• Breaking News

    डिजिटल सहर बैंगलोर र श्रृंगेरी मठ चाहार्दा

    डी.आर. घिमिरे


    २०८१ चैत्र १४ देखि १७ गतेः

    गौतमवुद्व विमानस्थलमा काठमाण्डौबाट आउँदै गरेका भेषवहादुर थापा र नवीन दाहाललाई गाडीमा चढाएर सोझै सुनौलीतर्फ सोझियौं । बुटवलबाट उमलाल वन्जाडेसहित हामी विमानस्थलमा पुगेका थियौं । चर्को गर्मी भएपनि (२०८१ चैत्र १४ गते) गोरखपुर ४ बजे पुग्नुपर्ने थियो । हामीहरुले सुनौलीमा एउटा कार रिजर्व गरेर यात्रा शेरु गर्यौं । 

    गोरखपुरबाट बैंगलोरका लागि ५.३५ को उडान भए पनि ६.२५ जहाजले उडान भर्यो । २ घण्टा २५ मिनेटको यात्रा ढिलो भएन । तोकिएकै समयमा पुग्यौ । हामीलाई लिन आएका थिए कुमार राव, जो एक हिसावले हाम्रा मध्यस्तकर्ता थिए । अर्को अर्थमा हामी उहाँहरूकै पाहुना थियौ । बैंगलोरबाट करिव ३०० किमि टाढा श्रृंगेरीमा रहेको श्रृंगेरी मठ शंकराचार्यले स्थापना गरेका चार मठमध्येको एउटा मठ थियो । 

    यो हाम्रो तीर्थाटन मात्र थिएन । पहिलोपटक गएकोले केही कौतुहलता पनि थियो । वैंगलोर भारतको प्रसिद्ध डिजिटल सिटी हो । जहाँ धेरै नेपाली विद्यार्थी ईन्जिनियरिङ्, सूचना प्रविधि र नर्सिङ् अध्ययनका लागि जाने गर्छन् ।

    राती १० बजे विमानस्थलबाट बाहिर निस्क्यौ । पहिलेनै बुकिङ् गरिएको गेष्ट हाउसमा जानुपर्ने थियो । त्यसैवीचमा वाटोमै खाना खानु पर्ने थियो । हामीलाई कुमारले यहाँको चर्चित दी रामेश्वरम् क्याफेमा लगे । करिव ११ वजेतिर असाध्यै भिडभाड थियो । पहिलेनै पूर्जी काटेर लाइनमा बसेर खाना लिनुपर्ने र उभिएरै खानुपर्ने रहेछ । राती २ वजेसम्म चल्ने सो होटल साकाहारी थियो र त्यहाँको प्रमुख खाना मसाला डोसा, थरी थरीका इडली, मसुरो वा उडदको दालबाट बनाइएको साम्भार । यस्तै यस्तै । स्वास्थ्यवद्र्वक परिकारका साथ नारिवलको चट्नी । यहाँको रवा इडली जो सूजी (रवा) बाट बनाइने दक्षिण भारतका अन्य भागकोभन्दा भिन्न स्वादको हुने रहेछ । मिठै मानेर खायौं ।

    त्यसोत यहाँको प्रसिद्व खाजा चामल, दाल, तरकारी, र मसलाहरू मिसाएर बनाइएको गरम झोलिलो  बिसी बेले बाथ पनि हो । तर हामीले खाएनौं । शाब्दिक रुपमा “बिसी“ भनेको “तातो“, “बेले“ भनेको “दाल“, “बाथ“ भनेको “चामल“ रहेछ ।

    पाँचवटा शाखा रहेको यो क्याफेमा दैनिक १० हजारभन्दा वढीले खाना खान्छन् भन्दा आश्चर्य लाग्यो । शायद यसैले होला यस शाखाको दैनिक कारोवार मात्र करिव ३० लाख पुग्दो रहेछ । खाना पछि हामी गेष्ट हाउसमा गएर आराम गर्यौं ।

    दोश्रो दिन बिहान साढे ८ वजे तयार हुन भनेका थिए कुमारले । सहरबाट केही टाढा विद्युतीय गाडी निर्माण गर्ने स्थानको अवलोकन र सोही ठाउँमा खाना खाने योजना रहेछ । विभिन्न किसिमका ठूला साना वसहरु बन्ने सो उद्योग सन् २०१२ देखि शुरू भएको रहेछ । त्यस्का कार्यकारी प्रमुखले भारतमा पहिलोपटक विद्युतीय गाडी बनाएकोमा गर्व गरे । उनी बडो भलाद्मी, सरल र मिजाशिला थिए । उनैले हामीलाई खाना खुवाए । जहाँ ६ शय जनाले दैनिक खाँदा रहेछन् । तर उनले सवै स्टाफलाई खुवाएर मात्र खाँने गर्दा रहेछन् । उनको समाजवादी सस्कार देखेर म छक्कै परें । 

    दुई चार वटा गीर गाई पालेका थिए । गीर गाई आयुर्वेदीय महत्व मैले वुझेकोले गाईको फोटो लियौं । खुशी लाग्यो । 

    उनका थरीथरीका वस देखेर छक्क परियो । पूरै यात्रुलाई सुताएर लैजाने वस वनिरहेका थिए । एउटा बुलेटप्रुफ बस तयार हुँदै थियो । जसको मूल्य १४ करोड भारतीय रुपैयाँ रहेछ । बसभित्र शौचालय, सोफासट, केही सुरक्षाकर्मी वस्ने ठाउँ र चालकसंगै बस्ने मुख्य सिट गरी उनीहरूले ६ सिट भन्दै थिए तर मेरो विचारमा आठ दश जना बस्न मिल्ने थियो । उक्त गाडी एकजना मुख्यमन्त्रीले अर्डर गरेका रहेछन् । खासमा चुनाव प्रचारमा जाँदा जहाजबाट उत्रेपछि यस प्रकारका गाडीमा हिडडुल गर्ने रहेछन् । 

     साँझ श्रृंगेरी पुग्ने योजना सुनाए कुमार रावले । अर्को दिन सम्भव भएसम्म विहानै गुरूजीसंग भेट्ने र बैंगलोर फर्कने योजना थियो । 

    यद्यपि सोही दिन प्रधानमन्त्री मोदीका केही सल्लाहकारको टिम पनि गुरूको दर्शन गर्न आउने भएकोले समयमा फेरवदल हुन सक्ने कुरा उनले जानकारी गराए । सम्भवतः उनीहरुसंग हाम्रो पनि भेट हुने जानकारी दिए । तथापि त्यसको खासै अर्थ थिएन । तर उनी अर्थात् कुमारका लागि त्यो अवसर थियो कि ? किनकि गुरुको माध्यमबाट उनीहरुसंग भेट गर्दा कतिपय व्यावसायिक स्वार्थ पूरा गर्ने आधार हुन सक्थ्यो । ५५ वर्षका उनी वडो उत्साही, जोसजाँगरसंग गाडी चलाउने फरासिला थिए ।

    गाडी उनले चलाएका थिए र कतिपय जानकारी पनि दिदै थिए । हामीले पनि सोध्दै हिड्दै थियौं । कर्नाटकको जम्मा जनसंख्या ६ करोड मध्ये बैंगलोरमामात्र ४ करोड ८० लाख रहेछ । तर यसलाई संसारको दोश्रो सुखा सहर भनेर परिचय गराए कुमारले । तै पनि भन्दै थिए– पानी छैन तर पैसै पैसा छ । यसको कारण सूचना प्रविधिको राजधानी हुनु हो । हुनपनि वैंगलोर (बंगलुरु) भारतको सूचना प्रविधि (क्ष्त्) क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने प्रमुख सहर हो र यसलाई भारतको सिलिकन भ्याली भनिन्छ । 

    कतिपय तथ्य सुनेर हामीलाई आश्चर्य लाग्यो । जस्तो कि भारतमा निजी क्षेत्रको सबैभन्दा ठूलो रोजगारदाता कम्पनी भनेर चिनिने टाटा कन्सल्टेन्सी सर्भिसेज (त्ऋक्) का ६ शय गाडीले त बैगलोरमा मात्र स्टाफ बोक्दा रहेछन् । भारतको सबैभन्दा ठूलो आईटी कम्पनी टाटाले ४ लाख ७० हजार भन्दा बढी कर्मचारीलाई सेवामा लगाएको छ भने बैंगलोरमा मात्र १ लाख बढी स्टाफ रहेछन् ।

    यसको तलव सुविधा पनि अन्तर्राष्ट्रियस्तरको नै छ । हामीसंगै गएका नविन दाहालले भन्दै थिए– 

    मेरो भान्जाले यही पढे र टाटा सर्भिसेजमा काम गर्छन् । बार्षिक ३६ लाख भारतीय रुपैयाँ अर्थात् नेपाली ६० लाख रूपैयाँ तलव पाउँछन् । भाञ्जा नेपाल जान मान्दैनन् । बरु यतै घर किनेर बस्ने योजना बनाउँदैछन् ।

    हामी फर्कदा एकजना टेक्सी भाईले विमानस्थल ल्याउँदै थिए । नाम सोधेको सन्तोष कुमार रवीकुमार बताए । यो नाम लामै थियो । नेपालीले पछाडि थर भनेजस्तै उनले अर्को नामनै भने । मैले सोधें– पछाडिको नाम बाबुको हो ? उनले हो भनेर जवाफ दिए । तिम्रो छोराको नाम के रहन्छ त ? मैले ठट्टा गर्दै भनें । तर यसको जवाफ उनले पिडादायी सुनाए । 

    उनको भनाई थियो–म मासिक ४० हजार रुपैयाँ कमाउनेले कसरी विहे गर्नु ? कसरी श्रीमतिलाई चित्त वुझाएर राख्नु ? यो सहरमा इन्जिनियरको भयो जसले मासिक तीन चार लाख कमाउँछन् र मात्र  परिवार पाल्न पाल्न सक्छन् । त्यसैले मैले बिवाह गर्दिन । यतिकै बस्छु ।

    यो सुनेपछि मलाई लाग्यो सहर त अन्तर्राष्ट्रिय भयो । तर गरिवहरुको बेहाल हुन थालेछ । जवकि शहरको बढ्दो हवाई यातायात आवश्यकतालाई ध्यानमा राख्दै केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थल (प्क्ष्ब्) ले २ अर्ब अमेरिकी डलरको लगानीमा आफ्नो क्षमता विस्तार गर्दैछ । जसले वार्षिक १० करोड यात्रुहरूलाई सेवा दिन सक्नेछ । अर्कोतर्फ हाल बन्द रहेको ज्ब्ी विमानस्थललाई पुनः सञ्चालनमा ल्याउने गृहकार्य हुँदैछ र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारी पनि हुँदैछ । यसरी हेर्दा यसको भब्यतालाई अनुमान गर्न सकिन्छ ।

    २० किलोमिटर फ्लाईओभर सडक रहेको र २ शय किलोमिटरमा फैलिएको वैंगलोर भब्य सहर हो । यो सहर क्ष्लायकथक, ध्ष्उचय, त्ऋक, त्भअज ःबजष्लमचब जस्ता बहुराष्ट्रिय कम्पनीहरूको केन्द्र हो भने न्ययनभि, ःष्अचयकयात, क्ष्द्यः, ब्अअभलतगचभ, ब्mबशयल जस्ता अन्तर्राष्ट्रिय कम्पनीहरुका ठूला कार्यालयहरूसमेत यहाँ रहेका छन् । ँष्उिपबचत, क्धष्ननथ, इबि, श्यmबतय जस्ता सफल स्टार्टअपका कारणले यसलाई भारतको स्टार्टअप राजधानी पनि भनिन्छ ।  

    यहाँका सूचना प्रविधि कम्पनीहरूले अमेरिका, युरोप र आसियान देशहरूलाई सेवा प्रदान गर्ने भएकोले यहाँको जीवनशैली आधुनिक र सुविधासम्पन्न छ ।  

    यहाँ रहेका भारतीय विज्ञान संस्थान (क्ष्क्ष्क्अ),भारतीय प्रविधि संस्थान (क्ष्क्ष्त्), राष्ट्रिय प्रविधि संस्थान     (ल्क्ष्त्) जस्ता प्रतिष्ठित शैक्षिक संस्थानहरूले प्रविधि, इन्जिनियरिङ र विज्ञानमा उत्कृष्ट जनशक्ति तयार गर्छन् । यस्तै अनेक कुरा गर्दै र बैंगलोरको जानकारी लिदै हामी साँझ श्रृंगेरी पुग्यौं । श्रृंगेरी पुग्दा राती खाना खाने होटल बन्द भईसक्ने भएकोले वीच बाटोमै ईटली खाएर राती ९ बजे पुगेका थियौं ।

    २. हिन्दू धर्म, दर्शन र संस्कृतिको अद्भुत आदि शंकराचार्यद्वारा स्थापित चार धाम मठहरू मध्ये एक श्रृंगेरी मन्दिरको पहिलोपटक दर्शन गर्ने अवसर प्राप्त भएकोले कतिपय उत्सुकता थियोनै । हामीलाई आतिथ्य प्रदान गर्ने कुमार सिके रावको घर यस ठाउँमा पनि भएकोले हामीलाई मन्दिरभित्रै आवासको व्यवस्था मिलाई विहान सवेरै भेट हुने गरी उनी घर गए । 

    वेदान्त, संस्कृत र हिन्दू दर्शनका प्रमुख विद्वान श्रृंगेरी मठका परम्पूज्य जगद्गुरु श्री श्री भारती तीर्थ स्वामीजीको दर्शन र उनका उत्तराधिकारी परम्पूज्य जगद्गुरु श्री श्री विदुशेखरा भारती स्वामीजीसंग कतिवेला भेट होला भन्ने जिज्ञासा थियो । विहानै भेट हुन सक्दा दिउसो वैंगलोर पुगिने अपेक्षा पनि थियो । तर हाम्रो भेट अलि ढिला मात्र हुने भयो । अर्थात् ४ वजेतिर । समय रहेकोले हामी कुमार रावको घरमा गयौं । स्वादिष्ट भोजन ग्रहण गर्यौं ।

    कुमारजीका दाई चन्द्रशेखर राव हिन्दु ब्राह्मण समाजका पूर्व जिल्ला अध्यक्ष रहेछन् । उनको खेतमा उँखु लगाउँदै गरेको हेर्दै घरमा पुगियो । घरमा जाँदा अद्भुत आनन्द आयो । किनकि उक्त घर ५ शय वर्ष पुरानो रहेछ । एक हिसावले विश्व सम्पदा सूचिमा सूचिकृत गर्न मिल्ने । अहिले पनि ३९ वटा कोठा छन् । जवकि पहिला ८० को आसपास थिए भनेर हामीलाई कुमारले जानकारी गराए । मैले त उनलाई भने–यो घरमा होम स्टेको तरिकाले होटल चलाउन सकिन्छ । तर उनलाई यसप्रति खास चासो थिएन । मनमनै लाग्यो भारतमा यस्ता घरहरू कैयौ होलान् र कुनै दिन सरकारले नीतिगत निर्णय गरेर व्यवस्थित गर्ला ।

     पहिलाबाटै धार्मिक परिवार रहेको संकेत घर भित्रै रहेका पूजा गर्ने खास स्थानलेनै बताउँथ्यो । भित्रै हवनकुण्ड थिए दुइवटा । दशैंमा पण्डित आएर बस्ने कोठा थिए । पूजाआजामा शयौ जनाले खाने वस्ने व्यवस्था थियो । घरभित्र पूजाआजा हुँदा माथिबाट हेर्ने, फोटो वा भिडिओ खिच्ने फिल्म हल टाइपको व्यवस्था थियो । सवै कुरा सोंचविचार गरेर व्यवस्थापन गरिएको घर । टाढै जुत्ता खोलेर जाने व्यवस्था । पूरै ब्राह्ण परिवारको सस्कार । 

    ३६ ईन्चको माटोको गारो भएकोले घरभित्र गर्मीको समस्या हुने कुरै भएन । हामी बाहिरबाट अलि अलि गर्मीमा गएपनि घर भित्र पुगेपछि शितल महसुस भयो । अचम्म त यो सुनेर लाग्यो कि ५ शय वर्षदेखि उक्त घर कुनै दिन खाली छैन । उनले भन्दै थिए–यो घरमा बाहिरबाट ढोका लगाएको ईतिहास छैन ।

    काठै काठको घर । छानो झिंगेटीको । पछि केही भागमा र बाहिर मात्र सिमेन्टको प्रयोग । साँच्चिनै भारतीय सस्कृतिको प्रतिनिधिमुलक घर । 

    खाना खाने तरिका पनि अनौठो । केराको पातमा परिवारका सदस्य काका, छोरावुहारीहरू, सँगै बसेर खाने सस्कृति । भाँडा माझ्ने समस्यानै रहेन । सफा गर्नुपर्ने एउटै भाँडो थिएन । खानामा नुनवाहेक सवै घरको उत्पादन थियो अर्थात् चामल, तरकारी, दही, घिउ । दाल थिएन । त्यसको साटो दुई थरी तरकारी । साँदेको बतिला आँपको अचार । नेपाली स्वादभन्दा स्थानीय स्वादमा थियो । उनीहरू भुईमा बसे र हामीलाई टेवलमा राखे । यो हामीप्रति गरिउको सम्मान थियो । 

    उनको मिश्रित परिवार छ । पिताको दुर्घटनामा निधन हुँदा उनकी आमा ३६ वर्षकी थिईन् । जो अहिले ७६ वर्षकी छन् । तीन छोरा र एक छोरीको लालन पालन, विवाह, पढाई सम्पूर्ण काम गरेर आजको अवस्थामा ल्याउने उनीहरू आमालाई प्रेम, सम्मान र ईज्यत गर्न चुक्दैनन् । आमाका कारण आज हामी यो ठाउँमा छौ, दीपकले सगौरव बर्णन गरे । 

    ७५ वर्षीय उनका काका र उनका परिवार पनि संयुक्त परिवारमै बस्छन् । तथापि सवै विभिन्न व्यवसायमा रहेकोले बैंगलोरतिर पनि रहन्छन् । दीपक पनि बैंगलोरमै बस्छन् ।

    २ किमिमा फैलिएको २५० एकड वढी जग्गा । उँखु, कफी, नरिवल, सुपारी, मरिच र धान खेतीका कारण पक्का किसान परिवार भन्न सकिने । तर अन्य व्यवसायमा पनि संलग्न छन् । कृषिजन्य सामाग्री उत्पादन गर्छन् । उँखुबाट बनाएको गुँडलाई ब्राण्डिङ् गर्छन् । कफी र मरिचको खेतीबाट आम्दानी गर्छन् । खै अरु केके थिए ? सवै सोधेर पनि नसकिने । हामीलाई हिड्ने बेलामा बिक्रीका लागि बजारमा पठाउने गरी आधुनिक र आकर्षक प्याकिङ् सहितको एक एक किलोको गुँड दिए । मलाई मरिच लगाउने तरिका जान्न मन लाग्यो । दीपकले भन्दा पनि कामदारले त्यसवारे जानकारी दिएपछि मैले भने– बीउ हुने खालको व्यवस्था हुन सक्छ भने थोरै लैजान चाहन्छु । कामदारले मालिकको आशय बुझि हाले र हामीलाई करिव आधा किलोका दुई पोका उपलब्ध गराए । मौसमका हिसावले नेपलमा पनि हुन सक्छ कि भनेर परीक्षण गर्ने विचारमा मैले सो प्रयास गरेको हुँ । यो लहरो हुने भएकोले जंगलमा ठूला बोटका आसपासमा लगाउन सकिने रहेछ ।

    कुमारजीका दाई चन्द्रशेखर राव नेपालका प्रायः सवै तीर्थस्थलमा पुगेका रहेछन् । उपल्लो मुक्तिनाथ र दुधकुण्ड जाने उनले आफ्नो ईच्छा सुनाए । हामीले निम्ता दियौ । सम्भवतः दुई चार महिनामा सपरिवार नेपाल आउने छन् ।

    साँझ जगद्गुरुहरुसंगको दर्शन भेट सौहार्दपूर्ण रह्यो । श्री श्री भारती तीर्थ स्वामीजीको ४० वर्ष अघि कृष्णप्रसाद घिमिरेसँग भेट भएको रहेछ । मैले आफ्नो थर घिमिरे बताउँदा साथ उहाँले दुईतीन पटक सोधेर जिज्ञासा राख्नुभयो । यसबाट उहाँको स्मरणशक्ति बलियो रहेछ भन्ने कुराको अनुभूति भयो ।

    जगद्गुरु श्री श्री विदूशेखरा भारती स्वामीजी यसै वर्ष नेपाल आउने र पशुपतिमा पूजा अर्चना गर्ने पूर्व कार्यक्रम रहेछ । हामीलाई पनि खुशी लाग्यो र नेपालको लागि आवश्यक प्रवन्ध गर्ने प्रतिवद्धता जनायौ । नेपालमा धार्मिक पर्यटनका लागि के गर्न सकिन्छ भन्नेवारे करिव एक घण्टा छलफल गर्यौ । यसवारे आवश्यक तयारी कसरी गर्ने भनेर धेरै कुरा भए । प्रमुख कुरा त नेपालमा आउने मिति तय भयो र त्यस अवसरमा बुटवल आउने कार्यक्रम बनाउन सक्यौ । उहाँले पशुपतिनाथ, मुक्तिनाथ, देवघाटसहित कैयौ क्षेत्रको जिज्ञासा राख्नुभयो र वाँकी कुरा धर्माधिकारीसँग गरेर अन्तिम निष्कर्षमा पुग्न निर्देशन गर्नुभयो ।

    अर्को दिन विहान मन्दिरका धर्माधिकारी अर्थात् प्रमुख प्रशासक पीए मुरलीसँग विस्तृत छलफल गर्यौ । विहानै भेट गर्ने चाहना भएपनि त्यसै दिन नयाँ वर्षका केही कार्यक्रम रहेकोले अलि ढिलो अर्थात् ९ वजेमात्र भेट गरी विस्तृत छलफल गर्यौं । खासगरी गुरुको नेपाल भ्रमणवारे । मई २२ देखि उहाँको भ्रमण तालिका बन्यो ।

    उमलालजी र मैले बुटवलका लागि विशेष अनुरोध गर्यौं र सो कार्यक्रम वन्यो । यो हाम्रो लागि पनि असाध्यै महत्वपूर्ण र ऐतिहासिक सन्दर्भ हो । किनकि यो भ्रमणले नेपालको पर्यटन विकासका लागि कोशे ढुंगा सावित हुनेछ ।

    स्मरणीय छ कर्नाटकको चिकमगलूर जिल्लामा अवस्थित शारदा पीठ (दक्षिणाम्नाय श्रृंगेरी मठ) हिन्दू धर्मको एक प्रमुख तीर्थस्थलको रूपमा प्रख्यात छ ।  

    यो पिठको स्थापना आदि शंकराचार्यले दक्षिण भारतमा वेदान्त दर्शन फैलाउनका लागि ८ औं शताब्दीमा स्थापना गरेको बताईन्छ । तुङ्गा नदीको किनारमा रहेको यस मठमा स्थापित देवी शारदा (सरस्वती) को विशाल मन्दिरलाई ज्ञानकी देवी मानिन्छ ।  

    यस ठाउँमा चार प्रमुख पीठहरू छन् । जस अनुसार दक्षिणतर्फको श्रृंगेरीलाई यजुर्वेद, उत्तरतर्फको ज्योतिर्मठलाई अथर्ववेद, पूर्वतर्फको गोवर्धन मठलाई ऋग्वेद र पश्चिमतर्फको द्वारका मठलाई सामवेद भनिन्छ । यी नाम शंकराचार्यले स्थापना गरेका चार मठलाई आधार बनाएर राखएिको रहेछ ।

    चारवटै मठहरू अद्वैत वेदान्तको शिक्षा प्रचार गर्न, सनातन धर्म संरक्षण गर्न र विभिन्न वैदिक परम्परा कायम राख्न शंकराचार्यले स्थापना गरेका हुन् । प्रत्येक मठले भारतको एउटा दिशाको प्रतिनिधित्व गर्दछ ।

    पहिलो उत्तर धाम ज्योतिर्मठ हो जो उत्तराखण्डमा पर्दछ भने त्याहाँ भगवान बद्रीनारायण (विष्णु) को पूजा आजा गरिन्छ र सम्प्रदायको हिसावले अथर्ववेद भनिन्छ । 

    दोश्रो दक्षिण धाम अन्तर्गत् शृङ्गेरी शारदा पीठ कर्नाटकमा पर्दछ भने देवी शारदा (सरस्वती) को पूजाआजा गरिन्छ भने सम्प्रदायको रुपमा यजुर्वेद भनेर जानिन्छ । 

    स्मरणीय छ शताब्दीयौंदेखि चलिआएको परम्परा अनुसार नेपालको पशुपतिनाथ मन्दिरमा पुजारी (भट्ट) को रूपमा सेवा गर्ने परम्परागत भट्टहरू मुख्यतया भारतको कर्नाटक राज्य (विशेष गरी दक्षिण भारतको मलनाड क्षेत्र, हासन जिल्ला, तथा शृङ्गेरी मठसँग सम्बन्धित) बाट आउने गर्छन् । यही श्रृङ्गेरी मठलाई भट्ट नियुक्त गर्ने अधिकार दिइएको छ । यस मठले आफ्नो परम्परागत प्रक्रिया अनुसार योग्य ब्राह्मणहरू छनोट गरी नेपाल पठाउने परम्परा छ ।  

    १४औं शताब्दीदेखि चलिआएको यो परम्परा मध्यकालीन नेपालका मल्ल राजा यक्ष मल्लले शुरु गरेका हुन् । पछि शाह वंशले पनि यसलाई कायम राखे । 

    यसवारे केही वर्षयता विवाद पनि उठेको छ । नेपालको सर्वोच्च अदालतले सन् २००९ मा नेपाली ब्राह्मणहरूलाई पनि पशुपतिनाथमा पुजारी बन्न अनुमति दिएको छ । तर परम्परालाई यथावत् राखिएको छ । 

    तेश्रो पूर्व धाम अन्तर्गत् गोवर्धन मठ पुरी, ओडिशामा पर्दछ भने देवताको रुपमा भगवान जगन्नाथ (कृष्ण÷विष्णु) लाई पूजाआजा गरिन्छ भने सम्प्रदायको रुपमा ऋग्वेद भनेर जानिन्छ । 

    त्यस्तै चौथो पश्चिम धाम अन्तर्गत् द्वारका शारदा पीठ हो जुन द्वारका, गुजरातमा पर्दछ र देवताको रुपमा भगवान द्वारकाधीश (कृष्ण)को पूजाआजा गरिन्छ भने सम्प्रदायको रुपमा सामवेद भनेर जानिन्छ । 

    श्रृंगेरी समुद्री सतहबाट लगभग ६६० मिटर ९२,१६५ फिट¬को उचाइमा रहेको छ ।

    त्यस अवसरमा भारतको नीति आयोगका प्रमुख कार्यकारी अधिकृत बीबी सुव्रह्मम स्वामीसँग भेट र संक्षिप्त कुराकानी भयो । मन्दिर दर्शनकै अवसरमा उनले नेपाल र भारतका केही समुद्री मार्ग तथा व्यापार सम्झौता क्षेत्रमा आफुले गरेका कामको संक्षिप्त जानकारी पनि गराउन भ्याए ।

    यसरी नयाँ तीर्थाटनको अनुभव सँगालेर दुई रात बैंगलोर दुई रात श्रृंगेरीको बसाईलाई छोट्याएर हामीहरु बैंगलोरबाट गोरखपुर हुँदै १७ गते साँझ सुनौलीबाट नेपाल आयौं । 

    २०८१ चैत्र २४


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel