डी.आर.घिमिरे
शंकरनगर निवासी गिरीराज भट्टराइका अनुसार तिलोत्तमा नगरपालिकाले प्रहरी गस्ती वढाएको छ र वाहिरतिर निस्कन दिदैन । खासगरि भारतको कोल्हुइमा संक्रमित फेलापरेपछि उसले नगरवाहिर उत्पादित तरकारी पनि नखान अनुरोध गरेको छ । सार्वजनिक रुपमा मिडियामा आएको कुरा यही हो ।
मैले यसको वास्तविकतावारे जान्नका लागि पत्रकार दीनेश पाण्डेलाई फोन गरें । कुरा उहीनै थियो । अर्थात् गस्ती गर्ने काम पर्याप्त मात्रामा भएको रहेछ । मान्छेलाई वाहिर निस्कन नदिने, आवश्यकता अनुसार समयको ब्यवस्थापन गरेर मात्र दिइएको रहेछ ।
यसपछि मैले आजै विहान ८.३० वजे नगर प्रमुख वासु घिमिरेलाई सम्पर्क गर्दा उहाँले शान्तिचोकमा रहेको वताउनुभयो । नगरप्रहरी, सशस्त्र र जनपद प्रहरीसमेतको सहयोग लिएर गस्ती वढाइएको कुरा सुनें । राजमार्ग क्षेत्रमा हिड्नेको कडाइपूर्वक निगरानी गरिएको र तिनाउ तथा रोहिणी नदी आसपासमा टोल विकास समितिलाई परिचालन गरिएको, प्रमुख उपप्रमुख गस्तीमा दौडिरहेको, कसैलाई छिसिक्क वाहिर निस्कन नदिने गरि योजना वनाएको कुराले अत्यन्तै खुशी लाग्यो ।
जनप्रतिनिधिको पहिचान दिन सकेकोमा गर्व पनि लाग्यो । यसरीनै सवैले सक्रियता वढाउन आवश्यक छ । हरेक ब्यक्तिको पहिचान यस्तै अफ्टेरो वेलामै हुने हो । अहिले जनतालाई घरभित्र वसाल्ने र प्रतिनिधिहरु अनुगमनमा निस्कने, दुरी कायम गरेर वैठक वस्ने र योजना वनाउने समय हो । यो अभ्यासलाई सवैले अनुसरण गरुन् भनेर अपेक्षा गर्नु अन्यथा हुने छैन ।
तिलोत्तमाले यस अघिनै वाहिरवाट आउने तरकारीसमेत नखान अनुरोध गर्दै आएको छ । दिउसो १२ देखि २ वजेसम्म पसल खोल्न दिने नीति वनाएको छ । यो समय यस अर्थमा पनि ठिक छ कि दिउसोको गर्मीमा धेरैवेर कोही पनि मान्छे वाहिर वस्न चाहन्नन् । त्यस्तै किसानले दुध वेच्नका लागि विहान ६ देखि ८ वजेसम्म र साँझ ३ देखि ५ वजेसम्म समय ब्यवस्थापन गरिएको रहेछ ।
यस्तै प्रयास सिमा क्षेत्रका पालिकाले गरिदिएमा धेरै ठूलो उपलब्धी प्राप्त हुने थियो । जिल्ला प्रशासन कार्यालयले २३ गते आइतवारकै दिन ६० किमि क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गर्ने कुरा आएको थियो । शनिवारनै ८० जना प्रहरी परिचालन भएका थिए ।
मैले आज विहान रुपन्देहीका प्रहरी उपरिक्षक हेम कुमार थापासंग सम्पर्क गर्दा अलिकता खुशी लाग्यो । उहाँले पूरै सीमा क्षेत्र वन्द गरिएको र प्रहरीलाई खटाइएको वताउनुभयो । हिजो पनि समरीमाइ गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लालाई लिएर घुमेको स्मरण गर्नुभयो । स्थानीयहरुमा एक किसिमको डर उत्पन्न भएकोले उनीहरुमा संवेदनशीलता वढेको विश्वास थापाको छ ।
समरीमाई पालिकाका अध्यक्ष शुक्लासंग सम्पर्क गर्दापनि भारततिरवाट आउनेलाई पूर्णरुपले वन्द गरिएको वताउनुभयो । कोल्हुइमा ७ जनावाट वढेर १० जनामा संक्रमित भएको रहेछ । त्यसवाट एकप्रकारको डर उत्पन्न भएको छ, हामी आफैपनि लागेका छौं र प्रशासनको दृष्टि पनि वढेको छ ,शुक्लाको भनाइ थियो ।
रुपन्देहीमा मात्र हैन कपिलवस्तुमा पनि कडाई गर्न शुरु गरिएको छ । मैले आजै कपिलवस्तुका पत्रकार विकास वन्जाडेसंग सम्पर्क गर्दा तीन दिनदेखि कडाई भएको पाएँ । जेहोस् क्रमसः जागरुकता वढेको रहेछ । यो आफैमा खुशीको कुरा हो ।
हिजो मुख्यमन्त्री शंकर पोखरेलले अरू प्रदेशबाट आउने नाकामा कडाइ गर्न एकीकृत भिडियो संवाद गर्नुभएको छ । सीमा जोडिएका स्थानीय तहका प्रमुखहरूलाई उँहाले निर्देशन दिएपछि शायद यो क्रम अझै वढ्ने विश्वास गर्न सकिन्छ । यसवाट जिम्मेवारीबोध वढकेको वा वढ्ने आशा गर्न सकिन्छ ।
खासगरि सुदूरपश्चिम र गण्डकी प्रदेशका नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि गण्डकी, सुदूरपश्चिम र भारतसँग सीमा जोडिएका स्थानीय तहका प्रमुखहरूले विशेष चासो दिनुपर्ने अवस्था आएको छ ।
मुख्यमन्त्रीले कर्णाली प्रदेशसँग सीमा जोडिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ र राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी, गण्डकी प्रदेशसँग सीमा जोडिएका बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल र मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा, भारतसँग सीमा जोडिएको रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र पाल्पाको बगनासकाली गाउँपालिकाका प्रमुख कृष्णप्रसाद बस्यालसँग भिडियो संवाद गर्नुभएको छ ।
पालिका प्रमुखहरूले भारतलगायत विदेशबाट आएका नागरिकको तथ्यांक संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङ्क संकलन गरी राहत वितरण गर्न थालेको जानकारी गराएका छन् ।
यसवाहेक अरु पनि पालिकाहरु छन् जससंग अविलम्व छलफल अगाडि वढाउन जरुरी छ ।
तर, मैले लुम्विनी क्षेत्रको अवस्था वुझ्न स्थानीय सन्दिप गुप्तालाई फोन गर्दा भने त्यति संतोषजनक खवर पाइएन । वरु तरकारी ल्याउनेहरुको वाक्लै लाम देखिएको सुनें । उनीहरु खेतैखेत नेपाल आउने गरेका छन् । कुरा त्यत मात्र हैन अस्ति २३ गते मात्र लुम्विनी आदर्श नगरपालिका भुजहियाको एक विद्यालयमा विद्यार्थीहरुको भिड लगाएर छात्रवृत्तिको फर्म भरिएको रहेछ ।
खासगरि मर्चवारीमाई, समरीमाइ, कोटइमाई, लुम्विनीजस्ता पालिकामा लापरवाही भएको आशंका छ । हिजो मात्र रुपन्देही तथा सशस्त्र प्रहरी उपरीक्षक द्वय र सेनाका कर्णेलले सीमा क्षेत्रको अवलोकन गरेका थिए । यो अनुगमन पश्चात् भने फरक भएको अनुभूति गरिएको छ । पछिल्लो दुइ दिनदेदिख परिवर्तनको अनुभव गर्नुको अर्थ नेपाल सरकारले थप कडाइ गर्ने निर्णय गरेपश्चात् सवै तहमा सुधार भएको छ ।
हेक्का रहोस् यो सवै नियन्त्रण गर्न प्रहरी परिचालनले मात्र हुँदैन । स्थानीय पालिकाले जति मेहनत गर्छन् त्यतिनै सकारात्मक परिणाम देखिनेछ । पालिकाले चाह्यो भने गस्ती गरेर पनि रोक्न सक्छ । अर्को डर लाग्दो पक्ष यो छ कि पूर्वी नेपालमा नेपाल सुरक्षित भएको महसूस गरि प्रायः नातागोताहरु आउने क्रम वढेको छ । यस अर्थमा होसियारीको खाँचो छ ।
अन्तमा कोरोना भाइरसवारे केही त चर्चा गर्नैपर्छ । यो भाइरस अत्यन्तै खतराक छ भन्ने कुरा विभिन्न माध्यमवाट सार्वजनिक भएकै छ । यो मानिसबाट मानिसमा सर्ने मात्रै होइन, कुनै पनि संक्रमित व्यक्तिबाट सजिलै अन्य व्यक्तिमा सर्ने लगायत हावाका माध्यमबाट ड्रपलेट (थूक,खकारका छिटा) का माध्यमले जुनसुकै सतहबाट सर्ने कुरा प्रमाणित भएको छ ।
यसको अर्थ संक्रमित ब्यक्तिले खकार गर्दा पनि छिटा नपर्ने भएर दूरी कायम गर्नुपर्दो रहेछ । संक्रमित व्यक्तिले बोल्दा अथवा खोक्दा निस्केका जलबिंदु टेबल, कुर्सी, ढोका, ढोकाको ह्यान्डल, भाडाकुडा, टिभीको रिमोट, कम्प्युटरको किबोर्ड, रूपैयाँ, कागजपत्रजस्ता कुनै पनि वस्तुमा परेर त्यहाँ भाइरस रहेका हुन सक्छन् ।
यसैले यस्ता वस्तुलाई अरु कुनै सामान्य व्यक्तिले हातले छोयो भने भाइरस हातमा सर्न पुग्छ । यद्यपि यतिसम्म पनि खतरा मानिदैन । कुनै पनि व्यक्तिका हातमा पुगेका भाइरसले कुनै पनि हानि गर्दैनन् । यतिमै कसैले सावुनपानीले हात धोयो भने वा सेनेटराइजले हात धोयो भने पनि सर्दैन । तर, कसैले हात नधोई मुख, नाक, आंखा छोएमा भाइरस शरीरभित्र प्रवेश गर्छ ।
यो कुरा असाध्यै बुझ्नुपर्ने छ । त्यसले त हात धुने कुरालाई उच्च प्राथमिकता दिइएको छ ।
यसको खतरनापूर्ण अर्को पक्ष पनि छ । त्यो हो कोरोना संक्रमित मानिसमा प्रारम्भिक लक्षण तत्काल देखिदैन । अहिलेसम्मको तथ्यांकअनुसार झन्डै एक चौथाइ संक्रमित व्यक्तिमा संक्रमणका कुनै लक्षण नदेखिने सम्भावनाहुन्छ । तर उनीहरुबाट अन्य व्यक्तिमा संक्रमण हुन सक्छ ।
जुन व्यक्ति कोरोना संक्रमित भएर पनि यसका कुनै लक्षण देखिदैनन् त्यो थप डरलाग्दो अवस्था हो । किनकि ती व्यक्तिले अरुलाई संक्रमित बनाउन सक्छन् र बनाइरहेका छन् ।
अव नेपालमा यही खतरा छ एक दुइ हप्ताका लागि । यदि यसविचमा वँच्न सकियो भने हामी कोरोनालाई परास्त गर्न सक्ने छौं । यसका लागि स्थानीय पालिकाहरु सवैभन्दा सक्रिय हुनुपर्ने अवस्था सृजना भएको छ ।
आयुर्वेदिक डाक्टरको सल्लाह, कोरोनालाई ठिक पार्न सकिन्छ
डी.आर.घिमिरे
आज विहानै काठमाण्डौवाट डा.वीपी तिम्सिनाले फोन गर्नुभयो । मैले हिजो फोन गर्दा उठेको थिएन । आयुर्वेदमा गहिरो ज्ञान भएका कारण अहिलेको अवस्थामा उहाँका केही विचार जान्नु जरुरी हुन्थ्यो ।
कोरोनाको ठ्याक्कै औषधी नभएपनि विभिन्न भाइरस तथा ब्याक्टेरियाहरुको उपचार गर्न सकिन्छ भन्ने धारणा उहाँको रहेछ । उहाँले आफूसंग रहेको वीएलएच नामक दवाई कोरोनाको दवाई हुने दावी गर्नुभयो ।
मैले यी कुरा गरिरहँदा एउटा समाचारप्रति ध्यान आकृष्ट भयो । जस अनुसार अमेरिकाको न्युयोर्कमा झण्डै ४ हजार कोरोना संक्रमित गम्भिर बिरामीहरुलाई मलेरियाबिरुद्धको औषधी हाइड्रोक्लोरोक्वीनबाट उपचार भइरहेको रहेछ । खासगरि सिकिस्त भएकाहरुलाई यो औषधी चलाइएको छ ।
न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले जिथ्रोम्याक्स वा एजिथ्रोमाइसिनसँगै हाइड्रोक्लोरोक्वीनको मिश्रणबाट उपचार गर्न स्वास्थ्यकर्मीहरुलाई सुझाव दिएका रहेछन् । स्वास्थ्य विभागले न्युयोर्कका ५६ वटा अस्पतालमा यो औषधी पठाइसकेको रहेछ ।
कोरानाको औषधी नभइरहेको अवस्थामा एलोपेथीमा पनि अन्य औषधीको प्रयोग गर्न सकिने रहेछ भन्ने कुरा यसले देखायो । त्यसैले आयुर्वेदमा वनाइएका कतिपय औषधीहरु पनि यसमा प्रयोग गर्न नसकिने भएन । डा.तिम्सिनाका अनुसार वीएलएच रेवीज,, क्यान्सर, अल्सर र पाठेघरसहित विभिन्न ठाउँमा रहेको ट्युमर÷सिष्ट आदिलाई हटाउनका लागि प्रयोग गरिने रहेछ । अथवा शरीरमा रहेका विजातीय तत्व हटाउनका लागि यो औषधीको प्रयोग हुने रहेछ ।
अहिले अमेरिकामा रहेका भूटानीहरुका लागि यो औषधी पठाइएको र सो दवाई सेवन गरेका कारण उनीहरुले काम नछाडेको पनि डा. तिम्सिनाले वताउनुभयो । संयोग त्यतैवाट यसको सूचना स्पेनमा पुगेपछि स्पेनवाट चासो ब्यक्त भएको रहेछ । उनीहरु आयुर्वेदवाटै कोरोनाको उपचार हुनसक्ने भएकोेले पत्राचार भइरहेको जानकारी गराउनुभयो । अमेरिकामा तीन हजार पीस पठाइएको रहेछ भने अव एक दुइदिनमा स्पेनमा पठाइदै रहेछ । यो एकखालको प्रयोग पनि हो ।
यसलाई नेपालमै प्रयोग गर्न चाहेको भएपनि सरकारी तवरवाट मान्यता नदिइएकोले अफ्टेरो परेको रहेछ जस्तो लाग्यो मलाई ।
मेरो चासो अहिलेको सन्दर्भमा कोरोनाकै थियो । खासगरि यस्तो वेलामा के खान हुने र के खान नहुने भन्नेवारेमै वुझ्नु थियो ।
उहाँले एकसरो मलाई वताउनुभयो । मैले विहानमा दही खान थालेको थिएँ । तर, यो वेला दही खान हुन्न भन्नुभयो । प्रोटिनका लागि मासु खान हुन्छ भनेर प्रचार गरेको पाएँ तर त्यो गलत हो भन्नुभयो । अमिलो चिज उपयुक्त हुने सल्लाह थियो । खानासंग घीउ वा दुध खान हुने रहेछ । नास्ताको रुपमा सातु त्यसै पनि उत्कृष्ट हो । त्यो अहिलेका लागि उत्कृष्टनै रहेछ ।
त्यस्तै तामाको भाँडामा राखेको पानी खाने सल्लाह उहाँले यस अघि पनि दिनु हुन्थ्यो । अहिले पनि दोहोर्याउनु भयो । सवैजसो आर्युवेद वा प्राकृतिक चिकित्सामा विश्वास गर्नेहरुले यो सुझाव दिने गर्छन् । आजभोलि यो प्रचलन वढेको पनि देखिन्छ । हाम्रा पूर्वजहरुले तामाको गाग्रीमा राखेको पानी खान्थे । यसको महत्व के रहेछ भने तामामा ५० हजार किसिमका भाइरस र ब्याक्टेरिया नष्ट गर्ने क्षमता हुँदो रहेछ ।
त्यस अर्थमा पनि यस्तो वेलामा तामाकै भाँडाको प्रयोग गर्नु उपयोगी रहेछ ।
मैले अलि चासो देखाएका कारण उहाँले म्यासेन्जरमै यसका फाइदाहरु टिपोट गरेर पठाउनुभयो । जसमा लेखिएको थियो— ताम्रजलले पानी स्वादिलो गराउँछ र पीएच् कायम राख्छ । पखाला पानीजन्य रोग नियन्त्रण गर्छ । थाइराइड नियन्त्रण गर्छ । स्मरण शक्ति वढाउँछ । जोर्नी दुखाई नियन्त्रण गर्छ । अनुहार सुन्दर वनाउँछ । पाचन सन्तुलित वनाउँछ र रक्त सञ्चारलाई सन्तुलित वनाउँछ ।
यसवाहेक उच्च रक्तचाप नियन्त्रण गर्ने पित्त, कफ वृद्विलाई समन गर्ने, पेट रोग, अम्लियपन नियन्त्रण गर्ने, किडनी लिभरको सुरक्षा गर्ने छालाको सुरक्षा गर्ने, वोसोको मात्रा कम गर्ने, सेलको वृद्वि विकास गर्ने, घाउ निको पार्न मद्वत गर्ने जस्ता काममा पनि सहयोग पुर्याउने रहेछ ।
मेरो विचारमा उपर्युक्त कुरालाई तत्काल निको हुने अर्थमाभन्दा पनि निरन्तरको प्रयोगले सघाउ पुग्ने अर्थमा लिनु उचित हुन्छ । हामीले खाने कैयन् चिज, आनीवानीले स्वास्थ्यमा अनुकुलता सृजना गर्दै गएको हुन्छ भन्ने कुरा वुझ्न आवश्यक छ ।
अहिले प्रायः रुघाखोकी लाग्दा साथ डर लाग्ने गरेको छ धेरैलाई । किनकि कोरोनाको मुख्य लक्षणनै रुघा खोकी र ज्वरो हो । हुनपनि मलाईनै हिजो साँझ अलिकति असहज जस्तो भयो । मुख सुकेर आयो । ज्वरो आउला कि भन्ने भयो । खान त्यति मिठो भएन । अनि ज्वानो, वेसार, नुन आदिको सम्मिश्रण गरेर पकाएर खाएँ । विहानसम्म धेरै ठिक भइसकेको थियो ।
डा. तिमिल्सिनाका अनुसार यो वेलामा ल्वाङ्ग, सुकमेल र मरिचको पानी उमालेर खाँदा उचित हुने रहेछ । तिर्खा लागे पनि र नलागे पनि यस्तो पानी पिइराख्ने हो भने रुघा, खोकी र ज्वरो वन्दै हुने रहेछ ।
चैत्र २५, २०७६

No comments:
Post a Comment