• Breaking News

    धेरै न आत्तिउँ कि ?

     

    डी.आर. घिमिरे

    कोरोनावाट सचेतना हुन आवश्यक छ । यसका लागि मास्कको प्रयोग, दुरी कायम गरेर वस्ने वा कुराकानी गर्ने तथा भरसक कम समय साथीहरुसंग विताउन आवश्यक छ । १५ मिनेटभन्दा कम समय हुने सम्पर्कवाट संक्रमण हुने सम्भावना कमनै हुन्छ भनेर विशेषज्ञहरुले भन्दै आएका छन् । 

    तर, नेपालको अहिलेको अवस्था चाहिएभन्दा वढी हल्ला तर, काम थोरै भएको छ । हाम्रो सन्दर्भमा हल्ला नगरीकन कामनै हुन्न भन्ने मनोविज्ञानले काम गरेको छ । एक अर्थमा सत्य पनि हो । सरोकार निकायले खुरु खुरु काम गर्ने हो भने यति धेरै आतंक शायदनै हुने थियो ।

    कतिपय कुराको सूचना नहुनुले पनि भय सृजना गरेको छ । जस्तै—

    १. एकजना हनुमान भन्ने ब्यक्ति संक्रमित भयो । उसले स्वाव दिएको तीन दिनमा पोजेटिभ आयो । ऊ स्वाव दिएपछि सेल्फ होम आइसोलेसनमा वसेको थियो । पोेजेटिभ आएपछि घरमै आइसोलेसनमा वस्नै पर्यो । स्वाव दिएको तेश्रो दिनदेखि उसको घर परिवारसंग जोडिएकाहरुसमेत आइसोलेसनमा वसे । चौथो दिनमा कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यकर्मीहरु आए । सम्वन्धित ब्यक्तिहरुको नाम लिए र सम्वन्धित सवैलाई अनिवार्य क्वारेन्टाइनमा वस्न भने । कम्तिमा हनुमानको पोजेटिभ देखिएपछि उसै दिनदेखि भनेको भए आज पाँचौ दिनसम्म अलिकता सुरक्षित हुन्थे होला । पहिलो कमजोरी यहीँनिर भयो ।  

    दोश्रो हनुमान वसेको सातौं दिनमा स्वाव लिन आए । हनुमानमा पोजेटिभ देखिएपछिनै घरका र नगिचका साथीभाईहरु क्वारेन्टाइनमा त वसेकै थिए । त्यस अर्थमा आइसोलेसन सरहनै थिए । स्वाब लगेको सात दिनमा रिजल्ट आयो । अर्थात् हनुमान आइसोलेसनमा वसेको १४ दिनमा आयो । त्यसमध्ये एकदुई जनाको पोजेटिभ आयो । अव पोजेटिभ आएकालाई भनियो १४ दिन आइसोलेसनमा वस्नुपर्छ । उता हनुमान निस्कने वेला भयो । तर, उसै दिनदेखि क्वारेन्टाइनमा वसेकाहरुलाई पुनः १४ दिने म्याद दिइयो । अर्थात् हनुमान १४ दिन वस्यो भने उसैवाट संक्रमित भएको आशंका गरिएको पुरण २८ दिन वस्नु पर्ने भयो ।   

     यसरी हेर्दा हनुमान १४ दिन वस्यो भने पुरणलाई २८ दिन वस्नु पर्ने भयो । यो  क्रम चल्दा तेश्रोमा जाँदासम्म अर्थात् पुरणको ट्रेसिङमा परेको ब्यक्ति ४२ दिन वस्नु पर्ने रहेछ । जवकि ऊ शुरु देखिनै आइसोलेसनमा वसेको हो । यसरी हेर्दा के वुझिन्छ भने यसको प्रक्रियाका कारण विना लक्षणका ब्यक्ति वा लक्षणका ब्यक्ति दुवैलाई वरावरी क्वारेन्टाइनमा वस्नै पर्यो ।

    यस्तो कसरी हुन सक्छ ? यसरी कसरी मुलुक चल्छ ? स्वाब दिएको हिसावले हनुमानको ३ दिन त्यसै पनि वढी हुन्छ । 

    हामीले खास प्रक्रियाको कुरा गर्ने हो भने सामान्यतः १४ दिन वस्नुपर्ने हो भने स्वाव दिएको दिनदेखि नै हिसाव गर्नुपर्ने हैन र ? ल त्यो भएन । पोजेटिभ भएपछिको हिसाव सवैलाई लागु हुनुपर्ने हैन र ? जवकि १४ दिनपछि परीक्षण गर्ने चलन पनि छैन । के थाहा कसैलाई २० दिनसम्मनै प्रभाव रहन्छ कि ? यो त परीक्षण नगरी कसरी थाहा हुन्छ ? यदि अन्धाधुन्ध १४ दिन हो भने दोश्रो तेश्रो नम्वरमा परेर पोजेटिभ देखिनेलाई पनि त्यही नियम लागु गर्दा के हुन्छ ?

    मेरो विचारमा हामीले हाम्रा डाक्टरहरुले कसैको क्वारेन्टाइन वा आइसोलेसनको हिष्ट्री लिएर १४ दिन कटेकालाई पुनः वस्ने वाध्यता हटाए हुँदैन र ? हुँदैन भने किन हुँदैन ? यसको चित्त वुझ्दो जवाफ खै त ?

    २. पोजेटिभ देखिनेको हकमा सीटी काउन्टको विशेष अर्थ रहने रहेछ । सामान्यतः ४० भन्दा माथि आएकालाई नेगेटिभ मानिदो रहेछ । २४ भन्दा माथिकोलाई नेगेटिभ भएपनि अरुलाई सार्न नसक्ने मानिदो रहेछ । यो कुरा कसैलाई भनिदैन । विना लक्षणका प्रायः त्यस्तै पो हुन्छन् कि ?

    यसको प्रयोग मैले पनि गरेको छु । बुटवल—१३ का दीपक पन्थीलाई शुरुमा २३ रहेछ । यो भनेको अरुलाई सार्न सक्ने हो । सार्यो पनि शायद । उहाँलाई एउटा आयुर्वेद औषधि खुवाइयो । ६ दिनसम्म खुवाएपछि सीटी ३१ मा पुग्यो । यो भनेको करिव निको भए सरह हो । किनकि डाक्टरहरुका अनुसार २८ भएकोले अरुलाई सार्न नसक्ने रहेछ । ब्यवहारमा त्यस्तो पनि देखियो । तर, मान्नु त पोजेटिभनै पर्यो । मलाई लाग्छ औषधि सेवन नगरेकाहरुलाई १४ दिनमा पनि त्यस्तै हुन्छ होला ।  तर, परीक्षणनै गरिदैन । यदि २८ देखि ३९ सम्म पोजेटिभ भएपनि अरुलाई सार्न सक्दैन भने उसलाई थुनेर किन राख्ने ? यो अर्को प्रश्न हो ।

    ३. यति ठूलो आतंक मच्चिएको छ । यसको औषधि आयुर्वेदसंग जोडिएर मात्र आएको छ । युरोप, चिन र अमेरिकामा वेसारको क्याप्सुल वनाएर खान थालेको कुरा सार्वजनिक भइरहेको छ । नेपालमा आयुर्वेदले ८ दिनमै नेगेटिभ देखिएका समाचार प्रकाशित भएका छन् । ब्यक्तिगत रुपमा अरु कैयौंले प्रयोग गरेर हेर्दा प्रमाणित भएका छन् । तर, विश्व स्वास्थ्य संगठनको नाममा औपचारिक रुपले प्रयोग गर्न हिचकिचाएको अवस्था छ । यो किन ? के जडिवुटीलाई हाम्रो परम्पराले र सस्कारले मान्यता दिएको छैन र ?

    ४. यसको अर्को पाटो पनि छ । विशेषज्ञका अनुसार म्युटेशन (जिनमा हुने बदलाव) कमजोर हुँदा भाइरस कम घातक हुने भनिएको छ । एसिया यूरोप र अमेरिकाका केही स्थानमा कोरोना भाइरसको म्युटेसन (जिनमा हुने बदलाव) देखिएको वताइएको छ । विशेषज्ञका अनुसार ती स्थानमा भाइरसको चरित्र अधिक संक्रामक देखिए पनि तुलनात्मक रुपमा कम खतरनाक छ । 

    नेशनल युनिभर्सिटी अफ सिंगापुरका वरिष्ठ चिकित्सक तथा संक्रामक रोग विशेषज्ञ डाक्टर पल टेम्बियाका अनुसार ‘केही स्थानमा डि–१६४–जी म्युटेसनको संक्रमण हेर्दा मृत्युदर घटेको देखिन्छ । यो संक्रमण कम घातक रहेको प्रमाणले देखाउँछ ।’ संक्रमणको दर व्यापक भए पनि कम घातक हुनु आफैमा राम्रो हो । 

    ‘जतिजति म्युटेसन हुँदै जान्छ भाइरस त्यति त्यति कम घातक हुँदै जान्छ’‚ टेम्बियाले भनेको कुरालाई एउटा अन्तर्राष्ट्रिय समाचार एजेन्सीले लेखेको समाचारमा भनिएको छ ।

    उनले रमाइलो गर िभनेका छन्—‘मानिसहरू संक्रमित हुने तर नमर्ने स्थिति भाइरसका लागि पनि हितकर छ‚ किनकी भाइरसको भोजन र आश्रय मानिसमै निर्भर हुन्छ ।’ 

    विश्व स्वास्थ्य संगठनले ६ महिनाअघि अर्थात् वैशाखतिरै कोरोना भाइरसको म्युटेसन पुष्टि गरेको वताइएको छ । म्युटेट भाइरस युरोप र अमेरिकामा व्यापक रुपमा फैलिइरहेको डब्ल्यूएचओले बताएको थियो । डा. टेम्बियाले भने एसियामा म्युटेट भाइरसको संक्रमण देखिएको तर कम घातक रहेको दाबी गरेका छन् ।

    ५. यत्तिकैमा आज भरत दाहालको स्टाटस फेला पारें । सारै चित्त बुझ्यो । उनले कोरोनालाई आतंक बनाएर माफिया जगतले संसार लुट्दैछ त्यसैले अनुशासित र नैतिक जीवन नै रोगको सर्वोत्तम उपचार हो भनेर लेखेका छन् । उनको भनाई यस्तो  छ—

    कोरोनाको आतंक फैलिएपछि अरु रोगबाट मर्नेहरुको सूची गायब भएको छ । कुनै मानिस जुनसुकै रोगले मरेको भए पनि त्यसलाई कोरोना भनेर प्रचार गर्न थालिएको छ । कुनै पनि कारणले अस्वस्थ मानिसको रगत ’पोजिटिभ’ नै हुन्छ तर अब रगत ’पोजिटिभ’ देखियो भने त्यसलाई सिधै कोरोनाको प्रमाणपत्र दिन थालिएको छ । कोरोना भाईरसको औषधि अहिलेसम्म पत्ता लागेको छैन भने अहिले चलिरहेको उपचारबाट मानिस निको कसरी भएको छ ? कोरोना भयानक भाईरस हो भने विश्वमा मर्नेहरुको अनुपात सयकडा ५.५ भन्दा बढी किन नाघेको छैन ?

    कोरोना जस्तै अन्य रुघाखोकीहरुको कारणले बर्षेनी लाखौं मानिसहरु मर्दै आएका थिए तर ति कसैको चर्चा हुँदैनथ्यो तर कोभिड—१९ नाम दिईएको यो भाईरसलाई किन आतंकको पर्याय बनाईयो ? यसको एक मात्र कारण हो—भाईरस नयाँ हुनु र यो नयाँ भाईरस नियन्त्रण गर्ने औषधि नहुनु । भाईरस नयाँ हुनु र त्यसको औषधि पत्ता लगाउन समय लाग्नुको कारणले औषधि पत्ता नलाग्दै दुनियाँलाई लुटेर भ्याउने योजना अन्तर्गत् माफिया जगतले यसलाई ’महाकाल’को रुपमा प्रचार गरिरहेको छ र आफूले उत्पादन गरेका सामानहरु मानिसहरुका हातमा भिडाईरहेको छ ।

    नेपालमा कोरोना जाँच नगरेका मानिसहरुलाई आवागमन गर्न रोक लगाएको छ । एउटा जाँचको मूल्य ५ हजार ५ शय देखि १५ हजार रुपैयाँसम्म छ । जबकि यो उपचार होईन, जाँच मात्र हो । जाँचमा सबै विरामीको रगत पोजेटिभ देखाएर माफिया जगतले आफ्नो सामान किन्न विवश बनाईरहेको मात्र छैन कि स्यानिटाईजर जस्ता क्यान्सर उत्पादन गर्ने सामानहरुको प्रयोगमा बाढी ल्याएर अर्को खतरनाक रोग उत्पादन गर्ने र नयाँ रोगमा झन ठूलो खर्चको बोझ लादेर मानिसहरुको सम्पत्ति लुटेर स्वाहा पार्ने चक्रब्युह बनाएर संगठित रुपमा अघि बढेको छ ।

    कुनै पनि रोगसंग सावधान हुनुपर्छ भन्ने कुरामा विवाद छैन तर यस्तो सावधानी मानिसको अनुशासन, जीवन पद्धति र नैतिकताले विकास गर्ने हो । भाईरस संक्रमणबाट सावधानी अपनाए पुग्छ । जसरी अन्य रुघाखोकी लाग्दैमा मानिस मर्दैन, त्यसैगरी कोरोना संक्रमण हुँदैमा पनि मानिस मर्दैन । भाईरस वा जिवाणुहरुको आक्रमणको प्रतिरोध गर्ने क्षमता गुमेको मानिस मात्र रोगले मर्छ, जो सबै रोगमा हुँदै आएको छ । यतिबेला कोरोनाको आतंक खडा गरेर र उपचारका नाममा घातक चिजहरु प्रयोग गर्न लगाएर माफिया जगतले नयाँ रोगहरु उत्पन्न गराईरहेको छ ।

    कोरोनाको त्रासले निस्केको सबैभन्दा ठूलो समस्या डिप्रेसन हो । मानिसहरुलाई डिप्रेसनमा पुर्याएर अपराधि वर्गले त्यसको उपचारको नाममा अरबौं रकम लुटिरहेको छ । स्यानिटाईजर जस्ता चिजहरुलाई अचुक औषधिका रुपमा अपब्याख्या गरेर क्यान्सर बढाईरहेको छ र त्यसबाट खरबौं लुटिरहेको छ । मानिसहरूका बिचमा घृणा र नफरतको भावना बढाइरहेको छ । जसरी नयाँ रोगहरुको पुनरुत्पादन गर्ने भ्याक्सीनहरु बनाएर बिल गेट्स जस्ता मानिसहरु विश्वका सर्वाधिक धनी बन्न सफल भए, कोरोनाको आतंकका पछाडी पनि यस्तै षडयन्त्र छ । यो वर्तमान समयको राजनीतिक लडाईं र लुटको चक्रब्युह हो । यसलाइ ठिक ढंगले बुझौं र त्यही अनुसारको ब्यबहार गरौं ।

    हो मलाई पनि यस्तै लाग्दैछ । हामीले जीवनशैलीमा परिवर्तन गरेनौं भने  भोलि कुनै न कुनै महामारीले दुःख दिइरहनेछ ।

    भदौ ४, २०७७


    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel