेपाटी गठबन्धनको मुख्य माग थियो । ओलीले राजीनामा गर्छु, गौतमलाई प्रधानमन्त्री बनाऔं भनेपछि के प्रचण्ड नेपाललाई धर्मसंकट परेको हो ? कतिपयले सामाजिक सञ्जालमार्फत् ओली पछि प्रचण्ड प्रधानमन्त्री वन्ने कुरा थियो भने वामदेवको प्रस्ताव किन भनेर खवरदारी पनि गरेका छन् । कतै प्रचण्डको आन्तर्यमा यो कुरा लुकेर वसेको त छैन ? प्रश्न उठेको छ । यो हो नै भनेपनि कुरा प्रस्टाप्रस्टी आउनु उपयुक्त हुन्छ ।
वामदेवलाई प्रधानमन्त्री हुनका लागि आवश्यक तयारी गर्नुपर्छ । त्यो तयारी गरुन्जेल ओलीको किन विश्वास गर्ने भनेर वामदेवलाई उचाल्ने र त्यतिन्जेल अरु कोही प्रचण्ड वा नेपाल प्रधानमन्त्री भइहाल्ने तयारी भइरहेको अनुमान गर्न सकिन्छ । यस्तो निकृष्ट अविश्वास गरेर जानुभन्दा यही कुरालाई वैठकमा फरक ढंगले राखेर विश्वासको वातावरण वनाउने अरु केही विकल्प सुझाउन सकिदैनथ्यो र ?
दोश्रो तेश्रो पुस्ताका नेताहरु ओली, प्रचण्ड, नेपाल र गौतमको ढोका चाहार्नुको साटो उहाँहरु सवैलाई सम्मानित नेता भएर वस्न अनुरोध गरेको भए नेपालको राजनीतिले फरक कोर्स लिन सक्थ्यो कि ? त्यस अर्थमा यो घटनालाई अवसरका रुपमा लिन किन सक्दैनन् ? यति गर्न सकेको भए नेपाली जनतामा पनि एक खालको विश्वास पैदा हुन सक्थ्यो । उल्टै एक अर्कामा विश्वासको वातावरण वन्न पनि नदिने खेती गरेर विचौलियाजस्तो भएर प्रस्तुत हुँदा उहाँहरुको गरिमा माथि उठेको छैन ।
२०७७ वैशाख १९

No comments:
Post a Comment