• Breaking News

    मासु परम्परा र कोरोना भाइरसको संक्रमण



    डी.आर.घिमिरे
    संसारभरी महामारीको रूप लिएको कोरोनाभाइरसको सङ्क्रमण चिनिया सहर वुहानको मासु बजारबाट सुरु भएको आशङ्का गरिएपछि चीनले फेब्रुअरीदेखि वन्यजन्तुको मासुको व्यापारमाथि स्थायी रूपमा प्रतिबन्ध लगाएको छ । यसको अर्थ औषधि, कपडा र गहनाका लागि प्रयोग हुने वन्यजन्तुका सामग्रीको व्यापारमाथि भने रोक लगाएको छैन । चिनमा परम्परागत औषधीका लागि पनि वन्यजन्तुको धेरै प्रयोग गरिन्छ ।
    बर्डिङ बेइजिङ भन्ने एउटा सस्थाका संस्थापक तथा चीनस्थित वन्यजन्तु संरक्षणका परामर्शदाता टेरी टाउनजेन्डले देखेको एउटा घटना रहेछ । त्यो के भने—एकदमै शिक्षित परिवारका दुई सन्तानमध्ये एउटामा प्रजननसम्बन्धी समस्या र अर्को वन्यजन्तु संरक्षणमा काम गर्ने रहेछन् । त्यसमध्ये प्रजननसम्बन्धी समस्या हुनेले अन्तिम उपायस्वरूप पर्याप्त वैज्ञानिक प्रमाण नभएपनि सालकको खबटा प्रयोग गर्यो ।
    यस्ता धेरै उदाहरण पाइन्छन् । परम्परागत औषधिका लागि सालकको उच्च माग रहेको छ र त्यो विश्वमै अत्यन्तै तस्करी हुने गर्छ ।
    चाइनिज एकेडेमी अफ इन्जिनियरिङले सन् २०१७ मा गरेको एक अनुसन्धान अनुसार चीनमा हुने झन्डै ७५ प्रतिशत वन्यजन्तुको पालन छाला उत्पादनका लागि हुने रहेछ । सन् २०१८ मा छालाका लागि पाँच करोड जनावरहरूको हत्या गरिएको रिपोर्ट अध्येताहरुले सार्वजनिक गरेका थिए । 
    तर अहिले चिनको अवस्था फरक छ ।
    चीनमा हालै गरिएको सर्वेक्षण अनुसार धेरैजसो चिनियाँ नागरिक अब जङ्गली जनावरको मासु खाने परम्पराविरुद्ध जान सक्ने देखिन्छ ।
    पेकिङ विश्वविद्यालय र अन्य सातवटा सङ्गठन मिलेर गरिएको अनुसन्धानमा एक लाख एक हजारभन्दा बढी सहभागी मानिसमध्ये ९७ प्रतिशतले वन्यजन्तुबाट आएका सामग्री उपभोग गर्ने विषयको विपक्षमा प्रतिक्रिया दिएका छन् । सरकारले जनावरको व्यापारमा लगाएको प्रतिबन्धको समर्थन पनि अहिले धेरैले गरेको पाइयो ।
     बीबीसीसँग कुरा गर्दै कैयौं चिनियाँ युवाहरूले दैनिक खानामा पनि वन्यजन्तुको मासु खाँदैनौँ भनेर भनेका छन् ।
    कोरोनाभाइरस प्रकोपलाई वन्यजन्तुको मासुसँग जोडेर हेरिएपछि चिनको शेन्जेन शहरमा कुकुर र बिरालोको मासु विक्री तथा उपभोगमा प्रतिबन्ध लगाइएको समाचार पनि प्रशारण भएको छ ।
    घरपालुवा जनावरका रूपमा कुकुर र बिरालाको सम्बन्ध मानिसहरूसँग भएकोले विकसित मुलुकमा यिनको मासु खानमा प्रतिबन्ध लगाउने चलन छ । त्यसै अर्थमा शेन्जेन शहरको यो निर्णयलाई मानव सभ्यताको मर्म र माग बमोजिम मानिएको छ ।
    भनिन्छ चीनमा हरेक वर्ष करिब एक करोड कुकुर र ४० लाख बिरालाहरू मारिन्छ ।
    यसको अर्थ सवै जनावरमा यही नियम लागु हुने हैन । कोरोनाभाइरस सङ्क्रमितको उपचारमा पनि प्रयोग गरिएको भालुको पित्तलाइ  परम्परागत चिनियाँ औषधिका रूपमा प्रयोग गरिदै आएको छ र अहिले पनि यसलाई मान्यता दिइएकै छ । भालुको पित्तलाई पित्त थैलीमा हुने पत्थर पगाल्न र कलेजोसम्बन्धी रोगको उपचारमा प्रयोग गर्ने चिनियाँहरुको पुरानै चलन हो रहेछ ।
    मध्यचीनको वुहान सहरस्थित एउटा माछा बजारबाट नयाँ कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको वैज्ञानिकहरूले शङ्का गरेपछि यो विषय अहिले वहसमा आएको छ । सार्स र मेर्सजस्ता भाइरस पनि चमेराबाट सिभेट बिरालो र उँट हुँदै मानिसमा सरेको बताइन्छ ।
    यस अघिसम्म वुहानमा सर्प, दुम्सीजस्ता जीवलाई पिँजडामा राखेर खाना वा औषधिको रूपमा प्रयोग गर्नका लागि विक्री गरिन्थ्यो । भियतनाममा सर्पको रगत मिसाएको रक्सी र मासु हालेका विभिन्न परिकारहरू खाने चलन छ । सर्पको मासुले यौनशक्ति बढाउने लोकमान्यता छ । जथाभावी सर्पहरू समातिँदा पारिस्थितिक प्रणालीमा नराम्रो प्रभाव पर्ने वन्यजन्तुविद्हरू बताउँछन् ।
    चमेरालाई त विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोनाभाइरसको मुख्य स्रोतनै मानेको छ
    चीन अत्यधिक मासु खाने देश हो । सन् १९६१ मा औसतमा एक चिनियाँले वार्षिक ४ केजी मासु खाने गर्दथे भने २०१३ मा एक व्यक्ति बराबर वार्षिक ६२ केजी मासु पुगेको थियो ।
    त्यहाँका कैयौँ रेस्टुराँहरूमा चमेराको मासुको सूप तथा बाघको अण्डकोषको सूपजस्ता परिकार पनि बेच्ने गरिन्छ भने कतैकतै गोमन सर्प, भालुका पन्जाका परिकार र बाघको हाड हालिएका रक्सी पनि पाइन्छ । मुसा, बिराला र सङ्कटमा परेका विभिन्न पंक्षीका परिकार पाइन्छ । वन्यजन्तुबाट बनाइएका खानाले नपुंसकता तथा बाथ रोग निको हुने चिनियाँ विश्वास छ ।
    जे भएपनि पछिल्लो कोरोनाभाइरस सङ्क्रमणपछि चीनयाँ सञ्चारमाध्यमका सम्पादकीयहरूले  अनियन्त्रित वन्यजन्तु बजारको आलोचना गरेको वताइएको छ । वीवीसीका अनुसार लन्डनस्थित वातावरण अनुसन्धान संस्थाकी डेबी ब्याङ्क्सले यसलाई परम्परागत चिनियाँ औषधिका लागि वन्यजन्तु पालन, उत्पादन र प्रयोगलाई अन्त्य गर्ने अवसरको रूपमा लिन सकिने वताएकी छन् ।
    यद्यपि यसलाई वन्यजन्तु संरक्षणको प्रयास चीनमा मात्र सीमित नगरेर विश्वव्यापी बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
    जंगली जनावरमध्ये सालक पनि अतिसङ्कटापन्न वन्यजन्तु हो । यसको प्रयोग मासु र माथि भनिएजस्तै औषधिका लागि गरिन्छ । खासगरि औषधीका लागि खबटाको महत्व भएजस्तै सजावटका लागि नङ र खबटाको उत्तिकै महत्व छ । सालक विश्वमै अत्यधिक तस्करी हुने स्तनधारी वन्यजन्तु हो ।
    चिन मात्र हैन एशिया एवं अफ्रिकामा पनि यसको अवैध सिकार हुन्छ । चिनको उत्तरी फुजियान प्रान्तस्थित उई पर्वतीय क्षेत्रमा मात्रै पाइने सालकलाई चीनमा राज्यद्वारा संरक्षित विशेष वन्यजन्तुहरूको सूचीमा दोस्रो नंवरमा राखिएको छ ।
    एशिया र अफ्रिकामा गरेर कुल आठ प्रजातिका सालक अस्तित्वमा रहेका छन् । प्रकृति संरक्षणको क्षेत्रमा सक्रिय अन्तर्रराष्ट्रिय निकाय आईयूसीएनले चिनियाँ सालकलाई ’अतिसङ्कटापन्न’ वन्यजन्तुको सूचीमा राखेको छ । यो प्रजाति नेपालको पहाडी क्षेत्र, दक्षिण चीनको हाइनान, ताइवान र हङकङमा पनि पाइन्छ ।
    यो त भयो अहिले कोरोनाका कारण मासुका सन्दर्भमा खासगरि चिनमा उठेका केही महत्वपूर्ण सवाल । उपर्युक्त सवालहरु मैले वीवीसी अनलाइनवाट श्रोतको रुपमा उल्लेख गरेको छु । तर, मासुको सवाल आहिलेमात्र उठेको हैन । यस अघि पनि उठेका थिए ।
    खासगरि वातावरणीय आन्दोलनको एउटा हिस्सा मासु पनि हो । अहिले संसारमा पानीको अभाव हुँदै छ । धेरैले तेश्रो विश्वयुद्व पानीकै कारण हुन्छ भनेको यही भएर हो ।

    पछिल्लो समय गरिब देशहरुमा पनि मासुको सेवन वढेकोलाई सन्तोषजनक ढंगले हेरिन्छ । यसलाई कुपोषणको लडाइमा सफलता र पोषणयुक्त खानामा निर्भर रहेको अर्थमा लिइन्छ । यद्यपि धनी देशहरुमा भने मासु खानेको संख्या घट्दै गइरहेको छ । हरेक चिजको पारिस्थितिक प्रणाली गजवको हुने रहेछ । कुनै वेला मासु खान नपाउनु गरिवीको लक्षण हुन्थ्यो । मासु खानु सम्पन्नताको परिचय हुन्थ्यो । अव विस्तारै मासु नखानुलाई सभ्यताको परिचय वनाइयो भने आश्चर्य मान्नुपर्दैन । जसरी हिँजो मकैको आटो, कोदो फापर, सिस्नु खानु गरिवी हुन्थ्यो भने अहिले ठिक त्यस्को उल्टो । ढिलो वा चाँडो मासुलाई पनि यसरीनै हेरिनेछ भनेर भविष्यवाणी गर्नु अन्यथा हुने छैन ।
    मासुको उपभोग विश्वव्यापी रुपमा सन् २००७ देखि ०१७ सम्मको जनसङ्ख्या वृद्धि भन्दा दुई गुणा बढी भइरहेको बताइन्छ । तर, पछिल्ला दिनमा धनी देशहरुमा मासु खानेको संख्या घट्दै शाकाहारी जीवनशैली अपनाउनेको संख्या वढिरहेको छ । हाम्रैमा पनि भोजभतेरमा जाँदा साकाहारी खाना पहिला पहिला पूरै खाली हुन्थ्यो भने अहिले कम्तिमा २५ प्रतिशत वढेको छ । अचम्मको कुरा के छ भने वच्चावच्चीमा पनि मासु खाने मोह घट्दै गउको पाइन्छ ।
    अफ्रिकी मुलुकमा चाँही मासुको मूल्य अत्यन्तै धेरै भएकाले प्रायः मानिसले सेवन गर्दैनन् । तर जव धनीहरुको संख्या वढ्दै जाँदैछ त्यसपछि मासुको अधिक उपभोग सुरु गर्ने अनुमान गरिदै छ । फेरि यसले एउटा उत्कर्ष प्राप्त गरेपछि मासु खान छोड्ने प्रक्रिया शुरु हुन्छ शायद । संसारमा यस्तै भइरहेको पाइन्छ ।
    यद्यपि मासु खानेहरुका कारणले वातावरणमा पनि उत्तिकै नकारात्मक असर परेको निष्कर्ष वातावरणवादीहरुको छ । ग्रिनहाउस ग्यास उत्सर्जन गर्नमा विश्वभरका सवारी साधन भन्दा पशु खेती बढी जिम्मेवार रहेको विज्ञहरुको भनाइ छ ।
    मासुको सेवन वृद्धि हुनुले जलवायु परिवर्तनको गति झन बढाइदिने चेतावनी उनीहरुले दिएका छन् । अर्थात् यसबाट १४ प्रतिशत भन्दा बढी ग्रिनहाउस ग्यास उत्सर्जन हुने बताइन्छ । मासु उत्पादन गर्नका लागि अत्यधिक जमिन, ऊर्जा र पानी खर्च हुने भएकाले पनि यसको बढ्दो उपभोगलाई चिन्ताजनक मानिएको छ ।
     संयुक्त राष्ट्र संघका अनुसार एक पाउन्ड मासु उत्पादन गर्न १० पाउन्ड अन्न खर्च हुन्छ भने अमेरिका एक्लैले ५ करोड ६० लाख एकड जमिन पशुहरुका लागि अन्न उब्जाउन प्रयोग गरेको छ । जबकी मान्छेका लागि केबल ४० लाख एकड जग्गामा मात्र अन्न उत्पादन भइरहेको छ ।
    त्यस्तै एउटा साधारण सुंगुर फार्मले १२ हजार मानिस बस्ने शहर जत्तिकै फोहोर उत्पादन गराउँछ । अर्थात यसबाट उत्पन्न हुने फोहोर पनि उत्तिकै समस्याजनक मानिएको छ । त्यसैले मासुको उपभोग सिमित गर्दै लैजानुपर्ने विज्ञहरु बताउँछन् ।
    साकाहारी खाद्यवस्तु उत्पादन गर्न सस्तो र स्वास्थ्यका लागि स्वस्थ्यकर हुने देखाएको छ । एक किलो मासु उत्पादन गर्न खर्च हुने उर्जा, पानी र पोषण तत्वले धेरै किलो र कैयौं गुना वढी क्यालोरी साकाहारी खाद्य उत्पादन हुन्छ । जोड्ने हो भने त्यो भन्दा धेरै कम मूल्यमा साकाहारी भोजन उत्पादन हुनछ ।
     भारतीय महिला तथा तत्कालीन बाल विकास मन्त्री मेनका गान्धीले एकपटक लेखेकी थिइन्— विश्वस्तरमा संसारको तीन भागको एक भाग पानीको उपयोग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पशु उत्पादनमा भइरहेको छ । उत्पादमा खर्च हुने पानीको मात्राको हिसाब नेदरल्यान्डको एक विश्वविद्यालयका वैज्ञानिकहरूले गरेका थिए । शायद त्यही तथ्यांकमा आधारित भएर होला उनले थप लेखेकी थिइन्—
    एक क्यालोरी मासुको लागि एक क्यालोरी अन्न या सब्जी तयार गर्नभन्दा १० गुणा बढी पानी खर्च हुन्छ । एक किलो क्यालोरी मासु तयार गर्नका लागि १०.१९ लिटर पानी आवश्यक पर्छ तर एक किलो क्यालोरी आलु तयार गर्नका लागि ०.४७ लिटर पानी, अन्नका लागि ०.५१ लिटर र तरकारीका लागि १.३४ लिटर पानी खर्च हुने गर्छ । यसको साथै फलफूल उब्जाउन २.०९ लिटर पानी जरुरत पर्छ ।
    यसलाई मसिनो गरि हिसाव निकाल्दा यस्तो आउने रहेछ—
    एउटा रागाले दैनिक ३५–७५ लिटर पानी पिउँछ । शरीरको सरसफाइमा औसतमा दैनिक २८ लिटर पानी खर्च हुन्छ । दैनिक १५० लिटर पानी तिनको गोबर, मूत सरसफाइमा प्रयोग हुन्छ । यसलाई मारिसकेपछि सम्पूर्ण शरीर सफा गर्न १५ हजार लिटर पानी खर्च हुन्छ । मासु ताजा बनाइराख्न समय समयमा पानी छर्किरहनुपर्छ । अझ त्यसलाई पकाउनु अघि थप सफा गर्नका लागि पुनः पानीको प्रयोग गरिन्छ । यो सबै जोड्दा ३०० केजीको एउटा राँगोबाट सय किलो मासु निस्कन्छ भने एक किलो मासु उत्पादन गर्नको लागि १५ हजार लिटर पानी खर्च भयो ।
    यसको तुलनामा एक किलो साग उत्पादन गर्न ३२२ लिटर पानी खर्च हुन्छ । फलफूलमा ९५२ लिटर, जौ, गहँुजस्तो अन्न उत्पादन गर्न १६४४ लिटर, एक किलो दाल उत्पादन गर्न ४०५५ लिटर पानी चाहिने रहेछ ।
    वातावरणीय हिसावले पनि यो उचित हुन्छ । मासुको उत्पादनमा धेरै कार्वन उत्सर्जन हुन्छ । फेरि कुनै वोटविरुवावाट कुनै रोग मानिसमा सर्दैन । जवकि जनावरवाट विभिन्न रोग सर्छ र तुलनात्मक रुपमा मांसाहारी वढी रोगी हुन्छन् ।
    मांसाहारीका कारण जति मान्छे रोगी हुन्छन् साकाहारीवाट हुँदैनन् । यसको अर्थ सवै मानिस साकाहारीनै हुनुपर्छ भन्ने हैन मासुको मात्रा घटाएर पनि माथि उल्लेखित समस्यालाई कम गर्न सकिन्छ ।
    आजभोलि डाक्टरहरुलेनै धेरैलाई सिफारिस गर्ने कुरा यो छ कि रातो मासु नखाऔं । शायद माछाको कुरा फरक हुन्छ होला । किनकि यो पानीमै हुने चिज हो ।
    जहाँसम्म प्रोटिनका लागि मासु खाने प्रचलन छ । यो अन्तिम विकल्प हैन । साकाहारी खानामा प्रसस्त प्रोटिन पाइन्छ । कुरा यति हो कि खान जान्नुपर्यो । तुलनात्मक रुपमा नेपाल र भारतमैपनि मासु खाने प्रक्रिया धेरै हदसम्म सुरक्षित रहेछ भन्ने अनुमान गर्न सकिन्छ । हामीकहाँ खसी वोका कुकरमा सिठी लगाएर पकाइन्छ प्रायः । जे पायो त्यसको खाने चलन पनि छैन । मरमसाला हालेर पकाउँदा शायद त्यसले राम्रै गर्दछ होला  । एकजना आयुर्वेदिक डाक्टर वीपी तिम्सिनाले एकपटक भन्नुहुन्थ्यो खसीवोकाको मासु पकाउँदा कुसको टुक्रा हाल्नुपर्छ । कुसमा विजातीय तत्व नष्ट गर्ने शक्ति हुन्छ । पूजाआजामा वस्दा त्यत्तिकै कुसको आंैठी लगाउने चलन वसेको हैन रहेनछ ।


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel