• Breaking News

    गोवर मिश्रित वातावरण मैत्री र स्वास्थ्यवद्र्वक बैदिक प्लास्टर

    डी.आर. घिमिरे



    इटालीमा गाईको गोबरमाथि अनुसन्धान गरेका वैज्ञानिकले गोवरमा क्षयरोग र मलेरियाका कीटाणुलाई मार्ने अद्भूत क्षमता हुन्छ भन्ने तथ्य पत्ता लगाएका थिए । अनुसन्धानका अनुसार गाईको गोबरमा फस्फोरस पाइन्छ जसले धेरै संक्रामक रोगका कीटाणुलाई नष्ट गर्छ । मृत शरीरमा धेरै प्रकारका संक्रामक रोगका कीटाणुहरू हुन सक्छन् । त्यसैले नजिकै रहेका मानिसको स्वास्थ्य जोगाउन पनि जमिनमा गाईको गोबर हाल्नु आवश्यक मानिएको थियो ।

    हाम्रा पुर्खाहरु कति ज्ञानी र बुद्विमानी थिए भन्ने कुरा गाइको गोवर वा गहुँतको प्रयोग गर्ने परम्पराबाट स्पष्ट हुन्छ । गाइको गोवरले लिपेपछि घर शुद्व हुने र गहुँत खाएपछि मानिस शुद्व हुने ऋषि–परम्परा कुनै ढोंग थिएन भन्ने कुरा अहिले वैज्ञानिकहरुले पुष्टि गर्दैछन् । निश्चयनै हरेक कुरा विज्ञानसम्म्मत हुनुपर्छ तर, यसका लागि अनुसन्धानको खाँचो पर्दछ भन्ने पनि यसबाट स्पष्ट हुँदै गएको छ ।

    प्रायः हाम्रा परम्पराहरु अनुभवद्वारा सृजित हुन् । तर, तिनलाई अनुसरण गर्नेहरुले तथ्यसहित स्पष्ट गर्नुको साटो परम्पराका नाममा वा अमुर्त धर्म प्राप्त हुने बिश्वासका आधारमा प्रयोगमा ल्याउन खोजे । यसको कारण अल्पज्ञान थियो । विषयको गहिरो अध्ययन नगरी जवर्जस्ती लाद्ने गर्दा क्रमसः बिश्वास टुट्दै गयो । अथवा ती सवै मिथक वने । जवकि वास्तविकता अहिले आएर सार्वजनिक हुँदैछन् ।

     जस्तो कि कामधेनु अर्थात् स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाएका छन् । कुरा यतिमात्र हैन सन् २०१२ मा अमेरिकन हर्ट एशोसिएशनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीमा ३१ प्रतिशतले कमी आएको तथ्य सार्वजनिक गरेको थियो ।

    त्यस्तै अमेरिकालेनै गाईको गहुँतमा शोध गरी गोमूत्रबाट बन्ने पाँचवटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ भने भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ ।

    इन्टरनेशनल कार्डियोलोजी एसोसिएसन, भारतका अध्यक्ष डा शान्तिलाल साहले भैँसीको दूधमा ‘लोङ्चन फ्याट’ बढी भई नशा जमेर अवरुद्ध हुँदा हृदयघातको समस्या देखापरेकाले गाईको दूध हृदय रोगीका लागि बरदान सावित हुने अनुसन्धानबाट पुष्टि गरेका छन् ।

    गाईको घ्यूले हवन गर्दा प्रोपिलिन अक्साइड, इथिलिन अक्साइड, फरमलडिहाइड ग्यास निस्कन्छ । प्रोपिलिन अक्साइडले वर्षा गर्न सहयोग पु¥याउँछ भने इथिलिन अक्साइड र फरमलडीहाइड ग्यासले पर्यावरणमा नकारात्मक असर पु¥याउने जीवाणुलाई मारी शुद्धीकरण गर्दछ । यसैले गर्दा गाईको घ्यूको विशेष महत्व पर्यावरणको संरक्षणमा समेत देखियो । 

    भनिन्छ गाइको गोवरमा गाइकै घीउ मिसाएर हवन गर्दा एक किलोवाट अर्थात् एक टन अक्सिजन उत्पादन हुन्छ । यो सामान्य विषय हैन । यस आधारमा प्रयोग गर्ने हो भने कतिपय अहिले उत्पन्न समस्याको स्वतः समाधान हुने देखिन्छ ।  

    स्थानीय गाईको दूधमा ओमेगा—३ नामक तत्व पनि पाइदो रहेछ । जसले स्मरण शक्ति बढाउँछ । सेरी ब्रोसाइड नामक तत्वले अर्बुद रोग हुन दिँदैन । गोमूत्रमा कक्र्युमिन नामक तत्व पनि पाइन्छ, जुन अर्बुद रोग निरोधक औषधि हो भन्ने तथ्य वैज्ञानिकरुपमा प्रमाणित भएको छ ।

    गोमूत्रमा अन्य २४ वटा तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यकतालाई पूर्ति गरी निरोगी बन्नका लागि सहयोग पु¥याउँछ भनेर अध्यताहरुले वताएका छन् । यसरी हेर्दा सारा समस्याको समाधान गाइका उत्पादनमा हुने रहेछ भन्ने देखाउँछ । यद्यपि यसका लागि स्थानीय जातका गाइको खाँचो पर्दछ ।

    आजभोलि गाईको संरक्षण गर्न पनि हिच्किचाउने प्रवृत्ति छ । शायद गाईबाट हुने फाइदाको प्रचार भएको भए वा समाजलाई बुझाउन सकेको भए गाई काटेर मासु खानैपर्छ भन्ने अतिवादी सोंच पनि पलाउने थिएन कि ? राष्ट्रिय जनावरको रुपमा गाईलाई स्वीकार्न यति विधि अफ्टेरो पर्ने थिएन कि ? 

    अहिले वायुमण्डलमा हानिकारक बिकिरण उत्सर्जन गर्ने उपकरणहरुको प्रयोग तीव्र गतिमा बढेको छ । ती बिकिरणहरूबाट सुरक्षित रहन र आणविक आयोजना, कारखाना र आणविक हतियारको प्रयोगबाट निस्कने बिकिरणबाट सुरक्षित रहने सजिलो र सरल उपाय ऋषि–परम्परामा चलेकोे सामाजिक व्यवस्था  हो । घरको बाहिरी भित्तामा गाईको गोबरको बाक्लो तह लगाउँदा यो तहले हानिकारक विकिरण सोस्छ र मानिसको शारीरिक र मानसिक स्वास्थ्य जोगाउन मद्दत गर्छ भन्ने कुरा पनि यतिवेला प्रमाणित भएकै छ ।  

    नेपालको समाज व्यवस्था सन्त तथा महापुरुषहरूको सिद्धान्त अनुसार स्थापित र प्रचलित भएकोले यसका हरेक गतिविधिका पछाडि ती महापुरुषहरूको अनुभब र अध्ययनले काम गरेको छ । विज्ञानले तिनीहरूको सत्यता र महत्वलाई पछि र बिस्तारै प्रमाणित गर्दैछ र गर्नेछ । अर्थात् जे जति परम्पराहरु छन् तिनको गहिरो अध्ययन अनुसन्धान विश्वविद्यालय तहबाट पनि गराउनुपर्छ । यसो भएमा हामी परम्पराबाट भाग्ने हैन अनुकरण गर्ने तर्फ अग्रसर हुनेछौं ।

    भारतमा अलिक पहिलेबाटै प्रयोगमा आएको बैदिक प्लास्टरको प्रयोग गर्दा विकिरण शून्य हुँदो रहेछ भन्ने प्रमाण खोज्न कहींकतै जानु पर्दैन केवल प्रयोग गरेर हेर्न सकिने अवस्था छ । यो प्लास्टर घाँस खाने गाई अर्थात् जंगलमा चराइने गाइको गोवरवाट वनाइदो रहेछ । यो प्लास्टरको अनुसन्धान गर्ने रसायनशास्त्रका विद्वान डा. शिव दर्शन मलिकलाई भारतीय राष्ट्रपतिवाट कृषि रत्नले सम्मान गरिएको छ । यो प्लास्टरले पानी, विद्युत, वातावरण, विकिरण र पैसा सबै बचाउँछ । तापक्रम, आगो र आवाजलाई घटाउन सक्ने भएकोले यसको माग भारतमा वढ्दै गएको भनेर समाचारहरु प्रकाशित गरिएका छन् । यो वनाउँदा गोवरका अतिरिक्त विशेष प्रकारको माटो, जिप्सन, चुना, कागतीको रस आदि मिसाइन्छ ।

    वातावरणीय हिसावले हेर्दा गोवरसमेतको प्रयोगले शितलता प्रदान गर्नुका साथै विकिरणलाई पूर्ण नियन्त्रण गर्दछ । भनिन्छ गाईको गोबरबाट बनेको इँटा र प्लास्टरको प्रयोग गरी वैदिक घर निर्माण गर्दा उनीहरुको आर्थिक र मानव स्वास्थ्यमा फाइदा हुन्छ । परापूर्वकालदेखि नै यज्ञ–मण्डप, मन्दिर आदि धार्मिक स्थल तथा घर–घरमा गाईको गोबरको लेप लगाइन्थ्यो । गोबरलाई शुद्ध, पवित्र र शुभ मानिन्थ्यो । यसले दुर्गन्ध, सात्विकता र तेज वृद्धि गर्दछ भन्ने विश्वास पनि गरिन्थ्यो ।

      घरमा मानिसको मृत्यु पश्चात् सो ठाउँमा गोवरले लिप्ने गरिन्थ्यो । गरुड पुराणमा उल्लेख भए अनुसार गोबर बिनाको भुइँमा सुत्ने वा मर्ने मानिसमा यक्ष, पिशाच र राक्षस दर्जाका दुष्टहरू प्रवेश गर्छन् । यसको अर्थ ती सवै भगाउने माध्यमनै गोवर हो ।

    वैज्ञानिकहरूले गरेको अनुसन्धानको निष्कर्षले पनि यस नेपाली परम्परालाई स्वीकार गरेको देखिन्छ । अनुसन्धानका अनुसार गाईको गोबरमा फस्फोरस पाइन्छ जसले धेरै संक्रामक रोगका कीटाणुलाई नष्ट गर्छ । मृत शरीरमा धेरै प्रकारका संक्रामक रोगका कीटाणुहरू हुन सक्छन् । त्यसैले नजिकै रहेका मानिसको स्वास्थ्य जोगाउन पनि जमिनमा गाईको गोबर हाल्नु आवश्यक मानिएको थियो ।

    भारतको हरियाणाका डा. शिव दर्शन मलिकले गाइको गोवरवाट वैदिक घर बनाउने प्रविधिको विकास गरेका हुन् । यो प्लास्टरले सीमेंटकै काम गर्दछ । गाइको गोबरमा जिप्सन, ग्वारगम, विशेष प्रकारको माटो, कागती आदिको मिश्रण गरी वैदिक प्लास्टर (Vedic Plaster) तैयार गरिएको छ । 



    गाइको गोबरबाट प्लास्टरमात्र हैन वैदिक इटासमेत निकालिएको छ । यिनको प्रयोगले गर्मी र चिसोलाई  सन्तुलनमा राख्छ । घर भित्रको हावालाई शुद्ध वनाउँछ । यदि वाहिरको तापमान ४० डिग्री छ भने २८–३१  डिग्रीमा आउँछ । यसको अनुभब संगालेर आएका मेरा मित्र मनोज गुप्ताले मसंगको भेटमा भनें—म भारतको राजस्थान जस्तो गर्मी ठाउँमा एउटै घरमा अलग अलग कोठामा वसेर आएको छु । जुन कोठामा यसको प्रयोग भएको छ त्यसमा एयरकण्डिशनको प्रयोगनै गर्नुपर्दैन भने बैदिक प्लास्टर प्रयोग नगरेको कोठामा एयरकण्डिशनको प्रयोग गर्नुपर्छ । 

    इटालीमा पनि प्राजिइ विंगेडले गाईको गोबरमाथि अनुसन्धान गरी यसमा क्षयरोग र मलेरियाका कीटाणुलाई मार्ने अद्भूत क्षमता हुन्छ भन्ने तथ्य पत्ता लगाएका थिए । यस आधारमा पनि गाईको गोवरमा विभिन्न किटाणु नष्ट गर्ने क्षमता हुन्छ भन्ने कुरा प्रमाणित हुन्छ ।

    इटा र प्लास्टर मात्र हैन भारतमा खादी भण्डारको नामवाट गाईको गोबर मिश्रण गरी पेन्ट उत्पादन हुने गरेको छ । यसरी हेर्दा गोवरको प्रयोगबाट इटा, प्लास्टर, पेन्टसमेत उत्पादन हुने रहेछ । नेपालको तराईमा ब्यापक गर्मी हुने गरेको छ । गर्मीमा घर छाडेर हिड्ने कि भन्ने अवस्था आउन थालेको छ । त्यसैले वातावरण र स्वास्थ्यमैत्री यस्ता उत्पादनको प्रयोग गर्दा स्थानीय श्रोतसाधनको प्रयोग वढ्ने र दीगो विकासमा सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । खासगरी अस्पताल, विद्यालय र निजी घरहरुमा यसको प्रयोग गर्न सकियो भने धेरै ठूलो लाभ लिन सकिन्छ ।

    गाइको दुध र घीउकोवारेमा शायद धेरै भनिरहनु पर्दैन । किन कि धेरैलाई थाहा छ । तैपनि यतिसम्म भन्नुपर्छ कि गाईको दुध घीउ अरुभन्दा पोषिलो हुन्छ । भिटामिन डी, प्रोटिन, कार्वोहाइड्रेड र मिनरल्स गाइको दुधमा पाइन्छ । जसवाट रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ । 

    कुरा यति मात्र हैन विश्वका कतिपय देशले गाईसंग वसेर डिप्रेसनको उपचार गर्न थालेका छन् । भारतीय एक टेलिभिजन जी न्युजमा सुधिर चौधरीको एउटा कार्यक्रम मैे हेरेको थिएं । जस अनुसार गाइसंग गला मिलाएर गरिने थेरापी (Cow cudding therapy) चर्चित भइसकेको छ । जसवाट बिश्वका कतिपय देशमा डिप्रेसन तथा मानसिक रोगीको उपचार गर्न थालिएको छ । अमेरिका, स्वीटजरलैण्ड, न्युजिलैण्ड लगायतका देशमा यस्तै प्रकारले उपचार शुरु गरिएको छ । गाईसंग खेल्दै समय विताएपछि मनमा आत्मबिश्वास बढ्नुका साथै मनमा लुकेको डरवाट मुक्ति मिल्छ । अमेरिकामा ९० मिनेट गाइसंग थेरापी गरेको ३५ हजार र स्वीट्जरलैण्ड एवं न्युजिलैण्डमा ८ हजार नेपाली रुपैयाँ लाग्छ ।  गाईसंगको सञ्चारलाई गौ सम्वाद (Cow–communication) भनिन्छ ।

    गोबरलाई भारतमा इन्धनको रुपमा उत्तिकै प्रयोग गरिन्छ । भनिन्छ वार्षिक ५ हजार करोडको दाउरा गोवरकै कारण बँच्छ भने रासायनिक मल खरिदमा पनि करोडौंको वचत भएकै छ । यो अर्थतन्त्रलाई बिष्लेषण गर्दा गाई गोरुको अर्थतन्त्रबारे छलफल गर्न सकिन्छ । भनिन्छ भारतमा ११करोड गाई छन् । जसबाट बार्षिक १० करोड टन गोवर र दैनिक ६ लाख लि. दुध उत्पादन हुन्छ । विश्वको सवैभन्दा धेरै दुध उत्पादन हुने देश भारत हो । 

    नेपालले पनि अब यसको अध्ययन अनुसन्धानमा ढिला गर्नु हुँदैन । यसबाट नेपालले आर्थिक रुपमा ठूलै उपलब्धी प्राप्त गर्नसक्छ ।

    २०७८ माघ १९

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel