डी.आर. घिमिरे
नेपालमा पहिलोपटक यही श्रावण १९ र २० गते बुटवलमा धर्म, ज्योतिष तथा वास्तु सम्मेलन गरिएको छ । ज्योतिष जनार्दन न्यौपानेको नेतृत्वमा सम्पन्न उक्त सम्मेलनको दोश्रो दिन यो पंक्तिकार सहभागी थियो । पहिलो दिन अनुपस्थित रहेपनि दोश्रो दिन पुरै दिनभर वसेर यसवारेमा बुझ्ने, सिक्ने र जान्ने अवसर प्राप्त भएकोमा आयोजकप्रति आभारी छु । यो मेरो रुचिको विषय नभएपनि यसवारे जिज्ञासा मेट्नका लागि सहभागी हुन आवश्यक हुन्थ्यो ।
दोश्रो दिनको कार्यक्रम खासमा वास्तुसंग सम्वन्धित भएपनि अन्य कतिपय विषयमा राखिएका प्रवचन ज्ञानवद्र्घक थिए । सामान्यतः घर वा भवन वनाउँदा भरसक वास्तु मिलाउनु पर्छ भन्ने गरिन्छ । यस अर्थमा यो हरेकले जान्न र वुझ्न पर्ने विषय पनि हो ।
घर वनाउँदा वास्तु मिलाउने भनेर भनिएपनि वास्तविक रुपमा मिलाउन कठिन छ । सीमित जग्गामा घर वनाउनेलाई अझ वढी समस्या हुनेनै भयो । तैपनि यसका जानकारहरुले धेरै हदसम्म मिलाउने प्रयत्न गर्छन् । ज्योतिष तथा वास्तु सम्मेलन भएकोले मलाई पनि यसवारे जिज्ञासा थियो । संयोग नेपालकै सुप्रसिद्घ वास्तुविद् प्रा.डा. माधव मंगल जोशी श्रोत व्यक्तिका रुपमा हुनुहुन्थ्यो । एकजना प्राज्ञिक ब्यक्तिसमेत भएकोले उहाँका विचारमा तर्क हुनेनै भए ।
मेरो आफ्नो कुरा गर्दा घर वनाउँदा त्यसप्रति कुनै वास्ता गरिएन । जे मिलेको होला त्यो संयोग हो । तर जोशीको कुरा सुन्दा भरसक मिलाएरै वनाए उचित हुने रहेछ भन्ने लाग्यो । ज्योतिष र वास्तु विज्ञानसम्मत भएकोले आजभोलि पश्चिमी मुलुकमा पनि यसको अध्ययन गर्ने गरिन्छ । डा. माधव मंगल जोशी एकजना तथ्यांक शाष्त्री हुन् । नेपाल सरकारको जागीरे हुँदा तथ्यांकमा हुने तोडमोडले दिक्क लागेर नयाँ पेशामा लागेका उहाँ नेपालको सुप्रसिद्घ वास्तुविद् हुनुहुन्छ ।
राजज्योतिष दीब्य मंगल जोशीका सुपुत्र जोशीको पारिवारिक वातावरण पनि त्यस्तै थियो । उहाँका वुवाहरु तीन भाई थिए । जेठो वुवा र कान्छो वुवाका परिवारनै एकपछि अर्को पेटको क्यान्सर भएर दुःखद निधन भएको थियो । एकपछि अर्को मृत्यु हुँदै जाँदा जेठी आमाहरु चार जनासम्म भए र उनीहरु सवै र कान्छो वुवा, आमा, दुई जना दिदी, दुई दाजु सवै जनाको क्यान्सरकै कारण मृत्यु भयो । यस पछि अनुसन्धान गर्दा ९४ प्रतिशतले वास्तु नमिलेरै दुःख पाएको निष्कर्षमा पुगें ।
रोचक कथा दरवार काण्डसंग पनि जोडिएको छ । उहाँ आफैले दरवारमा तीन पटक विन्तीपत्र चढाएर मुल गेटको दक्षिणी भागलाई सुधार्ने सुझाव दिनुभएको रहहेछ । दोहोरो सडक तर, एकातिर वन्द रहेको अर्थात् टी आकारको वाटोलाई फेर्नुपर्ने उहाँको सल्लाह रहेछ । यस्तोमा दोव्वर फोर्स हुने भएकोले घटना हुने सम्भावना वढ्दो रहेछ । त्यसैले कुनै पनि घरको ढोकामा वाटो नटुंगिनु खराव हुने निष्कर्ष उहाँको रहेछ ।
राजज्योतिष दीब्य मंगल जोशीले दीपेन्द्र शाहको जन्म भएकै दिन एकदमै खरावमा समयमा जन्म भएकोले राजवंशनै नाश हुनसक्ने भनेर भनेवापत जागीर छोड्नुपरेको तीतो यथार्थ पनि रहेछ । तथापि ६ महिना पछि एक तह प्रमोशन गरेर पुःन राखेको अवस्थालाई पनि माधव मंगल जोशीले स्मरण गर्नुभयो । राजज्योतिष र राजाकावीच भएको कुराकानी सुनेको भनेर मैले देखेको दरवारमा विवेक शाहले उल्लेख गरेका छन् ।
वास्तु शास्त्र भन्दासाथ घर, भवन अथवा मन्दिर निर्माण गर्ने प्राचीन विज्ञान हो । यसलाई हाम्रो मौलिक विज्ञान भन्दा हुन्छ । जसलाई आधुनिक समयमा आर्किटेक्चर भनिन्छ । जीवनमा दैनिक उपयोगमा आउने वस्तुलाई कसरी राख्ने भन्ने कुरानै वास्तु हो । यसरी वस्तु शब्दबाट वास्तुको निर्माण भएको पाइन्छ ।
वास्तु भित्र केवल घर वनाउने विषय मात्र हैन, भित्र राख्ने सवै सामानको पनि कुरा आउँछ । यसमा कुन सामान कसरी कता राख्ने भनेर पनि चर्चा गरिएको पाइन्छ । वास्तु शास्त्रका प्रणेता ऋषि मामुनि माया हुन् । जो विश्वकर्माको नामबाट चिनिन्छ भने यसको प्रयोग ज्यामितीय हिसावले गरिन्छ । त्रिकोण मिलाएर मात्र यसको प्रयोग गरिएको हुन्छ ।
पहिलाजस्तो पात्रो हेरे मात्र हैन अहिले प्रविधिको प्रयोगबाट विश्वासिलो र भरोसायोग्य वनाउने गरिन्छ । डा.जोशीले ल्याएका कतिपय सामाग्रीवाट त्यस्तो जान्न सकिने विश्वास लाग्यो । उहाँले तामाको एकप्रकारको सुइरो (L Rod dowsing) वाट मान्छेको शक्ति पनि पत्ता लगाएर देखाउनुभएको थियो ।
औरामिटर अर्थात् मानिसको तेजपना पत्ता लगाउने इलेक्टोम्याग्नेटिक फिल्ड (EMF) वाट पनि धेरै विषय थाहा हुने रहेछ । यसबाट घर घडेरीको तलपट्टी नाग वा अरु जीवित प्राणी छन् छैनन् भनेर पनि सहजै थाहा हुने रहेछ । प्रविधिले खानी, तेल, युरेनियम त पत्ता लाग्छ भने अरु कुरा पत्ता नलाग्ने कुरै भएन । यो विज्ञानसम्मत कुरानै हो ।
यसवाहेक घरका कुना कुनामा मेसिनले हेरेर पनि त्यो घर कति खतरा छ भनेर पत्ता लगाउन सकिने नै भयो । यसलाई जोशीले व्यावहारिक प्रयोगबाटै देखाएर विश्वास जगाउन खोज्नुभयो । यहाँ सम्म कि घरमा भुतसमेत रहे नरहेको भनेर पत्ता लगाउन सकिने दृढ विश्वास उहाँमा थियो । कतिपय घरहरु कैयौं वर्षसम्म प्रयोगमा नआउने आइहाले पनि टिकाउ नहुनेजस्ता समस्याहरु शायद यस्तै कारणले हो कि ? मैले एकपटक काठमाण्डौको व्यस्त सहरमा पनि रित्तै घर भेटाएको थिएँ र त्यहाँ कोही नवस्ने गरेको वताएका थिए ।
यद्यपि सवै कुरा वास्तुमा भर पर्न सकिदैन । जोशीको भनाइमा पनि भाग्य, कर्म र वास्तुलाई तीन भागमा राखेर हेर्न सकिने र त्यसो गर्दा दुई तिहाई अर्थात् कर्म र वास्तुको अंशवाट समस्याको समाधान गर्न सकिने बताउनुभयो ।
करिव तीन घण्टाको प्रशिक्षणमुलक उहाँको प्रवचन धेरैका लागि असाध्यै रुचिकर देखियो । प्रायः ज्योतिषहरुनै रहेकोले उनीहरुसंग यस्ता जिज्ञासा आइरहने भएकोले पनि शायद ज्ञानवद्र्घक र आवश्यक भएर होला ।
उहाँले भनेका सवै कुरा यस लेखमा उल्लेख गर्नु सम्भव छैन । तर, सामान्यतः कतिपय विषय सवैले जान्नैपर्ने पनि रहेछन् जस्तो लाग्यो मलाई । जस्तो कि–
घडेरीको उत्तर पूर्वी कुना (इसान कोण)को क्षेत्र ज्यादै राम्रो मानिने रहेछ । घडेरी वनाउँदा चारैतिर वरावर भएको जग्गा भए असाध्यै उत्तम । यसको अर्थ चारैतिर नमिले पनि उत्तर पूर्वको कुनोमा घर वनाएमा सवै प्रकारका दुःखकष्ट निवारण हुने, आर्थिक आर्जन हुन सक्ने आदि रहेछ ।
घरको उत्तर पूर्वी कुनो असाध्यै महत्वपूर्ण हुनुको कारण त्यस कुनावाट इनर्जी आउने भएकोले हो । त्यस्तो इनर्जी आउने ढोकामा फोहोर आदि राख्न भएन । शौचालय, सेफ्टी टैंक अथवा फोहर राख्ने गरिएको छ भनेपनि त्यसो गर्नु भएन । त्यस कोठालाई पूजाआजा गर्ने कोठा बनाउँदा उत्तम हुने रहेछ । शौचालय, सेफ्टी टैंक उत्तर पश्चिम वनाउँदा राम्रो मानिने रहेछ । यसवारे उहाँले एउटा अनुसन्धानकै प्रसंग पनि ल्याउनु भएको थियो । क्यान्सर रोगवाट पीडित १०४ घरमध्ये ९४ घरमा शौचालयको वास्तु मिलेको थिएन । स्वयं उहाँको आफ्नै परिवारमा पनि यस्तो दुःखद घटना भएको रहेछ ।
यस कुनामा सम्भव भएसम्म भर्या¨ वा सिढी पनि नबनाउन सल्लाह दिइने रहेछ । ती सवैले इनर्जीलाई सहज ढंगले आउन वाधा पर्ने तर्क रहेछ । यदि घर वनिसकेको अवस्थामा यसको उपचार गर्न पनि सम्भव रहेछ । उहाँको भनाई थियो– जसरी मानिसको होल वडी जाँच गरेर रोग पत्ता लगाई उपचार गरिन्छ त्यसरीनै घरको जाँच भनेको वास्तु हेर्नु हो । त्यसैले सिंढी वा भर्या¨ मिलेन भने सिंढीको प्रत्येक स्टेपमा क्रिस्टलको पिरामिड राखेर नकारात्मक उर्जालाई शोषण गर्नसक्ने वनाउन सकिने रहेछ ।
भर्या¨को एकातिरको कुनामा पानीको फोहरा राखेर पनि उपचार गर्न सकिने भनाई जोशीको थियो ।
दक्षिण पश्चिममा इनार वा खाल्डो खनेर पानी जम्ने ठाउँ वनाउनु भएन । जोशीले एउटा रोचक उदाहरण प्रस्तुत गर्दै भन्नुभयो– काठमाण्डौमा एकजनाको बच्चा वेहोस भयो । उसको चिनामा कुनै प्रभाव देखिएन । चिकित्सकले पनि रोग नभएको वताए । अनि घरको दक्षिणमा इनार वा खाल्डो छ कि भनेर सोध्दा इनार खनेको पाइयो । तत्काल गएर इनार पुर्ने सल्लाह दिएपछि उनले त्यसै गरे । जसको परिणाम वच्चाको होस आयो र ऊ स्वस्थ्य भयो । यसको दुष्परिणाम ऋण लागेर आत्महत्या गर्ने वा दुर्घटना हुने सम्भावना पनि हुने रहेछ ।
घरको ढोका कहाँ राख्ने ? यसको सिधा जवाफ घरको वीचबाट दायाँतिर ढोका राख्ने । तर कुनामा नराख्ने । सुत्ने कोठामा ढोकाको आवाज आउँछ भने त्यो पनि खराव रहेछ । त्यसलाई ग्रीस वा तेल हालेर पनि आवाज वन्द गर्नुपर्ने सल्लाह उहाँको थियो ।
त्यस्तै जोशीले जोड दिएरै भने–दक्षिण पश्चिम कुनामा पानी टैंक नराख्ने । भान्सा कोठा दक्षिण पूर्व कुनामा वनाउनु ठिक हो । त्यसो गर्न सम्भव नभए उत्तर पश्चिम गराउन सकिन्छ । उत्तर पश्चिमको भान्सामा पाहुना धेरै आउने गर्दा रहेछन् । खाना पकाउँदा पूर्व फर्केर पकाउने अन्यथा उत्तर दक्षिण फर्कन सकिन्छ । तर, पश्चिम फर्केर पकाउनु भएन ।
छिटो फाल्नुपर्ने सामान छ भने त्यसलाई दक्षिण पश्चिम नराख्ने । धन वा गरगहना भने राख्न सकिने भयो । काम गर्ने कागजहरु अदालती झमेला वा बिक्री गर्नुपर्ने जग्गा छ भने त्यसको पूर्जा उत्तर पश्चिम राख्दा छिटो विक्री हुन सक्ने आदि पनि हुँदो रहेछ । किनकि यी चिज जति रहेपनि भयो । श्रीमान् श्रीमति सुत्ने कोठा उत्तर पूर्व नराख्ने । यसो गर्दा धेरैको स्वास्थ्य समस्या वा सम्वन्ध विच्छेद भएको रहेछ । दक्षिण पश्चिमको कोठामा सुत्दा भने सम्वन्ध वढ्ने रहेछ । उत्तर पूर्वमा वुढावुढी नसुतेको राम्रो मानिने रहेछ । यस्ता कोठामा चिसो रोग लाग्ने सम्भावना पनि धेरै हुने रहेछ । तर अध्ययन कक्ष भने वनाउन सकिन्छ । जसले दिमागलाई रचनात्मक र सृजनशील वनाउँछ । उत्तर पश्चिमको कोठामा अध्ययन गर्दा मनमा असान्ति हुने रहेछ ।
यस्ता धेरै कुराहरु छन् जसलाई यो सानो लेखमा उल्लेख गरेर सम्भव छैन । खासमा यस आलेखले यसप्रति सम्वेदनशीलता बढाउने मात्र हो । चाइना, बृटेन, अमेरिकातिर पनि यसको प्रयोग वढ्दो छ । उहाँ स्वयं विभिन्न देशमा कक्षा लिन जानुहुन्छ । उनीहरु वास्तु भन्दैनन् । लाइफ फोर्स इनर्जी भन्छन् । जोशी स्वयंले यो प्रविधि बेलायतबाट सिक्नुभएको हो ।
उक्त कार्यक्रममा पञ्चगब्य विशेषज्ञ बाबा योगिराजले पञ्चगब्यको महत्ववारे बताउनुभयो । छोंटो समयमा उहाँले गाईको मासु खाने चन्द्रमामा पुगे, मुत खाने जहाँको तही भनेर कुनैवेला डा. बाबुराम भट्टराइले भनेको कुरालाई खण्डन गर्दै पञ्चगब्यको माध्यमबाट आफुले करिव १ शय जना अस्पतालवाट फर्केका क्यान्सरका विरामीलाई उपचार गरिरहेको वताउनुभयो ।
उहाँको भनाई थियो– गौमुत्र अमृत हो । ऋषिहरू वैज्ञानिक हुन् । आज गाईको मासु खाने चन्द्रमामा पुगे मुत खाने भनेर खिसीट्युरी गरिन्छ । तर हामीले क्यान्सर निको गराएका छौ । प्रमाण चाहिए आउनुहोला । पञ्चगब्य वनाउँदा विधि नपुगेकोले कहिलेकाँही काम गर्न नसकेको दावी उहाँको छ । उहाँले ज्योतिषहरुलाई पनि अनुशासनमा रहेर काम गर्न अनुरोध गर्दै सस्कार र सस्कृति सुधार्न आफैबाट शुरु गर्न आग्रह गर्नुभयो ।
एकजना युवा ज्योतिष हरिहर अधिकारीको तर्क पनि बेजोड थियो । उहाँले कतिपय अनुसन्धानमा आधारित तथ्य प्रस्तुत गर्नुभयो । यज्ञमा जौ, तिल, घीउ आदिको होम किन ? भन्ने प्रश्न गर्दै जवाफ पनि आफैले दिदै भन्नुभयो– यसबाट निस्कने ताप र रापले उत्पादन गर्ने ईथोलिन र प्रोपोलन नामक रसायनले २७ दिनसम्म १०० मिटर वरपरको दुषित फ्याक्छ । भारत भोपालमा भएको चेर्नोविल दुर्घटनामा योगी नरहरिनाथको सल्लाह अनुसार होम गरिएको स्मरण पनि उहाँले गराउनुभयो ।
धार्मिक रुपमा दैनिक सन्ध्यामा वालिने दियोले अल्ट्राभ्वाईलेटलाई रोक्ने उहाँको तर्क थियो । आमालाई शक्तिपिठ भनेर पूजा गर्नुको कारणवारे उहाँको भनाई थियो– मानिसको शरीरमा हुने माता पिताबाट आउने ४६ क्रोमोजममध्ये पिताबाट आउने २३ क्रोमोजम नष्ट भएर जाने र आमाबाट उत्पन्न हुने क्रोमोजनले मात्र बँचाउने भएकोले आमाबाट शक्ति प्राप्त हुने र त्यसैलाई शक्ति पिठ भनेर मानिन्छ ।
नक्षत्रवाटिका अध्येता अर्जुन भुषालले नक्षत्रवाटिकाको औचित्यवारे तथ्यमूलक ढंगले प्रामाणिक दस्तावेज प्रस्तुत गर्नुभयो ।
शालिग्राम विशेषज्ञ डा नारायण तिमिल्सिनाले शालिग्रामको जिवाष्म रहेको काली गण्डकीको महत्ववारे जानकारी गराउनुभएको थियो ।
प्राध्यापक द्घय लक्ष्मी प्रसाद बराल र दीनानाथले जन्मकुण्डलीमा विदेश यात्राको अध्ययनसम्वन्धी विषयमा शाष्त्रिय पक्षवारे चर्चा गर्दै जन्मकुण्डलीवाट भुत, भविष्य र वर्तमानवारे जानकारी लिन सकिनेवारेमा विस्तृत अवधारणा प्रस्तुत गर्नुभयो ।
दियो वाल्नै जान्दैन । खराव चिज छ काम नभएको केही छ भने । कार्मिक इस्यु । आफैले गरेको गल्तीबाट अर्ध चेतन मनले चलाइरहेको हुन्छ । माइण्ड जति फ्रेस हुनुपर्ने भएको हुन्न । त्यास्तोलाई निकालेर भस्म गर्न सकिन्छ । दियो वाल्नु अघि ढोगर आज्ञा चक्र जहाँवाट इनर्जी आउँछ र जान्छ पनि । मस्तिष्कको द्यार । टिका लगाृनुको अर्थ वाहिरकबो नेगेटिभलाई हटाउने रक्षा कवच हो । वच्चालाई काले टिका लगाउने पनि त्यही हो ।
२०८० श्रावण २२
No comments:
Post a Comment